तिम्रो आँखामा शितल दिने व्यक्ति मै पो हो कि‍...

– प्रशान्त महासागर

नेपाल, विश्वमा के भन्ने कुरालाई कुनै इतिहास वा शब्द व्याख्याहरु वर्णन गर्नु आवश्यक छैन् । यो कुरालाई कोही नेपालीहरुले कुनै अर्थमा अहिलेको अवस्थामा नबुझेको हो भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु नै ।

नेपालमा जहिले पनि जुनै कुरा हुँदा पनि केवल विरोधको विरुवाहरु मात्र मज्जाले मौलाउने कार्य भए भने त्यसको खोज र अर्थ कहिल्यै तार्किक हुन सकेन् पनि । दुईचार दिन परालको आगो झै बल्छन् अनि त्यसको राप र ताप सम्बन्धिका कुराहरु सबैले सहजै बिर्सिन्छन् पनि । यो हुनु र भन्नु हल्ला मचिनु भनेको केवल आफु यो नेपालमा को हो भन्ने बिर्सिनु पनि हो । त्यस्तै अर्को आफ्नो शक्ति र ओहदा सम्बन्धि पूर्णरुपले विश्वस्त नहुनु पनि हो भने काम पाएर पनि बेरोजगारी जीवन यापन गर्नु नै हो ।

आज ठाउँ ठाउँमा टायर बलेको छ । यहाँ टायर बल्नुको अर्थ असन्तोष पोख्नु हो । कसैले सिंहदरबारलाई लक्षित गरि असन्तोष पोख्ने गरेको छ भने कसैले पत्रिकामा कार्टुन मार्फत आफ्नो कौशललाई प्रस्तुत गरि विरोधको आवाजलाई बुलंद पार्ने काम व्यापक भएको छ । र नेपालको आयु पनि यस्तै कुरामा सकिने हो कि भन्ने कुराले म चिन्चित छु ।

हुन त विश्वमा नेपाल परापूर्वकाल देखि अगाडि परेको राष्ट्र हो जस्लाई हाम्रै आचरणहरुले गर्दा मात्र उल्टो गन्तिमा परिणत हुन गएको हो भन्ने कुरामा म पूर्णरुपले विश्वस्त पनि छु । शायद यसमा धेरैलाई केही मन दुख्ला तर दुख्याउनुको कुनै औचित्य छैन् पनि । कुनै बेला कुनै पुस्तकमा कसैले सानो सुन्दर युरोप भनी वर्णन गरिएको काठमाण्डौंको स्वरुप किन कंक्रिटको जङ्गल बने ? दोष कस्को थियो ? यो कुरामा न नेवारले आवाज राखे न त कुनै आदीवासिले न बाहुन उफ्रियो न कुनै क्षेत्रीलाई नै यसको चासोको विषय बने । दलित त शायद चूप नै बसे होला किनभने उसको पानी नचल्नुको अपराधिक बोध त छँदैछ भने अर्को धर्मको अर्थलाई अर्कै बुझेर परिवर्तनसँग साँठगाँठ गर्नु नै प्राय सिकेकै कुरा हो नै जहाँ मात्र सिद्धान्त फेरिएका छन् अरु सबै त्यस्तै छन् । न बोली फेरे न त व्यवहार नै । न खानमा कुनै परिवर्तन गरे नै अरु कुनैमा नै । यो भन्नुको तात्पर्य सबैले आफुलाई चिन्नै छोडे भन्नु नै हो । जब आफुहरु नै आफुसामु अपरिचित हुँदै गई रहेको अवस्थामा नेपालको कुरा र भावनालाई कसैले कदर गरेर त्यो अनुरुप चल्छ भन्नु मेरो मूर्खता नै हुनेछ ।

