– प्रवीण अधिकारी
द्वारिका नजिक प्रभास क्षेत्रमा जन्मिएर परमाणु शास्त्रीको रुपमा चिनिने महर्षि कणादको समय ईशा पूर्व ७/८ औं शताब्दी हो । हिन्दु धर्म भित्रको षड् दर्शन मध्ये वैशेषिक दर्शनशास्त्रको रचनाकार यिनलाई मानिन्छ । यिनले आत्मदर्शनलाई सूत्र रुपमा लेखे । फालिएका अन्नका कणहरु संकलन गरेर खाने र तपस्यामा लिन हुने अनि परमाणु तत्व माथि गहन अध्यन गरेरै ख्याति पाएकाले इनको नाउ कणाद राखिएको हो । इनले कण अर्थात् परमाणु तत्वको सूक्ष्म विश्लेषण गरे । यिनी दिनभरी समाधिमा बस्थे अनि रातभरी कण खोज्दथे । इनको स्वभाव र वृत्ति “उल्लू” पक्षी संग मिल्ने भएकोले इनले उपदेश गरेको शास्त्रलाई “औलूक्य”, “काणाद”, “वैशेषिक” या “पाशुपत” आदि भन्ने गरिएको हो ।
दर्शनशास्त्र (Philosophy) परम सत्य र प्राकृतिक सिद्धान्तहरु बीच कारण सहित अथ्र्याउने शास्त्र दर्शन हो । भनिछ "It was Sage Kanada who originated the idea that anu-atom_ was an indestructible particle of maatter."
महषिरु कणादले सर्वांगीण उन्नतिलाई व्याख्या गर्दै भनेका थिए “यतोक्भ्युदयनि: श्रेय स सिद्धि: स धर्म:” जुन माध्यमले अभ्युदय अर्थात् भौतिक दृष्टि हुँदै नि:श्रेयस अर्थात आध्यात्मिक दृष्टिसम्म हरेक किसिमको उन्नति गर्न सकिन्छ त्यहि धर्म हो ।
महर्षि कणाद आफ्ने वैशेषिक दर्शन को १० औं अध्यायमा भनेका छन् :–
“दृष्टानां दृष्ट प्रयोजनानां दृष्टाभावे प्रयोगोऽभ्युदयाय“
अर्थात् प्रत्यक्ष रुपमा देखिएका र अरुलाई देखाउनकै लागि अथवा आफ्नै गहन अध्यनकालागि गरिने प्रयोगले ज्ञान प्राप्त गर्ने ढोका खोल्छ । महर्षि कणादको भनाइमा पृथ्वी, पानी, आगो, वायु, आकाश, दिक्, काल, मन र आत्मालाई चिन्नु जरुरी छ । यसै परिधि भित्र यस ब्रह्माण्डमा रहेका समस्त जड़–चेतन, प्रकृति र जीव जन्तु समावेश हुन् पुग्छन ।
ईसा पूर्व ७/८ सय बर्ष पूर्व कणाद ऋषिले परमाणु सम्बन्धी व्यक्त गरेका धारणाहरु नै डाल्टन (ट सितम्बर ज्ञठटट ( द्दठ जुलाई ज्ञडद्धद्ध) को संकल्पना को जननी हो । महर्षि कणादले जन डाल्टन भन्दा लगभग २६०० वर्ष पूर्व नै कुनै बस्तु वा पदार्थको निर्माण र रचना सम्बन्धी सिद्धान्त प्रतिपादन गरिदिएका थिए । महर्षि कणादले परमाणुका अत्यन्त साना अभिभाज्य ईकाईलाई “परमाणु” भनेर उनैले न्वारन गरे र परमाणुको स्वतन्त्र अस्तित्व रहन्न भनेर उनैले बताए ।
परमाणु विज्ञानलाई अघि सारेर यो ब्रह्माण्डको विश्लेषण सूत्रबद्ध तरिकाले गर्ने व्यक्ति नै महर्षि कणाद जसले हजारौं वर्ष पूर्व आफ्नो वैशेषिक दर्शन माध्यमबाट प्रतिपादन गरे । यिनको भनाइमा कुनै पदार्थलाइ सानो पार्दै जाँदा सानो पार्न नसकिने अवस्थामा पुगिन्छ । त्यस्तो अवस्थामा पुगेर अझ सानो गर्ने प्रयास गरियो भने त्यसको पुरानो गुण नै लोप हुन्छ । अर्को कुरा उनले यो पनि बताएका छन् कि कुनै पनि पदार्थको २ अवस्था हुन्छ एउटा आणविक (शुक्ष्म ) अर्को बिशाल ब्रह्माण्ड । अर्को कुरा पदार्थको अवस्था सधैं एकनास रहन्न । त्यसकारण महार्षि भनेका छन् :– “धर्म विशेष प्रसुदात द्रव्य गुण कर्म सामान्य विशेष समवायनां पदार्थानां साधर्य वैधर्यभ्यां तत्वज्ञाना नि:श्रेयसम” :वैशेषिकय दय–४
अर्थात् धर्म विशेषमा द्रव्य(पदार्थ), गुण, कर्म, सामान्य, विशेष तथा समवायको साधर्य र वैर्धम्यको ज्ञानद्वारा उत्पन्न ज्ञान बाट्ने नि:श्रेयस प्राप्त गर्न सकिन्छ ।
प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार
द्वारिका नजिक प्रभास क्षेत्रमा जन्मिएर परमाणु शास्त्रीको रुपमा चिनिने महर्षि कणादको समय ईशा पूर्व ७/८ औं शताब्दी हो । हिन्दु धर्म भित्रको षड् दर्शन मध्ये वैशेषिक दर्शनशास्त्रको रचनाकार यिनलाई मानिन्छ । यिनले आत्मदर्शनलाई सूत्र रुपमा लेखे । फालिएका अन्नका कणहरु संकलन गरेर खाने र तपस्यामा लिन हुने अनि परमाणु तत्व माथि गहन अध्यन गरेरै ख्याति पाएकाले इनको नाउ कणाद राखिएको हो । इनले कण अर्थात् परमाणु तत्वको सूक्ष्म विश्लेषण गरे । यिनी दिनभरी समाधिमा बस्थे अनि रातभरी कण खोज्दथे । इनको स्वभाव र वृत्ति “उल्लू” पक्षी संग मिल्ने भएकोले इनले उपदेश गरेको शास्त्रलाई “औलूक्य”, “काणाद”, “वैशेषिक” या “पाशुपत” आदि भन्ने गरिएको हो ।
दर्शनशास्त्र (Philosophy) परम सत्य र प्राकृतिक सिद्धान्तहरु बीच कारण सहित अथ्र्याउने शास्त्र दर्शन हो । भनिछ "It was Sage Kanada who originated the idea that anu-atom_ was an indestructible particle of maatter."
