नयाँ संविधान र नेपाल–भारत सम्बन्ध


सन्तोष मिश्र
नयाँ संविधान निर्माण र जारी भएपछि नेपाल भारत सम्बन्धमा नयाँ अध्याय थपिने छ भनेको त भारतले आफ्नो नियन्त्रण र प्रभावबाट नेपाललाई मुक्त हुन नदिन झन नाकाबन्दी गरेर आश्चर्यजनक रुपमा नेपाली जनताहरूलाई सास्ती पो दियो । तराइ मधेश आन्दोलन, भारतीय सुरक्षा प्रश्न र तीन दलको भारत विरोधी अभिव्यक्तिले  वर्तमान समय निकै जटिल बन्दै गएको छ । सधैं यस्तो स्थिति रहीरहन चाहिं सक्दैन । यथास्थितिको क्रमभंग हुन्छ नै । नेपालले गुमाउने हो कि राम्रो भाइदा हुने कुरा कमाउने हो यो समयमा निर्भर गर्दछ ।

भारतीय नाकाबन्दीले चुनौती र संभावना दिएको छ । परनिर्भर हुँदाको नतिजा के हुँदो रहेछ भन्ने चेतना सबै नेपालीलाई दिएको छ । आजसम्मको असफल सरकारले नेपाली जनता र नेपाललाई आशातित उपलब्धी केही दिएको छैन । नेपाली जनता र नेपाल भगवान भरोसामा चलिरहेको छ । ‘जसो पर्छ, उसै टर्छ’ यो नेपालको पुरानो नीति र प्रवृत्ति हो । ‘बाह्र वर्ष ढुंग्रोमा हालेपनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै” भन्ने उखान नेपाल नीतिमा चरितार्थ छ । नेपाललाई हेर्ने भारतीय नीति छ तर नेपालको एउटै राष्ट्रिय नीति छ तर नेपालको एउटै राष्ट्रिय नीति छैन । व्यक्ति–व्यक्ति, नेता–नेता नीति छ ।

नेपाल भारत सम्बन्धमा नयाँ आयाम थप्न नयाँ ठोस नीतिको आवश्इकता रहेको अहिले आएर देखा परेको छ । नेपालमा भारत विरोधी जत्था तयार गरेर छिमेकीसँग आर्थिक साझेदारी हुन, आर्थिक सहकार्य हुन सक्दैन । छिमेकी भारतसँग विशेष सम्बन्ध होइन, पंचशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन अनुसारको आधुनिक सम्बन्ध गाँस्ने प्रयासमा सम्पूण नेपालीको साझा पहल नभएसम्म निरन्तर रुपमा भारतबाट बेला मौकामा सास्ती पाइनै रहन्छ ।

यसपाली तराइ मधेशका जनताहरूको जायज माग पूरा नगरेसम्म भारतले नेपालसँग राम्रो सम्बन्ध काम नगर्ने देखिएको छ । मधेशी जनताको मागमा भारतीय स्वार्थ के गाँसिएको छ त्यो केलाएर मधेशी जनतालाई देशप्रति वफादार बनाउन र आन्तरिक शान्ति कायम गराउन सबै क्षेत्रबाट सम्झौता र वार्ताकालागि आवश्यक पहल हुनु पर्दछ ।

मधेशी जनता आफ्नो हित छाडेर भारतीय हितको पक्षमा कदापि जाँदैनन् । यदी गएमा आफ्ना भावी पिंढिले हामीले पाइरहेको दु:ख भन्दा निकै र्ठूला–ठूला दु:ख पाउने छन् । काठमाण्डौमा बस्ने नीति निर्माण तहका मानिसहरूले तराई–मधेश र यहाँका जनताहरूलाई अविश्वास र पूर्वाग्रहको आँखाले हेर्नु हुँदैन । काठमाण्डौका जनतासरह नै तराइ मधेशका जनता देशभक्त छन् भन्ने कुरा सोही अनुरुपको व्यवहार गर्नु पर्दछ । अधिकार र हक कालागि लड्ने क्रममा सरकारसँग मात्र तराइ मधेशका जनताले लड्नु पर्दछ । पहाडी समुदायमाथि मधेशी समुदा र मधेशी समयदायमाथि पहाडी समुदाय भिड्ने कुत्सित चाल कहिं कतैबाट शुरु हुनु भनेको गृहयुद्ध नै हो । गृहयुद्ध कथंकदाचित भयो भने न हामी नेपाली रहन्छौं न नेपाल रहन्छ । चेतनाभया ।


SHARE THIS

Author:

Facebook Comment