
नभएको बस्तुको निषेध हुन् सक्तैन ! आमा छैन , बाबु छैन ,बाजेछैन, बजु छैनन् भन्ने वाक्यमा " छैन वा छैनन् " भन्ने क्रियापदले सामान्यतः दुइ प्रकारको अर्थ बताउछ ! एउटा अहिले बा ,आमा , बाजे , बजु घरमा हुनुहुन्न बाहिर जानु भा छ अर्को प्रसंग अनुसार मरिसके ! अब सोचौ नभई कन छैन कसैले भन्न सक्छ ?
इश्वर छैन ? धर्म छैन ? कर्म छैन ? त्यो छैन ? यो छैन ? ईश्वर , धर्म ,कर्म ,त्यो ,यो नभई कसरी छैन भन्न सकिन्छ ? छैन भन्ने क्रियापदले कुनै कर्ता या बस्तु बिशेषसंग संबन्ध गांसे पछि अर्थ बुझाउछ ! नत्र यी क्रियापदहरु सार्थक हुन् सक्दैनन ! हाम्रा ऋषि मुनिहरु र धार्मिक विधालाई कसै गरेपनि अमूर्तको संज्ञा दिनेले हटाउन र मेटाउन सक्दैन ! धुलो हालेर पुर्ने कसैको सामर्थ्य छैन ! जब सम्म हिन्दू इतिहाँस र आर्य बांग्मय यस पृथ्वीमा रहन्छ तवसम्म हिन्दू संस्कृति र हिन्दूधर्मलाई कसैले निमिट्यान् पार्न सक्दैन त्यो रहिरहन्छ ! गिदिको ठाउमा लिदी भरिएकाले मात्र अनाप सनाप फलाकि रहन्छन !
प्रकाशित मितिः२०७१ माघ २२ गते बिहीवार