आज नेपाल जस्तो सानो देश चलाउन ६०१ मान्यजनहरु छन् तर देश बढ्न र विकसित हुन छोडेर रुकेको अवस्था छ किन ? कारण कोही नेपालीले खोजेनन्, सोचेनन् किनभने सबैको आ–आफ्नै समस्याहरु छन् त्यो भनेको योग्यता र दक्षता भन्दा ज्यादा खर्चमा आत्मनिर्भर हुनु नै हो । जब खर्चले जीवनको बागडोर सम्हाल्न पुग्छ तब जीवन एक लोटा पानीको निम्ति तड्पेकै हुन्छ कारण उसलाई अरुसँग होईन आफैसँग धेरै हार्ने कुराहरु नै जित्नु छ र कसैले त्यो हार हो त्यसको पछि नकुद्नु भन्दा अर्कैमा गन्ति राख्छन् । यस्तो मनस्थितिका मानिसहरुको जमात नै अहिलेको नेपालीहरु भएका छन् । यो जमात बेला बेलामा कसैले बथान भन्ने गरेको सुनिन्छ भने कुनै बेला कसैले जत्था भनी सम्बोधन गरिएको भेट्टिन्छ । यो भन्नु र यसो भएन यसो गर्नु हुन्न भनी व्यापक रुपमा चर्चा परिचर्चाका कुरा आउनु साथै हामीहरु यो थियौं यो भयौ, हाम्रो अधिकार के भन्ने असन्तोषका कुराहरु विद्यमान हुनु भनेकै आफ्नो अधिकार र सामाथ्र्य साथसाथै ओहदाको अवस्था र कदर नहुनु नै हो । एकले अर्कोलाई सम्मान गर्दा आफुहरुको अपमान हुन्छ सोच्नु नै हो । त्यस्तै विकास क्रममा पनि कुनै राजनैतिक सिद्धान्तले शिलान्यास गरेको कार्य सम्पन्न गर्नु हुन्न सोच्नु नेपालको दूर्भाग्य हो नेपालीको बैरी नेपाली नै हुनु हो । र आम् नेपालीहरुले जानेको कुरा भनेकै एउटा विरोध हो जुन निरन्तर बगी रहेकै छ ।

 विरोधकै कुरामा प्रधानमन्त्री स्वयम् आफुलाई आफु कुन ओहदामा छु भन्ने ज्ञान हुनु छाडेको छ । यस्तो अवस्थामा प्रधानसेनापति स्वयम् विरोधको पात्र हुनु कुन ठूलो कुरा हो र ? जब कि उहाँ स्वयम् पनि एक बेरोजगार कर्मचारी हुन् । र उहाँले कुनै कार्य गर्दा पत्रकारहरुले नानाथरिका कार्टुनहरु प्रस्तुत गर्नु त झन मूर्ख कार्य प्रतिपदान र सम्पादन नै हो भन्ने म किटान गर्छु किनभने समर्थन गर्दा त्यही कार्य सुन्दर देखिन्छ भन्ने मेरो मान्यता हो । हामीले जीवनमा धेरै विरोध र विध्वंशका कार्यहरु गर्‍यौं जस्ले केवल आँखामा आँसुहरु मात्र रसाईयो । फूलहरु, काँढा मात्र भएको देखिईयो । विरोध र अवरोधले जीवनलाई तहसनहस गरिरहेको अवस्थामा दिव्यदृष्टिलाई समर्थनकै रुपमा प्रयोग गरेर आ–आफ्नो क्षेत्रबाट पद र सो को मान्यतालाई शक्ति साथै साधनको परिवर्तन गर्दै नेपाल पो एकचोटि नियाल्ने हो कि....? कतै तिम्रो आँखामा शितल प्रदान गर्ने व्यक्ति नै म बन्छु कि...? यो भन्नुको अर्थ नेपाल नै नेपालीहरुको अवरोधको राष्ट्र बन्दैछ भन्नु नै हो भने अर्को हाम्रो दृष्टिमा संकिर्णताले राज्य गरेको छ जस्को कारण न आफु राम्रो हुन सक्यौ न त अरुलाई राम्रो हुन दिनुपर्छ भन्ने मान्यताले जीवन पाईयो ।

