– मिन बहादुर थापा
धेरै साथीहरुलाई लागेको थियो होला नेपाली कांग्रेसले जे गरेको थियो ठिक गरेको थियो, जे गर्दै छ ठिक छ गरेको छ तर हिजो आएर कांग्रेसकै नेता कार्यकर्ताले नेताले गलत गरे काँग्रेसले गलत निर्णय गर्यो भनेर पार्टी खतम भयो अब जनताका सामु कसरी जाने मुख कसरी देखाउने भनेको सामाजिक संजालमा हेर्न र पढन पाइएको छ । तर मलाई यो आत्मबोध जब देश मा ०६३ को आन्दोलनमा उठदै नउठेका कुरा धर्म निरपेक्ष र गणतन्त्र रातारात गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जन्मजात विरोधि कम्युनिष्ट र विशेष भारतीयहरुको मिलोमतोमा घोषणा गरियो त्यसै दिन देखि नेपाली काँग्रेस अब राष्ट्रवादी पार्टी रहेन । लोकतन्त्रको नाममा विदेशीतन्त्रमा फस्यो भन्ने लागेर आफुलाई स्वतन्त्र बनाउने निर्णय गरे ।
जुन ०६३ को आन्दोलन पछाडी कांग्रेसले राजनैतिक निर्णय लियो त्यो जननायक बि.पी. कोइराला, गणेशमान सिंह र किसुनजीको राजनैतिक विचार भन्दा एक दमै फरक थियो तर पनि हास्यास्पद कुरा गिरिजापथका सेना बेनाले आफ्नो निच स्वार्थ पूर्तिका लागि बि पी, गणेशमान जी र किसुनजीका तस्विर राख्न छाडेनन् । तर पनि आज कांग्रेसले यसको दुस्परिणाम भोगी रहेको छ बचाउका लागि अलिकति पनि बोल्ने शाहस कुनै कांग्रेसी कार्यकर्ता मा छैन उल्टै आफ्ना नेता र पार्टी को निर्णयलाई गलत भनि रहेका छन् ।
कम्युनिष्ट जो जन्मदै अन्तररस्त्रबादमा जन्मिएको हुन्छ जसले दिनलाई रात र रातलाई दिन भन्ने गर्छन्, स्यालको हुइयाँ जस्तो कांग्रेस देशद्रोही कम्युनिष्ट राष्ट्रबादी लाग्छ कि नेपाल निर्माण गर्ने राजसंस्था होइन ओली र प्रचण्डका पिता पूर्खा थिए । देशको माया उनीहरुलाई मात्रै छ अरु कसैलाई छैन साक्षीमा कमल थापा र बिजय गच्छदारलाई नियुक्ति गरिसके जो दूध को साक्षी विरालो बनि सके । हिजो प्रचण्डले कहाँबाट नेपाल मा आतंक
सिर्जना गरेका थिए ? अहिले त्यो रास्ट्रवाद भयो । हिजो सात दलको दोश्रो मुख्य शक्ति एमाले हो कि होइन ? हो भने आन्दोलनमा नउठेको बिषय राजतन्त्र र हिन्दु राष्ट्रको खारेजी कहाँबाट भयो कुन बाहिरी शक्ति ले गरायो ?
१२ बुंदे सम्झौता भारत को दिल्ली मा किन गरियो ? त्यमा भारतका नेता देखि उपल्लो गुप्तचरका कर्मचारी थिए कि थिएनन् ? के त्यो चाहीं त्यतीबेला राष्ट्रबाद थियो ? अब यसको दुष्परिणाम नेपालले भोग्नै बाँकि छ । हो यहि दिन कांग्रेस चुक्यो जुन दिन गणतन्त्र र धर्म निरपेक्ष नेपालमा भयो । कांग्रेस मात्रै राष्ट्रद्रोही होइन ०६३ देखि अहिले सम्मको एमाले लगाएत अरु आफ्ना मतियारहरुको सबै पोल कांग्रेस का इमान्दार नेता कार्यकर्ताले खोल्न सक्नु पर्यो बिचरा सुशील”दालाई मात्रै दोष नदिउँ ।
प्रकाशन मितिः२०७२ असोज २८ गते बिहीवार