वीरगंज ।
नारायणी अंचल प्रहरी कार्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी ६० औं प्रहरी दिवस भव्य रुपमा मनाएको छ ।
शनिवार अंचल प्रहरी कार्यालय नारायणीको प्रांगनमा आयोजना गरिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सुरक्षा निकायका कार्यालय प्रमुखहरु(सशस्त्र प्रहरी बल सि.सु.का.का स.प्र.उ.भिम बहादुर थापा, बरख गण श्रीपुर व्यारेक वीरगंजका प्रमुख सेनानी सुरेश हमाल), अमर प्रहरी परिवारका सदस्यहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा एवं श्रद्धान्जली व्यक्त गरी “६० औं प्रहरी दिवस २०७२” भव्यताका साथ मनाईएको अंचल प्रहरी कार्यालय नारायणीले जनाएको छ ।
उक्त अवसरमा नारायणी अंचल प्रहरी प्रमुख नारायण सिंह खड्काले प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले प्रहरी दिवसको उपलक्ष्यमा दिनु भएको सन्देश वाचन गरी सुनाउनु भएको थियो ।
साथै पुर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारसंग अंचल प्रहरी कार्यालय नारायणीका कार्यालय प्रमुख प्र.ब.उ.नारायण सिंह खड्काले अन्तरक्रिया समेत गर्नु भएको अंचल प्रहरी कार्यालय नारायणीले जनाएको छ ।
नारायणी अंचल प्रहरी कार्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी ६० औं प्रहरी दिवस भव्य रुपमा मनाएको छ ।शनिवार अंचल प्रहरी कार्यालय नारायणीको प्रांगनमा आयोजना गरिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सुरक्षा निकायका कार्यालय प्रमुखहरु(सशस्त्र प्रहरी बल सि.सु.का.का स.प्र.उ.भिम बहादुर थापा, बरख गण श्रीपुर व्यारेक वीरगंजका प्रमुख सेनानी सुरेश हमाल), अमर प्रहरी परिवारका सदस्यहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा एवं श्रद्धान्जली व्यक्त गरी “६० औं प्रहरी दिवस २०७२” भव्यताका साथ मनाईएको अंचल प्रहरी कार्यालय नारायणीले जनाएको छ ।
उक्त अवसरमा नारायणी अंचल प्रहरी प्रमुख नारायण सिंह खड्काले प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले प्रहरी दिवसको उपलक्ष्यमा दिनु भएको सन्देश वाचन गरी सुनाउनु भएको थियो ।
साथै पुर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारसंग अंचल प्रहरी कार्यालय नारायणीका कार्यालय प्रमुख प्र.ब.उ.नारायण सिंह खड्काले अन्तरक्रिया समेत गर्नु भएको अंचल प्रहरी कार्यालय नारायणीले जनाएको छ ।

Nepalese Rupee Exchange Rate