क्राइमचेक प्रतिनिधि/
वीरगंज/केहि दिन यता लगातार बढ्दै गएको तापक्रम अर्थात गर्मीले मध्य तराईको बारा, पर्सा, रौतहटसँगै देशभरिको जनजीवन प्रभावित हुँदै गएको छ ।
विहान सूर्योदयसँगै वृद्धि हुँदै गएको तापक्रम साँझ सात बजेसम्म उच्च बिन्दूमा रहने गरेका कारण यसक्षेत्रका खासगरी मध्यमवर्गीय परिवार र ज्यालादारी गरी खाने वर्ग नराम्ररी प्रभावित भएका छन् ।
त्यसैगरी बढ्दो गर्मीका कारण व्यापार व्यवसाय पनि ओरालो लागेको छ । दिउँसो चर्को घामका कारण मानिसहरू घरबाट बाहिर ननिस्किने गरेका कारण बजारमा किनमेल गर्नेको संख्या ह्वात्तै घटेको व्यवसायीहरू बताउँछन् ।
त्यस्तै ज्यालादारीमा काम गर्ने मजदूर, ठेला, रिक्सा चलाएर जीविकोपार्जन गर्ने समुदाय, किसानहरू समेत गर्मीको मारमा परेका छन् ।
गर्मी अझै बढ्ने कि घट्ने भन्ने विषयमा जनचासो बढिरहेको समयमा मौसमविदहरूले काठमाडौं उपत्यका सहित देशभर गर्मी अझै बढ्ने अनुमान गरेका छन् ।
मौसमविद् शान्ति कँडेलका अनुसार अहिले तत्कालको लागि पानी पर्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो ।
उहाँका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले त्यहाँ गर्मी नबढ्ने अनुमान छ ।
सोमबार र मंगलबार पश्चिमी वायुको प्रभावका कारण तराईमा मौसम बदलिएको थियो । मौसम बदलीसँगै घटेको तापक्रम फेरि बढ्ने भएको हो ।
मौसमविद् कँडेलका अनुसार पश्चिमी वायुको प्रभाव घट्दै गएकाले काठमाडौं सहित तराईमा तापक्रम बढ्ने अनुमान गरिएको छ । विहीबार देशभर आशिंक बदलीको संभावना छ । तर पानी पर्ने कम संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यता गर्मी बढेसँगै देशभरी चिसो पेयपदार्थको बिक्री बढेको छ । कोकोकोला, फेन्टा, स्प्राइट, डियु, मिरिण्डा, आइसक्रिम, लस्सी, दही, मोही, लगायतका चिसो पेय पदार्थको बिक्री बढेको वीरगंजको माइस्थानमा रहेको ओम स्वीट्स कर्नरका संचालनक ओम साह कानुले जानकारी दिनुभयो ।
प्रकाशित मितिः२०७२ जेठ २१ गते विहीवार