महषिरु कणादले सर्वांगीण उन्नतिलाई व्याख्या गर्दै भनेका थिए “यतोक्भ्युदयनि: श्रेय स सिद्धि: स धर्म:” जुन माध्यमले अभ्युदय अर्थात् भौतिक दृष्टि हुँदै नि:श्रेयस अर्थात आध्यात्मिक दृष्टिसम्म हरेक किसिमको उन्नति गर्न सकिन्छ त्यहि धर्म हो ।
महर्षि कणाद आफ्ने वैशेषिक दर्शन को १० औं अध्यायमा भनेका छन् :–
“दृष्टानां दृष्ट प्रयोजनानां दृष्टाभावे प्रयोगोऽभ्युदयाय“
अर्थात् प्रत्यक्ष रुपमा देखिएका र अरुलाई देखाउनकै लागि अथवा आफ्नै गहन अध्यनकालागि गरिने प्रयोगले ज्ञान प्राप्त गर्ने ढोका खोल्छ । महर्षि कणादको भनाइमा पृथ्वी, पानी, आगो, वायु, आकाश, दिक्, काल, मन र आत्मालाई चिन्नु जरुरी छ । यसै परिधि भित्र यस ब्रह्माण्डमा रहेका समस्त जड़–चेतन, प्रकृति र जीव जन्तु समावेश हुन् पुग्छन ।
ईसा पूर्व ७/८ सय बर्ष पूर्व कणाद ऋषिले परमाणु सम्बन्धी व्यक्त गरेका धारणाहरु नै डाल्टन (ट सितम्बर ज्ञठटट ( द्दठ जुलाई ज्ञडद्धद्ध) को संकल्पना को जननी हो । महर्षि कणादले जन डाल्टन भन्दा लगभग २६०० वर्ष पूर्व नै कुनै बस्तु वा पदार्थको निर्माण र रचना सम्बन्धी सिद्धान्त प्रतिपादन गरिदिएका थिए । महर्षि कणादले परमाणुका अत्यन्त साना अभिभाज्य ईकाईलाई “परमाणु” भनेर उनैले न्वारन गरे र परमाणुको स्वतन्त्र अस्तित्व रहन्न भनेर उनैले बताए ।परमाणु विज्ञानलाई अघि सारेर यो ब्रह्माण्डको विश्लेषण सूत्रबद्ध तरिकाले गर्ने व्यक्ति नै महर्षि कणाद जसले हजारौं वर्ष पूर्व आफ्नो वैशेषिक दर्शन माध्यमबाट प्रतिपादन गरे । यिनको भनाइमा कुनै पदार्थलाइ सानो पार्दै जाँदा सानो पार्न नसकिने अवस्थामा पुगिन्छ । त्यस्तो अवस्थामा पुगेर अझ सानो गर्ने प्रयास गरियो भने त्यसको पुरानो गुण नै लोप हुन्छ । अर्को कुरा उनले यो पनि बताएका छन् कि कुनै पनि पदार्थको २ अवस्था हुन्छ एउटा आणविक (शुक्ष्म ) अर्को बिशाल ब्रह्माण्ड । अर्को कुरा पदार्थको अवस्था सधैं एकनास रहन्न । त्यसकारण महार्षि भनेका छन् :– “धर्म विशेष प्रसुदात द्रव्य गुण कर्म सामान्य विशेष समवायनां पदार्थानां साधर्य वैधर्यभ्यां तत्वज्ञाना नि:श्रेयसम” :वैशेषिकय दय–४
अर्थात् धर्म विशेषमा द्रव्य(पदार्थ), गुण, कर्म, सामान्य, विशेष तथा समवायको साधर्य र वैर्धम्यको ज्ञानद्वारा उत्पन्न ज्ञान बाट्ने नि:श्रेयस प्राप्त गर्न सकिन्छ ।
प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार

Nepalese Rupee Exchange Rate