-स्वयम्भुनाथ कार्की
राजा त्रिभुवनले दिने भनेको ७ सालको घोषणाको मस्यौदा नेहरुले अंग्रेजीमा तैयार गरेर दिएका थिए । अनुवाद गर्ने जिम्मेवारी मात्र नेपाली कांग्रेसको थियो । अर्थमा केही विवाद भएमा अंग्रेजीको प्रतिलाई मूल मान्नुपर्ने प्रावधान थियो । त्यहाँ भएको “डेमोक्रेसी” शव्दको अनुवाद बीपीले गणतन्त्र भनेर गरिदिए । उनले यो कुरा रेकर्ड गराए जसको आधारमा गणेशराज शर्माले सम्पादन गरेको बीपीको आत्मवृत्तान्तमा पारिदिए । तर नेपाली कांग्रेसको एक समुह आजसम्म पनि बीपीले जानेर वा नजानेर गलत अनुवाद गरिदिएको त्यही शव्दको आधारमा बोल्दैछ ।
लाग्छ राजसंस्था नीतिमा सामेल राख्नु नेपाली कांग्रेसको आस्था भन्दा विवशता थियो । किनभने कांग्रेसमा आस्था राख्नेहरुको ठूलो समुहको विश्वास राजामा थियो र छँदैपनि छ । कांग्रेसमा नेतृत्वमा रहेको एक समुह बलशाली समुह त्यो विश्वासको सामुन्ने घुँडा टेक्न विवश थियो । इतिहासमा जब राजसंस्था सबैभन्दा कमजोर अवस्थामा पर्यो राजसंस्थामा आस्था राख्नेहरु शोकमा डुवेका थिए त्यो समुहले यसलाई आफ्नो मनमर्जि गर्ने मौकाको रुपमा प्रयोग गर्यो । राजसंस्थाको पहरेदार हौं भनेर जनतामा भ्रम छर्न सफल भएकाहरु रातारात गणतन्त्रवादी भए । यस अवस्थामा सर्वसाधारणको आवाज ननिक्लनु स्वभाविक नै थियो । राजसंस्थाको कुरा लुकेर गर्नुपर्ने अवस्थामा पनि जनताको मनबाट राजसंस्था हटन सकेन ।
जसरी भए पनि यसको अस्तित्व कायम रहोस भनेर राजसंस्थाको अनेक सम्भाव्य रुपहरुको चर्चा गरेर पनि यसलाई जीवित राखियो । मौका यहि हो भनेर “हिन्दू गणतन्त्रवादी” समुह पनि निस्किए । गणतन्त्रमा हिन्दू मिसाएर त्यसको नाममा सत्तामा भागिदारी खोज्ने उदेश्यले प्रेरित महन्तहरुका यी समुहहरुलाई जनताले गलत बुझ्यो । परम्परा पुनस्र्थापनाको अभियान सम्झेर साथ दिए तर हिन्दूत्वको नाममा मुलुकको नियन्त्रण भारतीय पिठाधीशहरुको हातमा पुर्याउने त्यो चाल थियो । हिन्दू गणतन्त्रको कल्पना तब मात्र हुनसक्छ जब ईस्लामिक गणतन्त्रहरुमा झै राज्य संचालन गर्ने स्थानमा केवल एकै धर्मालम्बी मात्र पुग्न पाउने संविधान हुन्छ । यो कुरा सबैको सहअस्तित्व आत्मसात गर्ने हिन्दू भनिने सनातन परम्पराको विरुद्ध हो ।
राष्ट्रप्रमुख वा सरकार प्रमुख हिन्दू नभएको अवस्थामा संविधानत: भएको हिन्दू गणतन्त्रमा समानान्तर शक्तिकेन्द्र निर्माण पनि समानान्तर नै हुनु पर्दछ र यो केन्द्र भारतमा रहेका पीठाधीश वा शंकरनचार्यहरुलाई बुझाउनु पर्ने हुन्छ । आफ्नो यो प्रयत्नमा असफल भई सकेपछि कमलानयनाचार्य प्रवृतिहरु निरिह ठकुरी केटालाई राजा बनाउने प्रलाप गर्न शुरु गरेका छन् । त्यो ठकुरीको छोरो शायद कुमाउ गडवालबाट आयात गर्नु पर्छ पनि भन्न बेर नलगाउलान् । सनातन हिन्दु परम्परामा अनेकौं विकृति जन्म दिएर घिन मान्नुपर्ने चलन भित्र्याउनेहरु यस्तै भेषमा भेटिने गर्दछन् । नेपाली मन राष्ट्रको मूल्यमा हिन्दूत्वको कुरा उठाउन तैयार हुँदैन त्यसैले हिन्दू अधिराज्य नै भन्दछ ।
