खुल्ला स्थानको छनोट

क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/तिर्खा लागेपछि पानीको कुवा खन्ने, खोज्ने, खोला तरेपछि लठ्ठी बिर्सने उखानर्ला चरितार्थ पार्ने सरकारी नीति रहेको नेपालमा महाभूकम्प गएपछि भागदौड गर्न र एकत्रित भएर बसोबास गर्न सहज होस भनेर नेपाल सरकारले ८ सय भन्दा बढी खुल्ला स्थानको छनोट गरेको छ ।

सरकारले विपद व्यवस्थापनकालागि भनेर काठमाण्डौ उपत्यकाकालागि भनेर काठमाण्डौ उपत्यकामा खुला क्षेत्र निर्धारण गरेको हो । काठमाण्डौ उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा, विद्यालय, कलेज, अस्पताल, चौर, नदि किनार खुला निर्धारण गरेको छ ।

महाभुकम्प गएपछि ठाउँ ठाउँमा रहेको पार्टी प्यालेस, भूकम्प पीडितहरूले प्रयोगमा ल्याएका थिए । उपत्यकाका २१ वटै नगर क्षेत्रभित्र  खुल्ला ठाउँको छनोट गरिएको छ ।

उपत्यकाको खुल्ला ठाउँ दिनप्रतिदिन अतिक्रमित हुँदै गइरहेका छन् । भूकम्प र आगलागी लगायत दैवी विपत्तिका बेला जोखिम न्यूनिकरणकालागि प्रयोग गर्न खुल्ला जग्गा आवश्यक हुन्छ । महाभूकम्प र त्यसपछि श्रृङ्खलावद्ध पराकम्पनका कारण थुप्रै घर भत्किएको, चर्किएको र कतिपय मानिसहरू घरमा बस्न ठराएको कारण खुल्ला स्थानको पालमा महिनौंदेखि बसिरहेका छन् ।

काठमाण्डौको खाली ठाउँ टुंडीखेल, दशरथ रंगशाला, बसपार्क सडक छेउ लगायत विद्यालय, खुल्ला चउर, बहाल आदि स्थानमा यतिखेर पालै पालले ढाकिएको छ । गाउँ–बस्ती, डाँडाकाँडा जताततै घर भत्किएको र चर्किएको कारण घर छाडेर मानिसहरू पालमा जीवन बिताइरहेका छन् । सबै भूकम्पपीडित घरपरिवारलाई सरकारले राहत स्वरुप अझै पाल वितरण गर्न सकेको छैन ।

जनताहरूले अब पाल होइन, वर्षा महिना आउन लागेकोले जहान बच्चालाई बचाउन अस्थायी टहरा बनाउन जस्तापाताको माग गरिरहेका छन् । जस्तापाताको टहरा बनाउन भूकम्पीडित र उद्धारकर्मी जुटिरहेका छन् ।

प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment