अन्धो सिद्धान्त, खोक्रो राष्ट्रियता र राजनैतिक फोबिया

–भिम खनाल
मानव समाज क्रान्ति या प्रतिक्रान्तिको माध्यमबाट समृद्धितिर अगाडि बढ्छ मानव समाजमा क्रान्ति भइनै रहन्छन् । क्रान्ति निश्चित उद्देश्य प्राप्ति या निश्चित समयका लागि हुने गर्दछ नेपाली राजनैतिक बजारमा आजसम्म आईपुग्दा थुप्रै क्रान्तिहरु भएका छन् । बिलम्ब देशको अवस्थामा फेरबदल हुन सकिरहेको छैन परिवर्तनको साटो असभ्य राजनिति र अस्थिरताले जरा गाडेको छ । आजसम्म भएका कुनै पनि क्रान्तिले निश्चित उद्देश्य हासिल गर्न सकिरहेको छैन । नेपाली राजनैतिक बजारमा यतिबेला अन्तर्राष्ट्रिय राजनैतिक तत्व, राष्ट्रिय परिस्थिति र अन्तरबिरोधका नयाँ चरित्र देखा परिरहेका छन् । मुख्यत: हाम्रो महत्वपुर्ण राजनैतिक निर्णयको घडिमा भारतीय विस्तारवादी एजेन्ट र साम्राज्यवादी शक्तिहरूको गतिविधि तीव्र हुने गर्दछ । उनीहरु आ–आफ्नो मुलुकको हित अनुकुल रोटी सेक्ने धाउन्नमा हाम्रो मुलुकको राष्ट्रियता आन्तरिक राजनैतिक निर्णय तथा संकट समाधान गर्नुको साटो उल्टै आगोमा तेल थपिदिने तथ्य हाम्रा अगाडि प्रस्ट छ । जब हामी यउटा समस्याको समाधान निकाल्छौ तुरुन्तै अर्काे समस्याले जरा गाडिहाल्छ यसको एउटै कारण त्यो के भने हाम्रो मुलुकमा राजनैतिक फोबिया जो छ समाज रुपान्तरणको लागि हुँदै होइन । राष्ट्रियता या रुपान्तरणका मुद्दाहरुलाई तिनिहरुका ब्यक्तिगत स्वार्थ, सिद्धान्त र वादको अन्धो राजनितिले चुर्लुम्म डुबाइदिएको छ । उनीहरु केवल व्यक्तिगत स्वार्थ, सिद्धान्त र वादको राजनिति सँग समन्ध राखेका हुन्छन् यहि स्वार्थले चलेको राजनैतिक फोबियाको फाईदा मुलुकलाई द्वन्द्वमा फसाउने अभिलासा राखेका विभिन्न बाह्य तथा आन्तरिक तत्वहरुले उठाइरहेका छन् ।

हामी दुई विशाल राष्ट्रहरुको बिचमा पिसियका छौ चाहेर पनि हामीले ती राष्ट्रहरुको सामना तत्काल गर्न सक्ने अवस्थामा छैनौं । हामी राजनैतिक, आर्थिक या सामाजिक कुनै कोणबाट ती मुलुकको सामना गर्न सक्दैनौ यस्तो अवस्थामा राजनैतिक चातुर्यता या कुटनीतिले महत्वपूर्ण भूमिका खेल्ने थियो, तर अफसोच ¤ हाम्रो राजनैतिक उद्योग या सिंहदरबार भित्र खै कुन अचम्मको प्रविधि जडित छ जहाँ कुनै पनि राजनैतिक निर्णय सिंहदरबार गेटबाट बाहिरिन नपाउँदै दिल्लि दरबारमा भजन गाइरहेको हुन्छ । वास्तवमै हामी हरेक पटक समस्याको जरो दिल्ली देखायर पन्छिने अथक प्रयास गर्छाै आजको युगमा बलियो मुलुकले निर्धाे मुलुकमाथि हैकम जमाउँदै आफ्नो स्वार्थ पूरा गर्न खोज्नु सामान्य हैन र ? समस्या हामी आफैंसँग छ । हामिले ती समस्याहरुलाई सिंहदरबारमा रहेको चाँदीको आसनमा श्री आठ को पगरी गुथाउँदै पुजेर राखेका छौं हुन त १९५४ को जेनेभा सम्मेलनमा चिनको नेतृत्व गर्दै सहभागी भएका नेता चाउ एल ले कडा कुटनीतिक भाषा प्रयोग गर्दै (विस्वका सम्पूर्ण राष्ट्र बलिया होउन या कमजोर ठुला होउन या साना विभिन्न सामाजिक पद्धति अपनाएर स्वतन्त्र र शान्तिपूर्ण तरिकाले रहन पाउनु पर्छ ।

