जन आस्था कि जन हत्यारा ?



 व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई देशको पहिलो, दोश्रो र तेस्रो अङ्ग भने जस्तै पत्रकार वा सञ्चार जगतलाई अनौपचारिक रुपमा देशको चौथो अङ्ग भनिन्छ । सरकार र समाजका विभिन्न विकृतिहरुको चीरफार गरेर स्वस्थ समाजको निर्माण गर्नुपर्नेमा सञ्चार क्षेत्र आफै विकृत भइसकेको छ । त्यसैले अव यो चौथो अङ्ग रहेन बरु पतित र चुत्थो अङ्ग बनिसकेको छ । स्वतन्त्र भएर व्यक्ति र समाजका दु:ख र पीडालाई उदाङ्गो पार्नु पर्नेमा सञ्चार क्षेत्र आफै राजनीतिक दल र नेताहरुको गोटी बनिसकेको छ । पत्रपत्रिकामा विभिन्न दलका नेताहरुमाथि हुने हिलो छ्यापा छ्याप त्यसैको नमुना हो । जनआस्थाले धेरैलाई पितपत्रकारिताको नराम्ररी शिकार बनाएको छ । नजिकको साथी बनेर एक अर्कासँग दु:खसुख बाँड्दा वा कुराकानीको क्रममा बताइएको जानकारीलाई समाचार बनाएर छापिन्छ । पछि रहँदा बस्दा त्यै साथीसँग कुरा नमिलेर मनमुटाव भएपछि आफैले बुझेर लेखेको समाचारमा प्रश्न उठाउदैं सम्बन्धित व्यक्तिलाई झुटो बनाउने प्रयास गर्नु आफैमा दुर्नियत हो । समाचार छापिएको पत्रिकाका सम्पादकलाई त्यो त सबै झुटो रैछ, फलानीले हामीलाई फसाई भनेर भन्दा त्यतिबेला त्यो समाचार दुरुस्त लेख्ने र अहिले आफैले लेखेको समाचार गलत भन्ने पत्रकारको योग्यतामाथि प्रश्न गर्ने कि नगर्ने ? आरोप लगाइसकेपछि आफु निर्दोष हो भन्दै सबै घटनाहरुको सिलसिलेवार वर्णन गरेर तथ्य र सत्यसहित सम्पादकको व्यक्तिगत इमेलमा लेखिएको पत्रलाई अनुमति नै नलिई सार्वजनिक गर्नु अपराध हो कि होइन ? यो त मानव अधिकारको सरासर उल्लंघन पनि हो । अर्को दु:खको कुरा के पनि हो भने पत्रको अन्तमा भन्दै नभनेको र नलेखेको कुरालाई कसैले बिन्ति गर्दै भनेको र उसले मेरो नाम बद्लिदिएर उक्त पत्रिकामा नछापेमा पत्र पठाउनेले आत्महत्या गर्छु भनेर लेखिएको छ । जुन सरासर झुटो र कपोलकल्पित कुरा हो । सम्पादक जस्तो मान्छेलाई व्यक्तिगत मेलमा आएको पत्र वा जानकारी छाप्न हुदैंन भन्ने हेक्का छैन भने त्यो व्यक्तिले सम्पादक बन्न सुहाउँछ ? पत्रिकाको सार्वजनिक इमेल थाहा भएर पनि सम्पादकलाई मात्र जानकारी दिने मनसायले लेखेको पत्रलाई “जनआस्था” ले पत्र पठाउने व्यक्तिको व्श्विासमा “जनाघात” गर्दै तीनलाई श्रीषा कार्कीको हविगत भोग्नकालागि बाध्य पार्न खोज्यो । तर जनआस्थाकोलागि कसैलाई श्रीषा कार्की बनाउन खोज्नु कुनै नौलो कुरा होइन । यसले धेरैपल्ट यस्तो दुश्प्रयास गरिसकेको छ । आफुलाई घाउ लागेपछि मात्र बढी दुख्ने र चहराउने गर्दछ । जनआस्थाले दिएको चोटले पीडितहरु निकै मर्माहत भएका छन् । परिवार तवावग्रस्त भएको छ । तर जनआस्थालाई के मतलब ? उसलाई त पीत्त पत्रकारिता गरेर पैसा कमाउनु छ । यो घटना भएपछि जतिपनि व्यक्ति भेटिए, ती सबैले र सञ्चार क्षेत्रका साथीहरुले किशोर श्रेष्ठको काम नै हो अरुलाई ब्लयाकमेल गरेर