गएको हप्ता देखि पूर्व मेची देखि पश्चिम महाकाली सम्म चुरे पहाडको मुन्तिरको समथर भुभाग तराईका जिल्लाहरुमा शितलहर फैलिएको छ । शितलहर भनेको दिनभर घाम नलाग्नु चौविसै घण्टा चिसो बढने अवस्था हो । शितलहरमा पृथ्वीको तापक्रम निकै नै घटदछ । चिसो हावा बहन्छ दिनरात हुस्सु लाग्दछ । आकाशमा सुर्य, चन्द्रमा र तारा देख्न पाइदैन । शितलहर एक प्रकारको प्राकृतिक विपत्ति हो । जलबायु परिवर्तनको असर हो शितलहर अकस्मात बढेको शितलहरको चिसोले तराईको जनजीवन निकै कष्टकर बनेको छ । तराईका अधिकास जनता घुर तापेर चिसो ठण्डाबाट बच्ने प्रयासमा छन् । बुढापाका बालबालिका चिसोका कारण विरामी हुन थालेका छन् । तराईवासी धेरैको घरमा जाडोबाट बच्नु आवश्यक सिरकडस्ना (ओढने ओछयाउने) लगाउने कपडा हुदैन । वर्षको अधिकाश समय गर्मी नै हुने हुनाले जाडोको कपडा जोड्न तराईवासीले आवश्यकता ठान्दैनन् । गरीब जनताहरुको घरमा त जाडोबाट जोगिने कपडा हुने नै भएन । जाडोबाट बच्ने एकमात्र उपाय उनिहरुका लागि आगो ताप्नु नै हो । एक हप्ता देखि खेतीहरु मजदुर, निर्माण मजदुरले जाडोको कारण दैनिकी कमाउन छाडेका छन् । विहान कमाएर बेलुकी खाने अधिकांशका लागि शितलहर महाकाल नै सावित हुन्छ । शितलहरले अन्वाली गहुं, तेरी, मकै, तेलहनलाई असर गर्दछ । तरकारीवाली पनि विगार्छ । अति जाडोका कारण मानिसहरु घर छाडेरर बाहिर ननिस्किएकले शहर बजार, गाउघरमा मानिसको चहलपहल छैन । गरम कपडा लगाएर, गरम खानेकुरा खाएर नबस्ने, हो भने शितलहरले धेरैलाई रोगी बनाउन सक्दछ । प्राकृतिक विपत्ति शितलहरबाट जनताहरुलाई जोगाउन सरकार र स्थानीय प्रशासनले कुनै बन्दोवस्त गरेको छैन । गरिव परिवारहरु शितलहरले कठयांग्रिएका छन् । शितलहरको ठण्डीले कामी रहेका छन् । यस हप्ता अति ठण्डा बढनाले तीन दिन सम्म वीरगंज बजार सुनसान रहयो । पैसा हुनेहरुले त शितलहरबाट बच्न आवश्यक ओड्ने, ओछयाउने र लगाउने कपडा किन्दै छन्, पैसा नहुनेहरु लुगलुग कामेर ठण्डीको सामना गरी रहेका छन् । तराईका बहुसंख्यक जनताले एक हप्तासम्म आगो तापेर आफनो शरीरको रक्षा गरी रहेका छन् ।
धन हुनेहरुले नहुनेहरुलाई कम्वल बांडेको भए ठूलो पुण्य कमाउने थिए । गरिव, असहाय परिवारलाई ढण्डीबाट बचाउने खाद्यान्न सामग्री वितरण गरेको भए ठूलो उपकार हुने थिए । केही दशक देखि तराईका जिल्लाहरुमा मंसिर देखि फागुन सम्म शितलहर फैलिने गरेको छ । शितलहर भारत हुदै नेपालमा आउने गर्दछ । शितलहरले चुरे पहाड कट्न सक्दैन । चुरे पहाड मुनिको समथर भागलाई शितलहरले छाड्दैन । शितलहरबाट बच्न सबै पक्ष सचेत हुन आवश्यक छ ।
प्रकाशन मितिः २०७१ पुस १० गते बिहीवार