वि.सं. २०७२ वैशाख १२ गते शनिवार मध्यान्ह १२:५६ बजेको समयमा आएको ७.८ म्याग्निच्यूड रेक्टर स्केलको भूइँचालोले नेपालको आधा भूभागमा महाविपत्ति ल्याएको छ । झण्डै १० हजार मानिसको मृत्यु, तीन लाख घरको क्षति, मठ मन्दिर, पुराना दरबार, संग्रहालय, पुरातात्विक महत्त्वका विश्व सम्पदा सूतिमा सूचिकृत सम्पदाहरू पूर्ण ध्वस्त भएका छन् । नेपालको यथास्थितिको स्वरुपमा निकै ठूलो परिवर्तन प्राकृतिक विपत्तिले गराएको छ ।
यस दु:खदपूर्ण घढीमा हामी सम्पूर्ण नेपालीले शोकलाई शक्तिमा र विपदलाई अवसरमा बदल्ने अठोट लिई धैर्य गर्नु बाहेक अर्को विकल्प छैन । दैवको लिला टार्न सकिंदैन । भूकम्पको पूर्व अनुमान गर्न सकिंदैन तर पूर्व सतर्कता अपनाउन सकिन्छ । पूर्व सतर्कता र पूर्व तयारीमा नरहेकै बेला झुक्याएर एक्कासी भुकम्प जाँदा जनधनको ठूलो क्षति हुन गएको हो । पशुपंक्षीहरूको पनि अपार क्षति भएको छ ।
१२ वैशाख र २९ वैशाखमा आएको ठूलो भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न देशभक्ति र विदेशी शक्तिको उचित सहयोग चाहिन्छ । सबै नेपालीमा मिलिजुली बसौं, बाँडीचुँडी खाऔं भन्ने भावना हुनु पर्दछ । भूकम्प पश्चात केही दिन हुँदा खाने र हुनेखाने सबै एउटै धर्तीको माटोमाथि र खुल्ला आकाशमुनिको एउटै चोइटोमा आश्रय लिए । त्यतिखेर सबैले काम, क्रोध, लोभ, मोह र अहंकार त्यागेर आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने चिन्तामा रहेका थिए । महाविपत्तिमा परेका सबै एउटै कथा, व्यथा, पीडा, कष्टमा रहेका सबै नेपालीको छाती ठूलो भएको थियो भने मन झन ठूलो भएको थियो ।
आश्रय शिविरमा जात, धर्म, वर्ग, लिंग, जात केहीको पनि विभेद थिएन । भात, पानी र ओत एउटै थियो । भात भान्सा एउटै थियो । हिन्दू भात पकाउँथे, मुसल्मान खाना बाँड्थे । क्रिश्चियनहरू पानी खुवाउथे । केहीको नाक चुच्चे, केहीको थेप्चे, कोही काला, कोही गहुँगोरा थिए । शोक न सुर्ता भोक न भकारीको अवस्थामा सबै रहेका थिए । घर, श्रीसम्पत्ति सबै छाडेर आकाशमुनी खेतवारी, सडकमा आएर बसेका थिए । एकआपसमा भेदभाव रत्तिभर थिएन । सबैमा सहयोगीको भावना थियो । आखिरमा मरेकाहरूले केही लिएर जान पाएनन् । आखिर भूकम्पबाट बाँचेकाहरूले पनि जाँदा केही लान पाउँदैनन् । लान सक्दैनन् चाहे खागपत्ति, अरबपत्ति नै किन नहोस् ।
धर्म र पाप यहीं छ । भूकम्प पीडितहरूलाई ठग्नेहरू अधर्मी, पापी हुन् । उनीहरूले सजाय पाउँछन् नै । यस विपदको घडीमा सँगसँगै राहत पुर्याउने, वितरण गर्ने, सहायता संकलन गर्ने पावन काममा समान व्यवहार नभई तेरो, मेरो, तेरो दल मेरो दल भन्ने व्यवहार देखिनु निष्कृष्ट र निन्दनीय हो । पुनर्निर्माणको महाअभियानमा सबै जुट्नु पर्दछ । तबमात्र विपदलाई जित्न सकिन्छ ।
प्रकाशित मितिः२०७२ वैशाख २१ गते बिहीवार