घरेलुमा अख्तियारको छापा, नगरपालिका र जिविसमा कहिले रु

क्राइमचेक प्रतिनिधि/
वीरगंज/मुलुकमा बढ्दै गएको भ्रष्ट आचरण विरुद्ध केही समय यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रिय पुर्वक लागेर काम गर्न थालेपछि पनि वीरगंज क्षेत्रका विभिन्न कार्यालयहरूमा अख्तियारको त्रास खासै देखिएको छैन ।
केहि समय यता पर्साबाट मात्रै करिब दर्जनौं स्थानमा छापा र कर्मचारीहरू पक्राउ गर्ने क्रमले तीव्रता पाएपनि भ्रष्ट कर्मचारीहरूमा त्यसको कुनै असर देखिएको छैन ।
यसै क्रममा घरेलु तथा साना उद्योग कार्यालय वीरगंजमा फर्म दर्ता गराउन आएका सेवाग्राहीसँग घुस लिंदै गर्दा २० हजार नगद सहित सो कार्यालयका नासु दुर्गामणी त्रिताललाई बुधवार अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अदुअआ मध्य क्षेत्रीय कार्यालय हेटौडाबाट आएको विशेष टोलीले त्रिताललाई रंगे हात पक्राउ गरेको जनाइएको छ ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जति सक्रियता देखाएपनि जिल्ला विकास समिति पर्सा र वीरगंज उप महानगरपालिकाभित्रका भ्रष्ट कर्मचारीहरूलाई खासै असर नपरेको श्रोतले जनाएको छ ।
लामोसमयदेखि जनप्रतिनिधिविहिन रहेका ती कार्यालयमा यस क्षेत्रका विकासकालागि विभिन्न शीर्षकमा आएका बजेट रकममा व्यापक रुपमा दुरुपयोग गरी अनियमतिता भइरहेको चर्चाले व्यापकता पाएपनि अख्तियारको कानमा नपुग्नु आफैं शंकाको विषय बनेको स्थानीय सचेतनागरिकहरूको भनाई छ ।

प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment