विश्वबाट साढे एक अर्ब मान्छे मार्ने योजना र नेपाल

आदरणीय दाजु–भाइ, दिदि–बहिनीहरु,

प्रवीणराज वैद्य
धेरै सोचें, बुझें, कोसिश गरें तर नेपालको स्थिति र अवस्था बुझ्नु नै नसक्ने भयो कि, राजनीतिको कुरा गरौँ कसले के बुझेको छ ? कुनै नेताले जे गरे पनि हुने, एउटा भ्रष्ट कर्म गरेर बिगार्नु बिगारी नपुगेर अर्को अपराधी कार्यहरु गर्दा पनि जनता चुप लगेर बस्ने, फेसबुक लगायतका सामाजिक संजालमा गाली, आरोप, धम्कि दिंदै बस्ने तर ८/१० नेताहरु बन्द ढोका पछाडी बनाएको संविधान स्वीकार्ने असन्तुष्टी भए पनि चुप लागेरै बसेका भए पनि भारतलाई दोष आरोप लगाउँदै छन् । कुरा कारण पनि बुझिन्छ तर अर्को तर्फाबाट बुझ्ने प्रयास गर्दा यो नाकाबन्दी इत्यादि भारतले गरेको या हाम्रै भ्रष्ट नेताहरुले भारती भ्रष्ट नेताहरुलाई उचालेर नेपालमा आतंक मचाइ रहेको मात्र हो ? येत्रो समय देखि नेपालीहरुलाई आफ्नै नेताहरुले सतायो, पिडित बनायो तर पनि जनता चुप लागेरै बसेका छन् र उही नेताहरुकै कुरा मानेका छन, संविधान सहि हो हैन तैपनि चुप लागेकै छन् ।

नेपालमा भारतीय समान किनिन्छ, भारती कपडा लगाइन्छ, भारतीय मट्टीतेल, डिजेल, पेट्रोल, ग्यास, तेल, चामल, दाल, तरकारी, जाम, बटर, चिनी, साबुन, टुथपेस्ट, जुत्ता देखि हिन्दी गित र हिन्दी फिल्म देखि कतिपयले हिन्दिभाषा र कविता र सायरी समेत लेख्ने अनि क्रिसमस, भ्यालेन्टाइन, यिस्तर मनाउने, बार, डिस्को, क्याफे गएर नेपाली ढिँडो गुन्द्रुक खानु लाज मान्ने अनि देश प्रेमी भन्दै हिंड्ने वा अनि हिन्दु पनि भन्दै हिंड्ने नेपाली धर्म, चाड पर्व, सांस्कृति, परम्परा छोडेर नेपाली सम्म बोल्नु छोड्ने जानी नजानी अंग्रेजी वा हिन्दिमा लेख्ने अनि हामि नेपाली भन्ने खई मलाइ यो भन्दा अरु भन्ने सब्द नै नआएको हो कि यहा केहि जनता मै केहि गोलमाल देखिएको हो ?

संसारमा कुनै नेताहरु नेपालमा जस्तो दैनिक व्यवहार देखाएको भए या क्रियाकलाप गरेको भए संवैधानिक र कानूनी कारवाही गरी अपराधी जनता मात्र नभई नेताहरुलाई समेत अपराधी ठहर्‍याएर कानूनी कारवाही गरिन्छ तर नेपालमा एक अपराध नगर्ने वा आपराधिक कार्यमा नमुछिएका नेताहरु छैन दैनिक देखेकै कुरा हो त्यो पनि हिजोको आज मात्र हैन शताब्दी देखिकै अनुभवहरू हुन् तर पनि आम नेपालीहरु किन चुप लागि बस्दै छन् ?

मानौं भारतीयहरुले यो अन्याय, अपराध नेपालमा गराएको भए पनि नेपाली नेताहरु आफ्नो देश र जनतामाथि गरिएका गराइएका पीडा अनन्याय बिरुद्ध अन्तरर्राष्ट्रिय अदालत सम्म आफ्नो अधिकार राख्ने बाटो छ तर नेपालमा बिदेशबाट भन्दा बढी आफ्नै नेताहरुबाट कुकार्य गराइएको देखेर बुझेर पनि न कानूनी कार्यकरताले न अदालतले न प्रहरीले न जनताले नै न कुनै व्यक्तिले केहि गर्नु सकिनुको कारण नै बुझन धेरै कठिन अवस्था किन हुन सकेको हो ?

भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सक्यो नै किन कसले बुझेको छ र बुझाउनु सकेको छ, भारतलाई दैनिक गालि आरोप लगाउंदै छ र पनि नेताहरु र जनता भारतकै आदेशमा किन चुप लागेर चल्दै छन् ? कि त गालि आरोप लगाउनु बन्द गरोस् कि त भारतको हस्तक्षेपलाई वास्ता नगरी चीनबाट नेपालमा दैनिक चाहिँदो आपुर्तिहरु निकास गरियोस् र चीन सित नया कारोबार सुरु गरियोस् । त्यही भारतलाई गाली आरोप दिने र त्यही नेताहरुलाई पछाडी अपराधी भए पनि मानेर चुप लाग्ने र भारत र नेताहरु कै कुरा मानेर चीनले दिएको सुविधा समेत बहिष्कार गर्दै फेरी पछाडी गाली गर्दै आरोप लगाउंदै हिंड्ने यो कुरा के कसरि बुझ्ने ? के कुनै नेपालीहरुले यो खेलको पछाडिको सत्यता कसैले मतलब दिएको छ वा बुझेको छ र ?

यी नेताहरु किन यस्तो कार्य गर्दै छन्, कसको आदेशमा चल्दै छन् कसले बुझेको छ या बुझाउन सक्छ ? यो नेपालमा मात्र हैन संसार भरि यस्तै खेल हुँदै छ कसले मतलब दिएको छ र सायद कसैले सोचेको सम्म छ यस्तो किन भयो, हुन सक्यो, हुँदैछ र अरु के के हुने वाला छ कसैलाई चासो सम्म छ त ?

कसैले नयाँ विश्व नियम भन्ने सब्द सुनेको छ ? कसैले ईल्लुमिनाति भन्ने सब्द सुनेको सम्म छ र ? कसैले सुनेको छ कि २०२५ सम्म बिश्वो जनसंख्या ७.३ अरबबाट १.५ अरब मारेर घटाउने संयन्त्र बुनिंदै छ । जुन कारणले ईल्लुमिनति (विश्वको १७ जना महाधनी व्यक्तिहरुले) घटाएर धनि, पदेलेखेकाहरु, बैज्ञानिकहरु, डाक्टरहरु, प्रोफेस्र्सहरु जस्तालाई मात्र जीवित हाल्ने योजना हो ।

संसार भरिका नेताहरुलाई यिनीहरुले किनी सकेका छन् कि यी नेताहरुले अनेक नाटक नौटंकी खेल खेल्दै भाइ फुटे गँवार लुटे गर्दै गराउंदै आफु आफु बीच लडाई गराएर मार काट गराउंँदै छन्, बिश्वास नलागे मेरो फेसबुकमा समय लिएर सम्पूर्ण अन्तररास्ट्रीय समाचार भिडियोहरु हेर्नुस बुझ्नुस र आफ्नै मूल्यांकन गर्नुस् अनि बुझ्नु होला कि यो नेपालको मात्र मामिला हैन कि विदेशबाट भएर खतरनाकको खेल खेलिंदै छन् ।

यो सत्यता बिश्वास गर्ने या नगर्ने हरेकलाई आफ्नै अधिकार प्रयोग गरि सोच्नु होला कि किन नेपाल र भारतबाट यस्तो कार्य सुरु हुँदै छ र २०२५ अगाडी सम्म यो सफल हुनु सकेन भने तेस्रो विश्व युद्धको तयारी गर्दै छन् २०२५ सम्म नेपाल जस्तो थुप्रो मुलुकहरु संसार भरि जम्मा १० देशहरु बनाएर गभिने छ र अन्तिममा यी १० देशहरु पनि एक बिश्व एक नगद एक कानूनमा परिणत गरिने छ, भिडियो हेर्नुस र बुझ्नुस । भिडियो हेर्न मेरो फेसबुकको निम्न लिंकमा गएर हेर्न सक्नु हुनेछ ।

https://www.facebook.com/PravinAnjalee

SHARE THIS

Author:

Facebook Comment