– स्वयम्भुनाथ कार्की
महाभुकम्प पछिको उद्धार क्रममा एक मन छुने समाचार आयो । यो समाचारले विपत्तिबाट थिलथिलिएको मनलाई थामेर सोच्न बाध्य गराउनु पर्ने थियो । शायद धेरैलाई बाध्य पनि बनायो होला पृष्टभूमिमा भत्केको घरको सामुन्ने मकै गोड्दै गरेका दुई महिलाको तस्विर र त्यससंग सम्वन्धित समाचारमा कतिको आँखा पुग्यो त्यो जान्ने त कुनै तरिका छैन तर जजसको पुग्यो तिनलाई आत्मबल कायम राख्न निश्चित नै सहायता भयो होला । परिवारका सदस्यहरुको प्राण महाभुकम्पले लिएको छ, बस्ने घर भत्केको छ तर आत्मबल र विपत्तिको सामना गर्ने हौसला कायम छ । सहयोग आओस वा नआओस संघर्ष गरेर बाँच्न खोजेको यो सोचलाई स्तुत्य छ । यहि नै नेपाललीको मौलिकता हो, बहादुरीको परिचायक हो अनि स्वाभिमानको उपयोग हो ।
शास्वत नियम हो , दुखाई पिडा जसलाई पर्छ उसैले नै भोग्नु पर्छ । अरुले त केवल सहानुभूति दिन सक्छन । पिडा कम गर्ने प्रयत्न गर्न सक्छन , भौतिकरुपमा पिडा बाँड्न सक्दैनन् । जतिनै चाहे पनि अर्काको पिडाको केहि हिस्सा आफुले लिएर उसको पिडा कम गर्न सकिदैन । केवल सहानुभुति, सद्भावना आदिले पिड्तिको आत्मबल बढाएर उसको पिडासंग लड्ने तागत थप्ने मात्र हो । यो महाविपत्तिमा हात बढाएर मृत्युको मुखबाट कसैलाई निकल्न सकिन्छ, उसको भोक तिर्खा मेटाउने र उपचार गर्ने काम गर्न सकिन्छ । त्यहाँ खटेकाहरुले अहोरात्र यो काम आफैलाई भुलाएर पनि गरिरहेका छन । यो अस्थायी काम हो जसले पिडितको ज्यान बचाउछ । त्यसपछिको जीवन संघर्ष, आङ्खनो पिडाको भोगाई र फेरी उभ्भिने काम उ आफैले गर्नु पर्दछ । कर्महिन भएर अरुको आश्रयमा बाँच्न मानव प्रकृतिले दिदैन , जति छिटो सामथ्र्य अनुसार कर्मक्षेत्रमा फर्कियो त्यति छिटो उसको पिडा पनि कम हुँदै जान्छ ।
जीवन संकटमा भएको बेला बाँच्न गरिने हरेक काम जायज हुन । एक अरवपति पनि भग्नवशेषबाट निकालिनु र तात्कालिन शाररिक अवस्था अनुसार आएको मद्दतबाट प्राण धान्नु उचित कुरा हो । तर सक्ने हुने वित्तिकै उ आङ्खनो कर्मक्षेत्रमा नफर्केर मद्दतको नै आशमा बस्छ भने त्यो उसको आत्मबल सकिएको, स्वभिमान मरेको अवस्था हो । भएभरको शक्ति संचय गरेर विपत्तिसंग लड्न उद्दत हुनु भनेको नै शोकलाई शक्तिमा बदलेको हो । सामान्य अबस्थाको शक्ति भन्दा शोकलाइ बदलेको शक्ति कैयो गुणा धेरै असरदार हुन्छ, बलशाली हुन्छ । आध्यात्मिक कोणबाट भन्ने हो भने महान पुण्य हुन्छ । शाररिक बल, आकार आदिमा कयौं गुणा धेरै भएका अन्य प्राणीभन्दा श्रेष्ठ बन्न मानवसंग विवेक छ । सामाजिक व्यबहार देखाउने, एक अर्का प्रति माया भएका, बुद्धि भएका अन्य प्राणी पनि छन तर विवेक छैन । आफुसंग भएको क्षमता उपयोग गर्नु , मानविय बाहेक अन्य कृपा स्विकार गरेर स्वाभिमान नगुमाउनु जस्ता कुरा यहि विवेकले सिकाउने हो ।
कसैले कसैलाइै गरेको मानविय सहायता कृपा हैन , आवश्यक परेको बेला अर्कोलाई मानविय सहायता गरेर त्यो ऋण उतारिन्छ । आज मानविय सहायता गर्नेले आवश्यक परेको वेला अरु कसैबाट त्यस्तै सहायता भेटछ । तर त्यस बाहेकका सहायता निशुल्क हुँदैनन , नगदमा नभए पनि कृतर्थ भएर, आफु दवेर भए पनि त्यसको शुल्क भुक्तान गर्नु नै पर्दछ । यसलाई कमाइको मौका ठान्नेले समाजका समर्थहरुले पनि विपत्तिको समयमा एक घुँड्को पानी वा एक मुठ्टी अन्न थाप्नु परेको त्यो अवस्थाबाट पाठ सिक्नु पर्दछ । कयौलाई दिनसक्ने हातले जीवनमा एक पटक भए पनि थाप्नु पर्ने हुनसक्दो रहेछ भन्ने पाठ लिनै पर्दछ । यो जीवनको निर्मम सत्य हो , विपत्ति मिलेर नै सामना गरिने कुरा हुन । कुनै सहायता, दान दातव्यले गुमाएको कुरा फिर्ता गर्न सक्दैन । सधैको निमित्त छुट्टिएका प्रियजन फिर्ता हुँदैनन, त्यो क्षणको त्रासदी मनबाट मेटिदैन । न पुरानो अवस्था दानदातव्यले बहाल गर्न सक्छ, पुरानो अवस्था त केवल आङ्खनो संघर्षले मात्र फिर्ता हुन्छ ।
यो विपत्ति आगो जस्तो हैन सबै स्वाहा हुने , बाढी जस्तो हैन सबै बगेर जाने । केहि अपवादलाई छोडेर भग्नवशेषमा आङ्खनो सम्पत्ति रहेको नै हुन्छ । केहि प्रतिशत हानी भएको भए पनि निकै बचेको हुन सक्छ । त्यसलाई समेटेर फेरी जीवन संघर्षको यज्ञमा होमिनु बाहेक अर्को कुनै सम्मानजनक बाटो छैन । अहिले कसैले दिएको ‘राहत’ले पेट भर्न परेपनि मकै गोडेर केहि समय पछि आङ्खनै कमाइले जीवन धान्ने प्रयत्नबाट प्रेरणा दिनै पर्छ । व्यक्ति व्यक्तिबाट राष्ट्र बन्ने हो, स्वभिमान कायम राखेर आत्मबलले फेरी कर्मक्षेत्रमा फर्किएर नेपाली साँच्चै बहादुर छन, सहासी छन भन्ने सावित गर्ने वेला हो । कतैको दानले जीवन धान्छु भनेर सोच्ने वेला हैन यो कर्मको बेला हो । विपत्तिसंग पौठाजोरी खेल्ने बेला हो, र यो युद्धमा सबै नेपालीले होस्टेमा हैसे गर्ने वेला हो । यहि सन्देश ती मकै गोड्ने महिलाले दिएका छन ।
विराटनगर १
प्रकाशित मितीः २०७२।०१।२४
फोटो साभारः कान्तिपुर