जतिखेरि पनि विरोधको गोटीलाई मात्रै परिवर्तनको आधार मान्दै जानु सबैमा दोष देख्नु नै हो । आज दोष अपराध हुँदै गएको छ र त्यही अपराधको चलखेलबाट नानाथरिका समस्याहरुलाई जीवन दिने कामहरु हामीबाट भई रहेको छ जुन सरासर गलत नै हो । र हामीले जीवनमा बुझ्नै पर्ने कुरा के त भन्दाखेरि कोशि एक्लो कोशि भएको भए शायद वागमतिको गतिमा बग्नु पर्ने थियो होला साथै मानिसले केवल स्वार्थको लागि मात्र प्रयोग गरिईयो भने अर्को साथ दिने विष्णुमतिलाई पनि ढलकै बलमा बग्नु पर्ने कार्य हामीबाट विगत भईयो त्यो पून: निरन्तरतामा बग्न दिन हामी कदापि राजी हुनेछैनौ भन्ने प्रणका साथ विरोधहरु त्यागौं नै भन्न चाहन्छु ।

जीवनमा यति नमिल्ने कुराहरु छन् कि ती मिलाउन हामीलाई कुनै हतियार रुप विरोध र विध्वंसका आवश्यकता छैन पनि किनभने हामी अझै पनि नेपाली नै हौं । र नेपालीहरुले इतिहासमा कुनै त्यस्तो कार्य नै गरेको छैनन् जस्को वर्तमान पश्चातापको महसुस गरिईयोस् पनि । नेपाल सुन्दर, सक्षम र प्रबल छ भन्ने कुरालाई विरुप पारेर देखाउनु छैन् पनि साथै सक्षम र प्रबलको लागि मानव संघार गरेर देखाउनु पनि छैन् । हामी आफैंभित्र शितल पनि छौं । यो कुरालाई हाम्रा आफन्तहरुले आफ्नो कार्यले सहजै प्रमाणिकरण पनि गर्दै गरेको छन् पनि । त्यसैले कोही नेपालीहरु नेपालको प्रगति र उन्नति कामनामा बाँच्छन् भने सर्वप्रथम विरोध रोक्नु नितान्त आवश्यक छ नै । यसको लागि पदिय गरिमा र महिमालाई व्यवस्थित सबै पारौं भनी आह्वान पनि गर्न चाहन्छु साथसाथै आफु को हुँ र किन हुँ भन्ने कुराहरुमा कहिल्यै घमण्डि हुने कुराहरु कुनै पक्षले नगरुन् भन्ने पनि कामना गर्न चाहन्छु । र बोलीले नै दलित जनाउने हो । जिब्रोको गरिमालाई सबैले बुझ्नु पनि नितान्त आवश्यक यथार्थता हो ।

अन्तमा, सरकार र व्यक्तिहरुको पदिय चालचलनको विरोधमा दिनहरु खर्च गर्नु भन्दा हाम्रो शक्तिले यो कार्य गर्न चाहेको छ भन्ने कुरा आजको आवश्यक तत्व हो । यो व्यक्तिले त्यो गरेको सुहाएन भन्नु भन्दा नि मैले यो गरिन भनी पश्चाताप बोध हुनु आजको आवश्यकता हो । र त्यही अनुरुप जीवनलाई एक्लै घिसार्दा गाह्रो हुन्छ, सबै मिलि जीवनको पटवार चलाउनु नै उचित हुनेछ ता कि गन्तव्य चाँडै पुगियोस् । तर चाँडैको अर्थ कुनै विकृतिसँग प्रतिबम्बित छैन् पनि । त्यस्तै अधिकारको कुरामा को कोसँग सम्पन्न र के मा छन् ? यो प्रश्न सबै जात र वर्गको लागि नै हो ।

prashantsharmila2@gmail.com

प्रकाशन मितिः २०७३ जेठ ६ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment