– बिम्मी शर्मा
शनिवार वैशाख १२ गते १२ बजे भूकम्पको ठूलो धक्कापछि हामी सबै नेपालीको मुहारबाट हाँसो केही दिनका लागि हराएको थियो । जीवन को स्वाभाविक लय चुँडिएको त्यो बेला प्रत्येक नेपालीको अनुहारमा त्रासले राज गरेको थियो । स्वस्थानीको कथामा वर्णित भगवान शिवले त्रिपुराशुर दग्ध गर्नु भन्दा पहिले मय दानवले बनाएको सुन, चाँदी र फलामका तीनवटा पुर (शहर) एक निमेषका लागि जोडिएर सदाका लागि हल्दिैं र एकअर्कासँ टकराउँदै छुट्टिएका थिए । ठीक त्यस्तैनै अनुभुति भएको थियो त्योबेला । वरिपरिका घर र आफै बसेको कोठा डोरीमा सुकाएको लुगा हावाले हल्लिदाँ जस्तो देखिन्छ त्यस्तै देखिएको थियो ।
जीवनको महत्व र कालको भय दुबै एकैपल्ट भएको त्यो महाविनाशको दिन आहत भएकाहरु एक अर्कालाई राहत र सहानुभुति पनि दिन सकिरहेका थिएनन् । यो महाविनाश आउँछ भन्ने सबैलाई थाहा थियो तर यति छिटै र यो रुपमा आउनेछ भन्ने कल्पना कसैले गरेको थिए । वर्षौदेखि पृथ्वीको गर्भमा भइरहेको उत्खनन, चुरेको विनाश तथा जोखिम मोल्ने तर घर निर्माण गर्दा भूकम्प प्रतिरोधक प्रविधि नअपनाउने वा बेवास्ता गर्नाले वैशाख १२ गते महाविनाशलाई निम्त्यायो । यसकालागि हामी सबै दोषी छौं ।
वैशाख १२ को महाविनाश निम्तिने कार्य गत ९ महिना अघिदेखि नै भइरहेको थियो । तिब्बती र भारतीय प्लेटको अवस्थितिमा परिवर्तन आइरहेको थियो । गत ६ अप्रैलको दिन जहाँ भूकम्पको केन्द्रबिन्दु थियो त्यहाँ ‘रेडान’ नामक ग्यास उत्सर्जन भएको थियो । सो ग्यास उत्सर्जन हुनुलाई भूगर्भविद्ध र वैज्ञानिकहरु निकट भविष्यमा ठूलो भूकम्प जाने संकेत मान्दछन् । ‘रेडान’ ग्यासको उत्सर्जनपछि केही विदेशी भूगर्भविद्धहरु यसको अनुसन्धान गरिरहेका थिए । उनीह कुनै निश्कर्षमा पुग्नुभन्दा अगावै वैशाख १२ गते शनिवार त्यो भयावह प्राकृतिक विपत्ति देशमा आइलाग्यो । तर डर र ठूलो जनधनको क्षति सँगसँगै यो महाविपत्तिले हामीलाई ठूलो पाठ पनि पढाएको छ । अब पनि हामीले यो विपत्तिबाट सिकेनौ र चेतेनौ भने भविष्यमा अझ ठूलो क्षति भोग्न तयार भएर बसे हुन्छ ।
गत शनिवार गएको ७.९ रेक्टर स्केलको त्यो भूकम्पको शक्तिलाई आणविक उर्जामा दाँज्दा २० वटा एटोमिक बम बराबरको थियो । जुन अमेरिकाले सन १९४५ को अगष्ट ६ र ९ का दिन जापानको हिरोशिमा र नाकासाकीमा विष्फोट गरेको एटम बम जतिकै शक्तिशाली थियो । कल्पना गर्नुस् त अमेरिकाले विष्फोट गरेको त्यो एउटा बमले जापानमा त्यत्रो क्षति गर्यो भने २० वटा एटोमिक बम बराबरको शक्ति भएको त्यो ठूलो भूकम्पले कति क्षति गर्यो होला ?
हाम्रो देश हिमालयको काखमा हुनु प्राकृतिक सुन्दरताको दृष्टिले जति राम्रो छ भूकम्पीय जोखिमको दृष्टिले त्यतिनै नराम्रो र जोखिमपूर्ण छ । सुन्दर र मनमोहक हिमालले पर्यटकहरुलाई मात्र आकर्षित गर्दैन कि भूकम्पलाई पनि आफुतिर त्यतिनै आकर्षित गरिरहेको हुन्छ । भूगर्भविद र वैज्ञानिकहरु भूकम्पीय जोखिमको दृष्टिले अति नै संवेदनशील यो हिमाली भूभागमा ७.९ रेक्टरको भूईंचालो जानु सामान्य हो । यो हिमाली क्षेत्रमा ९ रेक्टर स्केलसम्मको भूईंचालो जान सक्ने विभिन्न भूगर्भविदहरुको भनाइ छ । यो क्षेत्रमा ७.९ रेक्टर स्केल मात्रको भूकम्प जानुलाई भूगर्भविद्धहरु आश्चर्य मानिरहेका छन् । उनीहरुका अनुसार यति कम म्याग्निच्यूडको भूकम्प जानु र सोचे भन्दा कमको जनधनको क्षतिलाई मध्येनजर गर्दै भविष्यमा यो भन्दा पनि ठूलो र ध्वसाँत्मक भूकम्प जाने ती वैज्ञानिकहरुको कथन छ । यस्तो दुर्दि, भोली, अर्को हप्ता वा महिना वा केही वर्षपछि आउनसक्ने ती भुगर्भविद्धहरुले वैशाख १२ गतेको भूकम्पो अवलोकन गरेपछि बताएकाछन् ।
काठमाडौं लगायत देशका विभिन्न पहाडी जिल्लाको भूबनोट अनुसारको भौतिक संरचना निर्माण नहुन सक्नु नै सबैभन्दा दुखद पक्ष हो । त्यसैका कारणले यत्रो जनधनको क्षति भएको हो । भूकम्प आफैले केही बिगार्दैन, एकछिन पृथ्वीलाई हल्लाउँछ र शान्त हुन्छ । तर त्यही पृथ्वी जोडले हल्लिएको बेला मानिसले गर्ने गतिविधि र कमजोर भौतिक संरचनाले गर्दा नै जनधनको क्षति हुने गर्दछ ।
घर निर्माण गर्दा भूकम्प प्रतिरोधक प्रविधि नअपनाउनु र प्रयोगमा ल्याइएका घर र्मिाणका आधारभुत सामग्रीहरुको गुणस्तर कम हुनुले पनि ठूलो जोखिम निम्त्याएको छ । भूकम्पको बेला एकतल्ले घर जति सुरक्षित देखियो त्यति नै असुरक्षित देखिए धेरै तल्लाका घर तथा भवनहरु । जसलेगर्दा एकतल्ले घर भएकाहरु भूकम्पको झड्का बारम्बार आए पनि घरभित्रै सुते भने अपार्टमेन्ट, ठूलो भवन र बिल्डिगँमा बस्नेहरुको वास आकाशमुनि भयो ।
कठमाडौं उपत्यकामा आयको अन्य स्त्रोत नहुंदा वा अतिरिक्त आयका लागि घर बहालमा लगाएर आम्दानी गर्न चार, पाँच तल्ले घर बनाएर ढुक्कसित जीविकोपार्जन गरिरहेकाहरुलाई पनि ठूलो झ्डका लागेको छ । पहिला आफुमाथि बस्ने र तल्लो तल्ला बहालमा दिने घरपट्टीहरु भूकम्पको त्रासले आफै तल्लो तल्लामा बस्ने सोच बनाउन थालेकाछन् । उता बहालमा बस्नेहरु पनि पैसा खर्च गरेपछि बलियो र भूकम्प प्रतिरोधक घरमै बस्ने अड्डी लिन थालेकाछन् । यसले गर्दा उपत्यकामा घर बहालमा दिएर अतिरिक्त आम्दानी गर्नेहरुलाई पनि अप्ठ्यारो पर्न सक्छ ।