गणतन्त्र ल्याईएपछि राजा र राजतन्त्रको हरेक कुरा रोक्न निर्लज्जतापूर्वक राज्य लागेको छ । अझैपनि संसार प्रख्यात भनेर भनिएका नेताहरु राजसंस्थाको आस्था मनमा राख्नेहरुलाई मृत्यु प्रदान गर्ने कुरा गर्दैछन् । यस्ता कुराहरु उनिहरुले कुनै बन्द कोठा भित्र गरेका हैनन् मञ्चमा माईक लगाएर फुकेका हुन् । यो नै ठूलो प्रमाण हो समयले गणतन्त्रको जग हल्लाएर कतिसम्म कमजोर बनाएछ कि अब आफ्नो शक्तिको ठूलो भाग यसमा लगाउनु परेको छ । रमाईलो कुरा के छ भने यो सब राजसंस्था आस्थावान चुपचाप लागेको अवस्थामा गर्नु परेको छ ।
रमाइलो यत्तिमै सिमित छैन, आज हरेक स्थानमा गणतन्त्रको औचित्य माथि प्रश्न उठाईदैछ । यसैक्रममा क्राईमचेकले सामाजिक संजालमा प्रश्न राखेको छ । उसले बेलाबेलामा विभिन्न प्रश्न राखेर त्यसमा आएका प्रतिक्रिया पत्रिकामा राख्ने गरेको छ । यसमा आएका प्रतिक्रियाहरु शायदै पत्रिकामा राख्न सक्ला, किनभने जति प्रतिक्रिया आएका छन् त्यसलाई राख्न पत्रिकाको आकारले पुग्दैन । प्रश्नमा आएका प्रतिक्रियाहरुले यो व्यवस्थासँगको निराशा देखाउँछ । सरकारले गर्ने भनेको साधारण कुराको पनि खिल्ली उडाएर आत्मसन्तोष लिने जमात किन बढदैछ त्यो अंकित गर्छ ।
प्रश्न छ, “मैले २०६३ साल वैशाख ११ गते देश र जनताको सर्वोत्तम हित, राष्ट्रिय एकता र विकास होस् भन्ने उद्देश्यले जनताको नासो जनतामा फर्काएको थिएँ तर यो १० वर्षको अवधिमा अवस्था झन बिकराल हुँदै गएको, जनताको नासो जनताबाट नेता र विदेशीको हातमा पुगेको हुँदा अब राष्ट्रिय स्वाधीनताको रक्षा, एकता र विकासको लागि २०६३ को निर्णय फिर्ता लिन्छु” भनि श्री ५ ज्ञानेन्द्रबाट घोषणा भयो भने यहाँहरुको प्रतिकृया कस्तो हुने छ ? ” यसमा नब्बे प्रतिशत उत्तर स्वागत गर्ने आशयका छन् । यी स्वागत गर्ने आशयका उत्तरमा २०, २५ प्रतिशत उत्तर त आफुले गणतन्त्रको समर्थन गरेर भुल गरेको पश्चाताप सहित छन् ।
केहीमा राजाप्रति गुनासो छ कि अहिलेसम्म चुपलागेर किन बसेको भनेर, केहीमा अब जातन तातेर राजालाई यसो भन्न बाध्य गराउनु पर्छ भन्ने पनि छ । करिब दशप्रतिशत विरोधका उत्तर पनि रोचक छन् । फलाना भए मान्दिन अरु भए मान्छु भन्ने उत्तरलाई व्यक्तिगत राजाप्रतिको रोष मान्न सकिन्छ गणतन्त्रको समर्थन मान्न सकिन्न । केही उत्तरहरु समय फर्कन्न भन्ने पनि छन केही सारै नै अभद्र पनि छन । यस्तो अभद्र टिप्पणी भने गणतन्त्र समर्थक उत्तरहरुमा छन, केही गालीगलौज राजसंस्था समर्थक उत्तरमा पनि छन् । शायद अब जनताले बुझ्न थाल्यो “हात्तीको पाइलामा सबैको पाईला” अटे जस्तै सबै समस्याको उत्तर राजसंस्थामा छ ।
विराटनगर–१
प्रकाशन मितिः २०७३ जेठ १३ गते विहीबार