–सन्तोष कुमार मिश्र
यही वैशाख १२ गते आएको सात दशमलव नौ म्याग्निच्युट रेक्टरस्केलको महाभुकम्पले मच्चाएको ना·ो ताण्डवले काठमाण्डौ उपत्यकालगायत विशेष गरेर १२ जिल्लालाई नराम्रोसित प्रभावित तुल्याएपछि उपत्यकाको तीनवटै शहर र २२ जिल्लाका ८० लाख नागरिकहरू खुल्ला आकाशमा रात बिताएर ६/७ दिन त्राहिमाम भए । त्राहिमाम भएर दु:ख पीडाको शंकटबाट खुल्ला आकाश मुनि बसेर ज्यान जोगाउन बाध्य भएर बसेका लाखौं जनता आर्थात नेपाली नागरिकहरू सात दिनसम्म भोकै बसी मुसा रुझेझैं वर्षातको पानीले भिजेर पीडा झेलेको अवस्थामा पनि सत्ता पक्ष नेपाली काँग्रेस एमाले लगायतको सात दलको सरकार कानमा तेल हालेर बसे ।
सात दिनसम्म भोकभोकै बसेर ज्यान जोगाउन हम्मेहम्मे भएको लाखौं नागरिकहरूको पीडामाथि मल्हमपट्टी लगाउने नैतिक जिम्मेवारी बोकेका प्रधानमन्त्री सुशील कोइराला लगायत मन्त्रीहरू बचाउ कार्य प्राय: सकिएकोले अब लत्ता कपडा अर्थात खाद्य पदार्थहरू भ–कम्प पीडित समक्ष तुरुन्तै पठाउने प्रतिवद्धता जनाउन थालेका छन् ।
बचाउ कार्यसँगसँगै खुल्ला आकाशमा ज्यान जोगाउन बाध्य भएका नेपाली नागरिकलाई समयमा नै राहत वितरण गर्ने कार्यतालिका सर्वजनिक गर्न थालेका छन् । मृत्युपछि औषधिमूलो भन्ने उक्तिको भावार्थ झैं भू–कम्पबाट जोगिएका अर्थात प्रत्यक्ष प्रभावित पीडित नागरिकहरूलाई सात दिन लामो समयसम्म भोकभोकै राखेर ज्यान लिन पछि नपर्ने स्वभाव नै बन्न पुगेको प्र.म. कोइरालाको सरकार पीडितहरूको घर पुन: निर्माण गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गर्न थालेका छन् । सिंहदरबारको नाकै मुनि भुकम्प पीडितहरूलाई गाँस अर्थात खाना र त्रिपालको समेत व्यवस्था गर्न नसक्ने प्र.म.कोइरालाको सरकार भूकम्पमा क्षतीग्रस्त घरहरूको पुन:निर्माण गर्ने कुरा अर्थात प्रतिवद्धता “आकाशको फल आँखा तरी मर” भन्ने उखान टुका हुने त होइन ? भनि पीडित ८० लाख नेपाली नागरिकहरू त्राहिमाम छन् ।
जनताहरूलाई खान नपाएर मर्न लाग्दा पनि रेस्क्यु अर्थात बचाऊ कार्य प्रथम कार्य हो भनि चिच्याएर पानी र खाना वितरण नगर्ने प्र.म. कोइराला र उनका मन्त्रीहरूको कथनले चकित भएका नेपाली नागरिकहरू अन्त्यमा जनस्तरबाटै पानी र खानाको प्रबन्ध गरेर लाखौं पीडितहरूको ज्यान जोगाउनमा जुटे । जनस्तरबाट नै पीडितहरूको पीडामा मल्हमपट्टी लगाउन गोलवद्ध भए । नकचरा ज्यानमारा कोइराला सरकार बल्ल सात दिनपछि चामल, च्यूराको पोका बोकेर मन्त्री, संसद आफैंले आ–आफ्नो हातबाट वितरण गर्न लागेको कछुवाको गति यस्तै हुन्छ । ती लोभी, पापी र लालचीले भुकम्प पीडितहरूको नाममा कति गोल गरी कुम्ल्याउने हो ? केही महिना प्रतिक्षा गरे आफैंमा जानकारीमा आउने नै छ ।
अन्त्यमा, सहकारी विकास मन्त्रालयको कथनअनुसार पनि पाँच लाख घर क्षतिग्रस्त भएको तथ्यांक पनि घर गुमाएका परिवारको ओतकालागि पाल अर्थात त्रिपाल वितरण कार्य प्राथमिकता राखिनुले पनि घरको पुन: निर्माण कार्य भए/नभएपनि कछुवाको गतिले मुलुक पाल अर्थात त्रिपालमय हुने निश्चित भएको छ ।
प्रकाशित मितिः२०७२ वैशाख २४ गते बिहीवार