– स्वयम्भुनाथ कार्की
मानव सबै प्राणीमा श्रेष्ठ हो भन्ने कुरा स्थापित गर्न बाँदरको कमी औंल्याउनु पर्दैन । स्वभावत: बाँदरले देखाउने व्यवहारको निमित्त गाली वा आलोचना गर्नु भनेको आफुपनि त्यही स्तरमा झर्नु हो । मानव बाँदर भन्दा श्रेष्ठ हो भन्ने कुरा सावित गरिरहनु पर्ने कुरा पनि होईन । तर, यसो भन्दैमा बाँदरलाई जथाभावी विगार गर्न दिनु पनि हुँदैन ।
वर्तमान नेपाली समाजमा को को के–को प्रतिरुप भएको छ ?, क–कसको स्वभाविक बानी तथा प्रवृति के के थियो ? क–कसको बुद्धि विवेक के कस्तो रहेछ ? आदि प्रश्नको उत्तर छर्ल· भएको छ । गाली गरेर, आलोचना गरेर वा धम्कीपूर्ण भाषाको प्रयोग गरेर कसैको आधारभूत स्वभाव फेरिने हैन । बरु समाजले स्वमूल्यांकन गर्नु पर्ने वेला भएको भने स्पष्ट भएको छ । के यो समाजले सही पात्रलाई सही स्थान दिएको रहेछ त ?
भुईंचालोले भौतिक क्षति गरिसकेको छ, अब संभवत: थप भौतिक क्षति नहोला । तर यसो भन्दैमा थप भौतिक क्षति समाजले व्यहोर्न नपर्ने भने होईन । यो भुईंचालोले पुर्याएको भौतिक क्षतिको कयौं गुणा क्षतिको आधारभूमिको तैयारी हुँदैछ । विनाशकारी भूईचालोलाई पनि लज्जित गर्ने यो आसन्न क्षतिमा विकराल प्रकृतिक प्रकोपको भूमिका अत्यन्त न्यून हुने छ । त्यसैले बाँदरलाई गाली गर्ने हैन थप बिगारबाट रोक्ने प्रयत्न गर्नु आवश्यक भै सकेको छ । यदि यसो गरिएन भने नेपाली समाजको ढाड दशकौंसम्म भाँचिन सक्छ ।
केही प्रश्नहरु समाजले आफु पनि मनन गर्न र संबन्धितहरुलाई सोध्न आवश्यक छ । सुधारको संभावना त न्यून छ तै पनि कसै गरेर समाज, समाजको नेतृत्व, समाजका जिम्मेवार मानिएकाहरु मध्ये कसैमा विवेक पलाई हाल्छ की ? यसो भयो भने शायद नेपाललीले थप पीडा भोग्नु नपर्ला ।
संरचना भत्काउने बिषयमा प्रश्न
आगामी मनसुन धेरै आक्रामक भएर आउने छ भन्ने मौसमविज्ञहरुको अनुमान छ । यस्तोमा लाखौ मान्छे घरबार विहिन भएका छन् तिनीहरुको निमित्त ओत आवश्यक हो कि यस भुईंचालोमा पनि खडा रहन सफल र प्रविधिक जाँचमा खतरामुक्त ठहरिएका तर कथित अवैध भनिएका घरहरु भत्काएर थप जनतालाई पालको बास गराउनु आवश्यक हो ?
कानूनीरुपमा वैध भएका घरहरु मध्ये कुनै पनि यो भुईचालोले हानी पुर्याउन सकेको छैन भनेर दावी गर्ने साहास त्यो वैधता प्रदान गर्ने निकाय राख्छ ? यदि वैध घर पनि भत्केका छन र अवैध घर पनि सुरक्षित छन भने अहिलेको जसरी पनि ओत दिनु पर्ने विकट अवस्थामा घर भत्काउने कुरा गर्नेहरु आफै वैध हुन वा अवैध हुन ?
यस्तो किसिमको विपत्ति संसारमा न नौलो हो, न यो विपत्ति भोग्ने नेपाल एक्लो मुलुुक हो । अन्त कतै उठाउनु नपरेको यो कदम नेपालमा किन उठाउनु परेको छ ? यसको पछाडिको उद्देश्य के हुन सक्छ ? कतै नक्सापास गर्ने निकायसंग अन्तरंग भएका नक्सा बनाउनेहरुको प्रायोजनमा त यो कुरा आएको छैन ?
जजसले आफ्नो घर नक्सा पास गरेर बनाएको छ तिनको अनुभवमा नक्सा पास र निरीक्षणको व्यवहारिक विधि र नियमअनुसारको विधि मिलेको छ ?
राज्य विषयमा प्रश्न
के राज्य व्यापारी हो, संकटको समयमा राज्यकोषबाट खर्च गर्न नमिल्ने र चन्दाद्वारा संचालित कोषबाटमात्र खर्च गर्ने नियम भएको राज्य जनताको हुन सक्छ ?
समान मद्दतको नाममा आवश्यकता परेकोलाई कम हुने आवश्यक नपरेकोलाई बढि हुने मद्दत न्यायोचित हो ?
जनता पीडाले रन्थनिएको बेला त्यो पीडामा ध्यान नपुर्याई संविधान नबनि सहायता पाईन्न जस्तो गरेर संविधानको राग अलाप्नु मौकामा चौका हानेको हो कि होईन ?
पद र सरकारको नेतृत्व नपाई काम गर्न नसक्ने मनोवृति प्रदर्शन गर्नु र अहिलेको अमूल्य समय त्यसको बहसमा खेर फाल्नु “लगनको वेला हगन” हो कि होईन ?
यी र यस्तै प्रश्नहरु आलोचनाका निमित्त गरिएका हैनन, अझै समय बाँकी छ त्यसको सदुपयोग गरेर आफ्नो कर्तव्यमा ध्यान जाओस भनेर मात्र गरिएका हुन् । स्वदेशी जिम्मेवार निकायहरु यसरी आफै तेजोहरण हुँदै जाँदा कतै जनताले विदेशीहरुको आश गर्ने अवस्था नआओस् । यो अवस्था आएको खण्डमा मुलुकको स्वाभिमान गुम्नसक्छ, स्वायत्ततामा आँच आउन सक्छ । त्यसैले सम्पुर्ण नेपालीहरु जिम्मवार निकायहरुले जिम्मेवारीपूर्वक काम गरोस भन्ने चहान्छन् । आपसी मतभेद त्यागेर साथ दिन तैयार पनि छन् ।
यस्तोमा बाँदरे प्रवृति छोडेर योग्यता प्रदर्शन गर्न आवश्यक छ । नेपालीहरु राम्ररी जान्दछन् कि नेताहरुमा योग्यताको कुनै कमी छैन । नेपालीहरुले नेताहरुको योग्यतामा विश्वास गरेर मत पनि दिएका हुन् । योग्यता, क्षमतामा कुनै कमी नभए पनि काममा त्यो देखिएको भएको छैन भने नियतमा खोट हुन सक्छ । कतै जनताले योग्य नेताहरुको नियतमा खोट रहेछ भनेर सोच्न नपुगुन् । त्यो भन्दा पहिला नेताहरुले आफ्नो योग्यता क्षमता प्रयोग गरुन् । सबैले एक अर्कालाई आफुभन्दा तल देखाउन त्यसलाई गाली हैन त्यो भन्दा श्रेष्ठ काम गरेर देखाउन् । यो अन्तिम मौका हो ।
– विराटनगर १
प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार