इसाईहरुलाई बहिष्कार गर्नुपर्छ

– दीर्घराज प्रसाइ
०६३ अघिका इसाईहरु नेपालको धर्म, संस्कृति र अस्मिता नष्ट गर्ने पक्षमा थिएनन् । तर, ०६३ सालमा नेपालमा धर्म निरपेक्षको नाममा अर्बौं रकम खर्च गर्दै अमेरिका र युरोपियन राष्ट्रबाट धर्म परिवर्तन गराउन जे जस्ता दुष्कर्म भइरहेका छन् । स्मरण रहोस्– विसं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमणको बेला भारतमा इसाईहरुले हिन्दूहरुलाई मार्ने, काट्ने र अनेकौँ अत्याचार गरेको देखेर हिमवत्खण्डका विभाजित अनेकौँ साना हिन्दूराज्यहरुलाई एकसूत्रमा आबद्ध गर्ने प्रेरणा मिलेको थियो । पृथ्वीनारायण शाहले यो कुरा बुझेका थिए । त्यसअघि नै पुण्यभूमिको संरक्षणको प्रेरणाश्रोत पृथ्वीनारायण शाहले भनेका थिए– “नेपाल ईश्वरले रचना गरेको सबै जात छत्तीस वर्णको यो असल हिन्दूस्तान हो ।”
भारतवर्षमा अवस्थित अधिकांश बासिन्दा हिन्दू थिए । उनीहरु सबैलाई क्रिश्चियन बनाउने इसाईहरुको उद्देश्य थियो । अहिले नेपालमा त्यस्तै गर्न खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ । अमेरिकी सरकारले माओवादीलाई आतंककारीको सूचीमा राखेको छ भने उता उसैको गुप्तचर संस्था सिआइए माओवादीको पूरा समर्थनमा छ भन्ने बुझिन्छ । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरुलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ । नेपाल हिन्दू तथा बौद्धको आधिकारिक थलो हो । नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
भोलिका दिनमा नेपाललाई खतरा छ । यसका लागि ०६३ सालपछि बिनासहमति बनेका चर्चहरु सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आÇना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न भन्ने चौतर्फी आवाज उठेको छ । त्यसको साथै हिन्दू तथा बौद्धबाट इसाई बनेका तमाम जनतालाई आ–आÇनै धर्मकर्म र रीतिरिवाजमा फर्कन आह्वान गराएर उनीहरुबाटै इसाईहरुको सैतेनी व्यवहारलाई बहिष्कार गर्न लगाउनुपर्छ ।

फेसबुकबाट साभार गरि २०७१ पुस १० गते प्रकाशन गरिएको

SHARE THIS

Author:

Facebook Comment