पैसा कमाउने । श्रेष्ठ अपराधी प्रवृतिका हुन् र नेपालमा सबैभन्दा बढी मुद्दा खेप्ने विवादित सम्पादक पनि उनै हुन् भनेर धेरैले बताए । २०५९ साल असोजमा जनआस्थामा छापिएको आफ्नो नग्न फोटोका कारण ठूलो मानसिक तनावका कारणले श्रीषा कार्कीले आत्महत्या गरिन् । श्रीषा कार्कीेले जस्तै अन्य दुईजनाले पनि जन आस्थाले दिएको मानसिक तनाव खेप्न नसकेर अन्तत: पछि गएर आत्महत्या गरेका थिए । एकजना राजधानीकै कपन बस्ने नेपाल प्रहरीका डिएसपी थिए भने अर्को एकजना झापाका सर्वसाधारण थिए । त्यस्तै जनआस्थामा आएको समाचारका कारणले एकजनाको घरसंसार उजाडिएको छ । प्रवीण उपाध्याय नामका व्यक्ति जो २०६५ सालतिर जनक शिक्षामा काम गर्दथे । प्रवीणको बारेमा जन आस्थामा काम गर्ने उनकै मामाका छोराले निराधार समाचार बनाएर छापेपछि उनकी श्रीमती सदाकालागि उनलाई छाडेर गएकी तितो सत्य प्रवीण आफैले बताएका छन् । प्रवीणले जनआस्थाका विरुद्ध मुद्दा हाले । अदालतले २ हजार रुपैंया जरिवाना तिराउन लगायो जनआस्थासँग । उनको परिवार त टुट्यो कहिल्यै नजुट्ने गरी । जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथि यस्तो विपद आइलागे के गर्थे होलान् ? तर जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र उनका कारिन्दाहरु दिनदिनै छुट्टा साँढे झैं भएका छन् । तिनलाई नियम कानुनको नकेलमा कसले बाँध्ने ? एमाले र प्रेस चौतारीको सदस्य भएर सम्पादक श्रेष्ठले आफ्नो हरेक पाप पखालिरहेका छन् । अझ उनी केपी शर्मा ओली जस्ता गुण्डाका अत्यन्त निकट र आशीर्वाद पाएका पित्त पत्रकार हुन् जसलाई नेपालको कुनै पनि सरकारी निकायले छुन सक्दैन । प्रेस काउन्सिलका सदस्य पनि भइसकेका श्रेष्ठ जहाँ पनि आफ्नो पहुँचका भरमा पुग्छन् र जोगिन्छन् । केही व्यक्तिले श्रेष्ठ र उनको जनआस्थालाई अमेरिकी दलाल भनेर पनि आरोप लगाएका छन् । मंसिर २५ गते साँझ बिम्मी शर्माले सम्पादकको व्यक्तिगत इमेलमा पठाएको पत्रको गोपनियता भङ्ग गर्दै पुष २ गतेको जनआस्थामा “बहिनी तँपाइको पत्र जस्ताको तस्तै” शीर्षकमा छापियो । जसको बारेमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको बारेमा छापिएको एउटा समाचार पढ्ने क्रममा पुष ३० गते बुधवार राती शर्माले थाहा पाइन् । पुष २ गते नै जनआस्थाका एकजना कारिन्दा तथा नक्कली माओवादीले उनलाई ईमेल गरेर “बधाई छ” पनि भनेका थिए । त्योबेला के को लागि बधाई दिएको शर्माले बुझ्न सकिनन् । पुष २८ गते सोमवार फिचर लेख्नकोलागि एकजनालाई भेट्न शर्मा बागबजार गएकी थिइन् । त्यही बसेको बेला दिउसो ३ बजे उनलाई ९८४९९३९९२२ मोबाइल नम्बरबाट फोन आयो । उनले “हैलो को बोल्नु भएको भनेर सोध्दा म जनआस्थाबाट बोलेको” भनेर कसैले फोन काटिदियो । यसरी जनआस्थाको मनोमानी कतिञ्जेल सहने र अझै कतिलाई श्रीषा कार्की बनाउने ? के यसको जवाफ नेपाल पत्रकार महासंघ, सूचना विभाग, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय र नेपाल सरकारसँग छ ? कसैले आफ्नो रिसइबी साध्नकालागि उनीसँग बदला लिए । तर यसका विरुद्ध कोही चुइँक्क बोलेन । एउटा पत्रिकासँग किन यति डर ? “जनआस्थाक सम्पादक हत्यारा हुन्, उनको अनुहार शमसानघाटमा मुर्दा कुरेर बसिरहेको “चाण्डाल” झैं लाग्छ ।” सबै पछाडि जनआस्थाका सम्पादकलाई धारे हात लगाउँछन्, गाली गर्छन् तर अगाडि कोही केही बोल्दैनन् । किनकि उनीहरुलाई शर्मा जस्तो वा श्रीषा कार्कीको जस्तो हविगत भोग्नु परेको छैन । जनआस्थाका सम्पादकसँग कसैले कसरी हात मिलाउछन् होला ? किनकि उनको हात त अरुको हत्या गरेको रगतले रङ्गिएको छ । बिम्मी शर्माले आफु पत्रकार महासंघ पर्साको सदस्य भएकोले सबैभन्दा पहिला यसको जानकारी अध्यक्ष श्याम बञ्जारालाई दिईन् । “किशोर श्रेष्ठ अहिले मिटिङ्गमा भएकोले उनी बाहिर आउने वित्तिकै फोन गर्छु तँपाईलाई” भन्ने आश्वासन दिएर टाप कसेका अध्यक्ष बञ्जाराले आफ्नो अनुहार फेरि देखाएनन् । अति भएर तनाव खेप्न नसकेपछि शर्माले नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टको फेसबुक वालमा जनआस्थाले पत्रको गोपनियता भङ्ग गर्दै आफुलाई श्रीषा कार्की बनाउन खोजेको बेहोरा को खुला पत्र पोष्ट गरिन् । त्यसपछि केन्द्रिय अध्यक्ष विष्ट ताते उनलाई त्यसो नगर्न र जन आस्थालाई माफी मगाउन । जनआस्थाका सम्पादकले उल्टै डा. विष्टलाई शर्माले उनलाई एकपल्ट फोन गर्न भने । शर्माले “गल्ति जनआस्थाको हो उसले फोन गरोस् म मरेपनि फोन गर्दिन” भनेर जवाफ फर्काएपछि माघ सात गतेको जनआस्थामा शर्मालाई उल्लेख गरेर गलत कदम नउठाउन आग्रह सहितको समाचार छाप्यो । जनआस्थाकालागि आग्रह र माफी शायद एउटै हो । आग्रह र माफीमा भेद छुट्याउन नसक्ने पत्रिकाले के समाचार लेख्छ होला कुन्नि ? यी सबै घटनाहरुको बीचमा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको इज्जत नाङ्गियो । केही नभए जस्तो गरेर चूपचाप बसेका बञ्जारालाई वीरगंजका केही अग्रज र हितैषी पत्रकारले उनको झाँको झारेपछि बल्ल निद्राबाट ब्यूँझिए । आमाको बिरामीले गर्दा विगत केही महिनादेखि काठमाण्डौमैं बस्दै आइरहेकी शर्मालाई ६ गते मगँलवार दिउसो बञ्जाराले फोन गरेर ठाडो स्वरमा भने “तँपाइ नेपालमै हो कि बाहिर ?” माघ १ गते शर्मासँग उनकै मोबाइलमा कुरा गरेका बञ्जाराले माघ ६ गते पनि त्यही मोबाइल नम्बरमा कुरा गरेका थिए । नेपाली नम्बरमा फोनबाट कुरा गरिहेको मान्छे विदेश गएको भए त्यो नम्बरबाट कसरी कुरा गर्न सक्छ ? भन्ने साधारण कुरा पनि थाहा नपाउने बञ्जारा अध्यक्ष बन्ने लायक रैनछन् भन्ने प्रमाणित भएको छ । सबैभन्दा लाजमर्दो कुरा त अध्यक्ष बञ्जाराले त्यसबेला गरे जब उनले किशोर श्रेष्ठको तर्फबाट म माफी माग्दछु भने । तब शर्माले पनि ठाडै भनिन् “किशोर श्रेष्ठले खाएर तँपाईको पेट भर्छ कि तँपाईले खाएर किशोर श्रेष्ठको पेट भर्छ, अहँ, किशोर श्रेष्ठले नै माफी माग्नु पर्दछ ।” तब निर्लज्ज बञ्जाराले “किशोर श्रेष्ठ मान्छे खराब हो भन्ने जान्दा जान्दै पनि तँपाइले किन तिनलाई पत्र लेखेको” भनेर आफ्नो गल्ति ढाकछोप गर्न खोजे । छि ¤ नेपालको पत्रकारिता त सार्है अधम चरित्रको पो रहेछ । अर्को जिल्लाको मान्छेलाई अध्यक्ष बनाएर जिताउनुको परिणाम हो यो । वीरगंजका व्यापारीहरुलाई थर्काएर पैसा कमाउन पल्केकाहरुबाट राम्रो कुराको आशा गर्नु नै बेकार हो । तिनै व्यापारीहरुलाई थर्काएर पर्साका अध्यक्षले काठमाण्डौंको जोरपाटीमा तीनतल्ले घर बनाइसकेका छन् । पर्सेली पत्रकारहरुले अब सोच्नै पर्छ अर्को जिल्लाबाट आएको पत्रकारलाई आफ्नो जिल्लामा ढलिमली गर्न दिने कि नदिने । किशोर श्रेष्ठको चम्चाभन्दा बढीको औकात नराख्ने व्यक्तिलाई अध्यक्ष बनाउँदा पर्साको पत्रकारिता झनै तल झरेको छ । विभिन्न दलको झण्डा बोकेर भजन/किर्तन गर्ने मण्डलीलाई पत्रकार भन्ने कि पत्रुकार ? कि विभिन्न दलहरुको जुठोपुरो खाँदै गलित र पतित भइसकेको चौथो अङ्गलाई “चुत्थो अङ्ग” किन नभन्ने ? कहिलेसम्म जनआस्थाले गरेको पित पत्रकरिताका कारण मृत्यु वरण गर्न पुगेका र चरम मानसिक तनाव भोगेकाहरुलाई नजर अन्दाज गरेर “मलाई हैन उसलाई मात्र परेको पीडा हो” भनेर पन्छिने ? किन सबैजना एकजुट भएर जनआस्थालाई उसले गरेको कर्तुतको विरोधमा फोन, इमेल र फेसबुकबाट जनदबाव सृजना गर्दै माफी माग्न बाध्य पार्ने र भविष्यमा यस्तो कार्य नगर्ने प्रतिबद्धता गराउने । सके यो पत्रिका नै बन्द गराउन लगाउनु पर्छ हैन भने एउटा नियमको अधिनमा राखेर पत्रिका निकाल्नका लागि सरकार र सम्बन्धित पक्षलाई जगाउन ढिलो भइसकेको छ । मान्छेको भावना र शरीरको बलि लिने यो पत्रिका जनहत्यारा हो । कहिलेसम्म पत्रिकाको माध्यमबाट समाजमा गुण्डातन्त्र हावी रहन सक्छ ? सबैलाई हेक्का रहोस् यो लेख छापिसकेर सार्वजनिक भएपछि जनआस्थाले लेख्ने र छाप्नेका विरुद्ध विषवमन गर्नसक्छ । वा फेरि बिम्मी शर्मा वा अरु कसैलाई श्रीषा कार्की बनाउन खोज्ला त्यसैले नेपाल सरकार, सञ्चार मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल पत्रकार महासंघलाई अपिल गरिन्छ कि यो लेख पढेर जनआस्थाले यदि कसैको हुर्मत लिन खोजे भनि त्यसको जिम्मेवार जनआस्थाका साथै उक्त निकायहरु पनि हुनेछन् । भोलि तलमाथि केही भएमा त्यसकालागि पहिले नै सुरक्षाको बन्दोबस्त गर्न र जनआस्था लाई कडा भन्दा कडा सजाय दिनकालागि जोडदार पहल गर्न यो लेख पढ्ने सबै पाठकहरु समक्ष विनम्र अनुरोध गरिएको छ । जनआस्थाले आफुले छापेका समाचारमा आफ्ना संवाददाताको नाम जानाजान लेख्दैन, जुन पत्रकारिताको दृष्टिमा अपराध हो । तर यहाँ जनआस्थालाई उदाङ्गो पार्ने लेखकको नाम सुरक्षाका कारणले उजागर नगरिएको तर्फ सचेत पाठकको ध्यान आकृष्ट गराउँदै यसकालागि क्षमा मागिएको छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment