– सन्तोष मिश्र
वैशाख १२ गते शनिवार मध्यान्हः ११:५६ बजे आएको महाभूकम्पले राजधानी काठमाण्डौ उपत्यकासहित २९ वटा जिल्ला नराम्रोसित प्रभावित गरेको सूचना अर्थात समाचारले विश्वमा नै हलचल ल्यायो । महाभूकम्पको केन्द्रविन्दू काठमाण्डौ र पोखरा हो भन्ने हल्लै हल्लाले तथ्य समाचार बनेर प्रशारित हुनुले छिमेकी राष्ट्र अर्थात विशेष गरेर भारत सजग भयो । र मानवीय संवेदना एवं छिमेकी राष्ट्र नेपाल, त्यसमाथि रोटीबेटीको बैवाहिक एवं धर्म परम्परा समान झैं भएकोले नेपाल र नेपाली प्रति स्नेह तथा भाइचाराको दृष्टिले महाभूकम्पबाट पीडितहरूलाई राहत तथा उद्धार गर्ने निर्णय तत्कालै भारत सरकारले गर्यो । र निर्णय गरेको ११ घण्टा बित्न नपाउँदै १० वटा हेलिकप्टर, हर्कुलस विमान र केही एयरफोर्ससहितको विमानहरू राहत तथा उद्धार सामग्री सहित विज्ञ सुरक्षा दस्ताबीच भारतीय संचारकर्मीहरू मानवीय उद्धार तथा राहतका नाममा काठमाण्डौ प्रवेश गर्यो ।
महाभूकम्पको केन्द्रविन्दू काठमाण्डौ र पोखरा बनेको समाचार बाचन गर्दै काठमाण्डौ भित्रका क्षतिग्रस्त घर र टहराको दृश्य खिचेर लाइभ प्रशारण गरिरहेका टेलिभिजन संचारकर्मीहरूको जत्थाहरू ठाउँ ठाउँका परिदृश्यहरू क्याच गरेर प्रशारण गर्ने र घटनाको तथ्य समाचार बाहिर ल्याउने क्रममा अनुवादहरूका शब्द एवं वाक्यहरू नै अस्पष्ट शब्दहरू कनिकुथी गरी वाचन गरिरहेको दृश्य आफैंमा नेपाली संचारकर्मीहरुको स्तर र भक्तपुर, पाटन र किर्तिपुरको भित्रि भेगमा समेत पुग्न नसक्नु र समाचार तथा क्षतिग्रस्त क्षेत्र समेत देखाउन पहुँच नभएकोले टेलीभिजन संचारकर्मीहरूको पत्रकारितामा दख्खल नै नभएको उदाङ्गिइरहेको समयमा आजतक, एबीपी, जी संगमलगायत आधा दर्जन टिभी च्यानलका संचारकर्मीहरू काठमाण्डौ प्रवेश गरेको तीन घण्टा पछि नै काठमाण्डौ, भक्तपुर, किर्तिपुरका साथै उपत्यकाभित्रको क्षतिग्रस्त घर तथा घाइते एवं मृतकको संख्या एवं उपचार के कस्तो भएको छ र भइरहेको यथार्थ उद्धारबारे समग्र समाचार सामग्रीहरू तुरुन्त सम्प्रेषण गरी लाईभ टेलिकास्ट अर्थात प्रत्यक्ष प्रशारण गरेपछि नेपाल र बाहिरी जगतले भू–कम्पको हृदयविदारक विभत्स घटनाका छरप्रष्ट दृश्यहरू प्रशारण भयो । र सोमवार साँझदेखि भू–कम्पबाट क्षतिग्रस्त भएको २९ वटै जिल्लाको अवस्था भारतीय टिभी च्यानलबाट प्रशारण हुन थाल्यो । भने नेपाली टेलिभिजन च्यानलका संचारकर्मीहरू बल्ल तल्ल भक्तपुर, किर्तिपुर र धादिङ्ग जिल्लाको क्षतिग्रस्त क्षेत्रको दृश्यहरू प्रशारण गर्न थालेको घटनाले नेपाली टेलीभिजन च्यानलहरूको गति कति छिटो छरितो रहेछ र दक्ष संचारकर्मीको अभाव कतिको रहेछ भन्ने प्रश्न खडा भएको छ ।
संचारकर्मीहरूको प्रमुख दायित्व भनेको राष्ट्र र जनताप्रतिको हो । प्रत्येक संचारकर्मीहरू राष्ट्र र जनताप्रति समर्पित हुनै पर्दछ । भनाईको अर्थ आम मानवलाई थांति राख्नु पक्कै पनि होइन । त्यस्तै कुनै पनि सरकारले राष्ट्र र जनतालाई प्रथम प्राथमिकतामा राखिन्छ । तसर्थ भारत अर्थात मोदी सरकार र भारतीय संचारकर्मी (टिभी पत्रकार) सहितको महाभूकम्पको घटना नेपालमा घटेपछि भारतीय नागरिकहरू नेपालको भूकम्पबाट प्रभावित क्षेत्रमा बचाउ गर्नु प्रमुख दायित्व हो । त्यसैले मोदी सरकारले तत्कालै भुकम्पबाट आहात भएको नेपाललाई सहयोग गर्ने निर्णय गर्यो । र तुरुन्तै विज्ञ सुरक्षा दस्तासहित टिभी जर्नालिस्टको संयुक्त टोली काठमाण्डौ आएको भन्ने बारे संवेदनशील सवाल प्रत्येक नेपाली पत्रकारले बुझ्नै पर्दछ ।
नागरिक विपक्ष तथा पक्ष पार्टी हुँदैनन् । नागरिक भनेको नै राष्ट्र हो । यसर्थ पत्रकारको भूमिका ठूलो हुन्छ । साधन श्रोत अर्थात गोली गठ्ठा, बम, युद्धपोत अर्थात वायुसेनाले गर्न नसक्ने काम संचारकर्मीले गर्न सक्छ । किनकी संचारकर्मी आफैंमा बम, गोली बारुद हो । र टिभीच्यानलको प्रशारण पनि हतगोला हो । डाने फाइटर जेट झैं दिमाकी दख्खल कम्प्युटरभन्दा सयौं गुणा दिमाग भएको संचारकर्मीले छोटो समयमा ठिक ठाउँमा टार्गेट पनि दिन सक्छ । यसर्थ मोदी सरकारले भारतीय टिभी च्यानलका जर्नलिस्टलाई तत्कालै भुकम्पग्रस्त क्षेत्रमा भारतीय नागरिक कहाँ कहाँ छ र उद्धार गरी भारत अर्थात वतन फर्काउने लक्ष्य नै प्रमुख हो, त्यसै भयो ।
भारतीय उद्धार तथा राहत सैनिक दस्तासहितको विज्ञटोली र संचारकर्मीहरूले काठमाण्डौ प्रवेश गर्नासाथ अर्थात १२ घण्टा भित्रै उपत्यकामा रहेका ५६५ जना भारतीयहरूलाई उद्धार गरी हवाईजहाजबाट भारतको नयाँ दिल्ली पुर्याइयो । त्यसपछि लगत्तै ४६५ भारतीयहरूलाई भारत पुर्याइयो ।
भारतीयहरूको उद्धार कार्य भएपछि भारतीय टिभी जर्नलिस्टहरू आधाभन्दा बढी फिर्ति भइसकेका छन् । किनभने भारतीयहरूको मिसन सफल भइसकेको छ । बुझ्नुपर्ने मूल कुरो के हो भने अनेकौं नाममा सैनिक र पत्रकार संयुक्त रुपमा प्रवेश गर्नुको अर्थ राष्ट्रहित र जनता हितकोलागि बुझ्नै पर्छ । राष्ट्र जनताको हितको अर्थ नागरिकलाई सकुुशल उद्धार गरी वतनमा पुर्याउनु र सामरिक दृष्टिले नेपालको वर्तमान स्थिति नाप्नु पनि हो । यसर्थ भारतीय उद्धार तथा राहत मिशन पूर्ण सफल भयो ।
यति लामो टिपोटको खाका लेख्नुको मूल अर्थ हो "पत्रकार” । पत्रकार, सरकार वा विपक्षी कसैको हुनु हुँदैन । मात्र राष्ट्र र जनताप्रति समर्पित हुनै पर्छ । राष्ट्र र राष्ट्रियताबारे डिक्स्नरी अर्थात शब्कोष पल्टाएर विचारमार्फत वितर्कलाई तर्क बनाएर भिन्न भिन्न राष्ट्रवाद वा राष्ट्रियता जन्माउन खोज्नु भनेको सूर्यलाई थुकेर आफ्नै मुखमा थोपर्न खोज्नु हो ।
दलाली प्रवृत्ति गरेर हिंड्नुको अर्थ हो –आफ्नो व्यवसायमा राम्रो दख्खल नहुनु हो । व्यवसायमा राम्रो दख्खल नभएकाले नै दलाली कार्यलाई प्राथमिकता दिएर हिंडेको हुन्छ । यसर्थ दलाली गर्ने पत्रकार बन्नु र बनाउनु दुबै राष्ट्रघाती हो । त्यस्तै विचारको आधारमा दलाली गरेर अ–आफ्नो विचार बोकेको पार्टीलाई सहयोग गर्दै हिंड्ने पत्रकारहरू वास्तवमा दलाल पत्रकार भन्दा खतरनाक हो अर्थात तानाशाह हो । तानाशाह प्रवृत्ति अर्थात आफ्नो पार्टीको प्रभाव बढाउने र देशको कुर्सी अर्थात राष्ट्रपति, प्रधानमन्त्री कब्जा गराउने लक्षित पत्रकार यथार्थमा नोकरशाही हो । नोकरशाही प्रवृत्ति बोकेको पत्रकारले कसैको यानी नागरिक समाजको हित गर्न सक्दैन ।
यी कुरा राम्रोसित नोकरको मालिकलाई थाहा अर्थात पत्तो छ । नोकरको वुद्धि कति नै हुन्छ रु जति पढेर डिग्री हासिल गरेपनि नोकर नोकर नै हुन्छ । नोकरको वुद्धि कति नै हुन्छ रु त्यसैले सुशील कोइराला चिन्तिन, विचार अर्थात काँग्रेस र एमाले पार्टी अर्थात बामदेवको विचार वा चिन्तन बोकेका टिभि च्यानल र पत्रकारहरू छन् । तैपनि ती पत्रकारको हैसियत के छ ? भारतका संचारकर्मी काठमाण्डौ प्रवेश गरेको तीन घण्टामा नै उपत्यकाको कुना काप्चामा घटित घटना जस्ताको तस्तै लाइभ टेलिकाष्ट गर्न सहयोग जुटाउने प्र.म. सुशील र गृहमन्त्री बामदेव गौतमको उदारताले स्वयं आफ्नै लाइन तथा विचार बोकेका टिभी च्यानल र टिभी जर्नालिष्ट अर्थात रेडियो पत्रकारहरूको टुप्पी समातेर गालामा दुई थप्पड हानेको ठहरिन्छ कि ठहरिंदैन ? भारतीय संचारकर्मीलाई उदारतापूर्वक सहयोग पुर्याउने प्रम कोइराला र गृहमन्त्री बामदेव गौतम नेपाली संचारकर्मीहरूको मालिक हो कि होइन ? राज्यको व्यवहारले प्रष्ट्याएको छ ।
अन्त्यमा–गृहमन्त्री बामदेव र प्र।म। कोइरालाको सिद्धान्त अर्थात विचार बोकेका टिभी च्यानल गृह र कार्यरत संचारकर्मीहरू छन्, किन रु किन भने तिनीहरू दलाल होइन नोकर हुन् । नोकरशाहीको पहरेदारी गर्नुको अर्थ हो राष्ट्रघात । चेतनाभया ।
प्रकाशित मितीः२०७२ वैशाख १७ गते विहीवार
लेखकलाई फेसबुकमा भेट्नुहोस्...
सन्तोष मिश्र