घर निर्माण गरेर बिक्री गर्ने व्यवसायमा संलग्नहरुले घरको जग निर्माण र भौतिक संरचना बलियो बनाउनेतर्फ त्यति ध्यान दिएको पाइन्दैन । घरको जग हाल्दा प्रयोग गरिने छड पात्लो र थोरै, सिमेन्ट पनि घटिया क्वालिटीको हालेर येनकेन घर बनाउने र बिक्री गर्नेहरुको व्यवसायमा यो महाभूकम्पले ठूलो झापड हानेको छ । जसले गर्दा आगामी केही महिना घर, जग्गा कारोबारमा ठूलो मन्दी आउन सक्छ । तराईका रैथानेहरु जो राजधानीमा बसेर आफ्नो व्यवसाय चलाउँदै आएका थिए । यो भूकम्पले अब आफ्नै गाउँठाउँमा फर्केर उतै व्यवसाय गर्ने सोचका साथ फर्किसकेका छन् ।
उपत्यकामा काम गर्ने थुप्रै मजदुरहरु तराईबाटै आएर यहाँ सेवा दिरहेका थिए । उनीहरु भूकम्पको त्रासले आफ्नै थातथलोमा फर्किए पछि आउँदा दिनमा राजधानीमा पक्कै पनि मजदुर र अन्य साना तिना काम गर्नेहरुको अभाव हुनेछ । सबै वस्तु र सेवा राजधानीमा केन्द्रिकृत हुंदा तराईमा बस्ने ठूलो जमातले आस र अवसरका लागि राजधानीलाई आश्रय स्थल बनाएको थियो । यो महाविनाशपछि केन्द्रिकृत सत्ता र सेवा, सुविधालाई विकेन्द्रित गर्न संघीयता देशमा अपरिहार्य भएको अनुभव सबैले गर्नेछन् । तर महाभूकम्पको अवशेषभित्र गुम्सिन वाध्य पारिएको संविधान निर्माण प्रक्रिया चाँडो ब्यूँझिनेवाला छैन । सरकार र विभिन्न दलका नेताहरुलाई अहिले संविधान निर्माण प्रत्रियाबाट जनताको आँखा छल्न हाइसञ्चो बहाना पाइएको छ ।
देशमा थुप्रै सिमेण्ट र छड उत्पादन गर्ने कारखानाहरु छन् । तर ती मध्ये औंलामा गनिने लायकले मात्र गुणस्तरीय सिमेण्ट र छड उत्पादन गर्दछन् । न्यून आय भएकाहरुले वाध्य भएर यिनै कम गुणस्तरको सिमेण्ट र छड प्रयोग गरिरहेका छन् । कम गुणस्तरको निर्माण सामग्री उत्पादन गर्ने अनि विज्ञापन र प्रचारमात्र ठूलो गरेर सर्वसाधारणलाई ठगी गरेर उनीहरुको आँखामा धूलो छर्नेहरुको जीवनमा यो महाविपत्तिमा प्रकृतिले नै धूलो छरिदिएको छ । अब पनि सरकारी निकाय र अन्य सरोकारवालाहरुले आफ्नो आनिबानीका साथै व्यवसायगत व्यवहारमा सुधार गरेनन् भने प्रकृतिले अझ ठूलो झड्का दिएर हामीलाई पाठ पढाउने छ । यो महाभूकम्प हामी सबैकालागि ठूलो पाठ हो । अब पनि हामी चेत्दैनौ भने अहिले त ऐतिहासिक संरचनामात्र ध्वस्त भएकाछन् । भविष्यमा अझ ठूलो महाभूकम्पले हामी नेपालीहरु नै इतिहासको प्राकृतिक संरचनाभित्र संधैकालागि समाहित भइसक्नै छौं । चेतना भया ।

प्रकाशन मितिः२०७२ वैशाख २४ गते विहीवार