उत्पीडित राष्ट्रको राष्ट्रिय स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको सम्मान गरिनु पर्छ जस्ता कडा शब्दहरु बर्सायका थिए हाम्रो मुलुक मा राजनिति गर्नेहरु दासी युगमा छन र उहीँ फोबियाको सिको तल्लो कार्यकर्तासम्म छ मुलुकको अग्रगामी परिवर्तन नचाहनेहरु सिहदरबार मै छन् ।

यतिबेला विभिन्न शक्ति माओ–एमाले गठबन्धन सहितको सरकार तोड्न र प्रधानमन्त्रीलाई घुँडा टेकाउन ज्यान फालेर लागेका छन् प्रजातन्त्र समाजबाद र राष्ट्रियताको नारा बेचेर खान पल्केको आफूलाई मुलुकको ठेकेदार सम्झने काँग्रेस, काँग्रस भित्रका बौद्धिक अपाङ्गहरु आफ्नो सदियौ पुरानो नाङ्गो रुपको पर्दसन गरिरहेका छन् काँङ्ग्रेस मात्रै हैन अन्य थुप्रै बौद्धिक हुल छन जो आजसम्मका उपलब्धि गुमाएरै भएपनि बर्तमान गठबन्धन सरकार तोडेरै छाड्ने कपुलित स्वार्थताको योजना मा छन ।

मेरो देशले हरेक पटक दिशा बदलिरहन्छ यसकारण कैले उत्तर फर्कन्छ कहिले दक्षिण फर्कन्छ, देशलाई उत्तर दक्षिण फर्काउन चाहनेहरुको कमि छैन मात्र परिबर्तन गर्न चाहानेहरुको कमि छ यी राजनिति गर्नेहरुमा अलिकत मानवियता खै कहाँ छ ? रातभर मदिरालयमा लोकतन्त्र जनवाद र गणतन्त्रका आदर्श छाटिन्छ तर तुईन मा झुण्डियर आफ्नै मृत्यु जित्ने नागरिकहरुको पीडाले कति पनि पोल्दैन । ढुकुटीको पैसाले रातभर पाँचतारेमा भोजभतेर हुन्छ तर दुईकिलो चामल किन्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने कर्णालीबासीको पीडाले छुँदैन । हुन त प्रधानमन्त्रीको सपथ ग्रहण गरे लगत्तै बर्तमान प्रधानमन्त्रीले देशभरका तुईन बिस्थापन गरि झोलुङ्गे पुल निर्माण गरिने उद्घोष गरे, नागरिकको घरघरमा ग्याँसका पाईपलाईन जोडिने सपना देखाइदिए आज एक वर्ष हुनै लाग्दा राज्यका कुन नागरिकको घरमा ग्यासका पाइप जोडियो ? या मुलुकभर रहेका कुन कुन तुईन बिस्थापन गरि झोलुङ्गे पुलको निर्माण भयो ? त्यो स्वयम् प्रधानमन्त्रीले नै जानुन् तर अनावश्यक आस देखाउनु भन्दा ससाना काम को सुरुवात गर्नु उत्तम हैन र ? प्रधानमन्त्रीको आश्वासनको पोको यहाँ फुकायर साध्य छैन तर यो खोक्रो आदर्श कहिले सम्म ? उनलाई सिर्फ सिद्धान्तसँग मतलब हुँदो हो समाज परिवर्तनसँग हैन । मुलुकमा राजनीति गर्नेहरु सिर्फ आ–आफ्नो सिद्धान्तको जितलाई औधि परिवर्तन ठान्छन् । वर्तमान प्रधानमन्त्रीले सिंहदरबारमा पाइतला टेकेर सगरमाथा शिरमा पैतला राखे जस्तै उफ्रिएका छन् मानौं उनीहरु दास मानसिकता बोकेका छन तिनिहरु सिद्धान्तका दासी हुन परिवर्तनका बाहक कदापि होइनन् ।

बिपिले राष्ट्रियताको सवालमा बोलेका थिउ रे,  “राजासँग मेरो नाक जोडिएको छ, राजा नसा–नसामा छन् ।” तर यतिबेला काँग्रेसको बौद्धिक विभाग दिल्लीको सोनीया दरबारसँग जोडिएको छ । उनीहरुको नशामा देश हैन दिल्ली जोडियको छ उनिहरुलाई मुलुक भन्दा प्यारो उतै लाग्छ काँग्रेसका लागि राष्ट्रियता समाजबाद र प्रजातन्त्र केवल व्यापारिक नारा हो राजनैतिक आदर्श हैन । ती बौद्धिक मनुवाहरुलाई समाजवादले मानवीय संवेदनासँग सम्बन्ध राख्ने कुरा अलिकत पनि हेक्का छैन हिजोका गिरिजा देखि आजसम्मका गगनहरुले राष्ट्रियता प्रजातन्त्र र समाजबादको चरित्र देखाउन सकिरहेका छैनन् । मानौं उनीहरुको बाहिरि आडम्बर हो नेपाली राजनीतिमा यतिबेला काँग्रेस सिद्धान्त, व्यवहार या राजनैतिक कुटनिति सबैतिर चुकिसकेको छ । मध्य युगिन मानसिक संस्कारबाट ग्रस्त कैयौं अफ्रिकि मुलुक तबाह भइसकेका छन् ।

यतिबेला साम्राज्यवादको नेतृत्व गरिरहेको अमेरिका एकल ध्रवीय साम्राज्यवादी शक्तिको रुपमा अगाडि उभिएको छ भने हाम्रो छिमेकी मुलुक चीन विश्वकै ठूलो अर्थतन्त्रको रुपमा उदयमान छ र भावि महाशक्तिको रुपमा उदाउने क्रममा चिनको विकास र प्रगतिबाट अमेरिका लगायतका मुलुकहरु ससंकित भईरहेका छन् । फलस्वरुप आज अमेरिका लगायत युरोपियन युनियन एक ढिक्का भएर उभिएका छन् । महादेशीय एकता आज तिनिहरुको आदर्श बनेको छ अत: ती साम्राज्यवादी मुलुकहरु चीनलाई जसरी पनि सैन्य घेराबन्दीमा राख्ने रणनीतिमा नेपाली भूमिलाई खेल मैदानको रुपमा प्रयोग गर्ने योजना मुताबिक विभिन्न जालहरु फैलाएका छन् । सोहि जालोमा परेका छन हाम्रा मुलुकका कम्युनिष्टहरु ।

कम्युनिष्टहरु मध्ययुगिन मानसिक संस्कारबाट ग्रस्त छन् । यहि संस्कारबाट ग्रस्त कैयौं अफ्रिकि मुलुकहरु तबाह भैसकेका छन् । माक्र्स, लेलीन, अंकित झण्डा पनि बोक्ने सहिदको खेति पनि गर्ने साम्राज्यवादी हित अनुकुल नारा पनि लगाउने जनवादी क्रान्तिका आदर्श पनि छाट्ने उत्पीडित जात वर्गको मुक्तिको कुरा पनि गर्ने अनि विभिन्न जात जाति धर्म भाषा जस्ता कुराहरुलाई कम्युनिष्ट आदर्श ठान्ने, के यो दोहोरो चरित्र भएन ? ती मङ्गल ग्रहबाट उछिट्टियर आयका मनुवाहरुलाई अलिकत पनि हेक्का छैन कम्युनिष्टहरु वर्गीय संघर्स गर्छन् या जातीय युद्ध ? साम्राज्यवादी वित्तिय संस्था र लगानीमा चल्ने लनय ष्लनय एनजिओ/आइएनजिओहरुले उत्पीडित देशको राष्ट्रियता, स्वतन्त्रता र आत्मनिर्णयको अधिकारमाथि निरन्तर प्रहार गरिरहेछन् । राष्ट्रिय एकतालाई खलबलाएर साम्राज्यबादी हित अनुकुल रोटी सेक्ने क्रममा आधुनिक नश्लवादी राजनितिको खेती गरिरहेका छन् जसलाई मुलुकमा भित्र्याउने मुख्य पात्रहरु यिनै कम्युनिष्ट हुन । अझ बर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले त एनजिओ/आइएनजिओ हरुको मालिक या ठेकेदार नै मानिन्छ । अबका पुस्ताले राष्ट्र निर्माणको सपना देख्न छाडिसके, जो साम्राज्यवादी लगानिमा खुलेका शैक्षिक उद्योगहरुको शिक्षा प्रणालीले मनो वैज्ञानिक असर पारेको छ हामी समस्या समाधान र निराकरणको उपाय खोज्नुको साटो अन्धो सिद्धान्त र फोस्रो राष्टियताको आदर्स छाटिरहन्छौं । मुलुकका हरेक राजनैतिक उद्योगहरुमा साम्राज्यवादले एजेन्ट नियुक्ति गरेको छ जसको काम देशभित्रका महत्वपूर्ण सुचना तथा गोप्य दस्ताबेज बिक्रि गरि झोलामा डलर फलाउनु हो मुलुकमा जनआन्दोलनको तागतमा धर्म निरपेक्ष र गणतन्त्र स्थापना भएको छ । हामी राष्ट्रिय एकता र सद्भावलाई मजबुद बनाउनुको साटो आआफ्नो स्वार्थ सिद्धान्त र राजनैतिक फोबियाको हित अनुकुल साम्राज्यबादले मल जल गरेको जातियता, धर्म, लिङ्ग, क्षेत्र जस्ता कुराहरु निकालेर मुलुकलाई अरु भयाबह र पराधिनताको बाटोमा धकेलिरहेका छौं । के यो खोक्रो राष्ट्रियता, फुश्रो आदर्श र राजनैतिक फोबियावाद भएन र ?

प्रकाशन मितिः २०७३ जेठ ६ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment