“खुला पत्र”
भारतका प्रधानमन्त्री
श्री नरेन्द्र मोदी ज्यु,
आफ्नो सीमा पारी लामो समयदेखि जारी अशान्तिका सन्दर्भमा तपाईंको सामान्य धारणा आउनु अस्वभाविक होईन, तर तपाईंको विदेश मन्त्रालयले दिल्ली स्थित हाम्रा राजदूतलाई मन्त्रालयमा बोलाएर नवनिर्मित संविधानका कतिपय प्रावधान प्रति जसरी आपत्ति जनाएको छ, तिनलाई परिमार्जन गरेपछि मात्र मधेशवादी दलहरू सहमतिमा आउने दावी गरिएको छ यस्तो चुनौतीपूर्ण कुरामा नेपाली जनता लगायत यो घटनाक्रमलाई मधेसवादी देशभक्त नेताहरूले पनि गम्भीर रूपमा लिएका छन् ।
अहिले हाम्रो मुलुक गम्भीर संकटतर्फ उन्मुख छ भन्ने सोचभित्र कमजोरीको फाइदा उठाउँदै यस्मा तपाईंहरू आगोमा घ्यू थप्ने काम गर्दै हुनुहुन्छ । यस्तो संकटको कारण तपाईंका को–को हुन ? कस्को गल्ती गर्नाले यस्तो अवस्था आयो त मोदी जी ? यस बिषयमा तपाई कल्पना सम्म गर्न नसक्नु भएतापनि त्यसको समीक्षा त इतिहासले गर्ला नै होइन र ?
तपाईंहरूले मधेसी नागरिकको चिन्ता लिएको भन्ने भ्रम सोझा साझा त्यहाँका जनतालाई पारी कुविचार र कुनियतले नेपालमा रहेको तराईको उर्वर भूमिमा आखाँ गाड्नु भएको छ भन्ने कुरा हामीले बुझेका छौं । खुला सीमाले गर्दा वारी–पारीको चिन्नै नसकिने अबस्था र नेताहरुसँग हातेमालो गरे जस्तै सहयोगको नाटक गर्दै अनेकौ कारणबाट तपाईंहरूले नेपाल भूमिको फाईदा उठाई रहनु भएको कुरा हाम्रो सामु छुपेको छैन । तपाईका कुटनीतिज्ञहरू शत्प्रतिशत गैरकूटनीतिक र तुच्छ व्यवहार गरी रहेका छन जो सबैको सामु घाम जस्तै छर्लङ्ग छ ।
बुझेर पनि बुझ पचाउने नेताको स्वभाव हो त्यै पनि बुझ्नै पर्छ र विचार पुर्याउनु पर्छ कुनै पनि देशले संविधान बनाउँदा आफ्नो राष्ट्रिय हित र अखण्डतालाई विचार गर्छ भन्ने कुरा के तपाइलाई थाहा छैन ?
किन तपाईंहरूको क्रियाकलाप हेपाहा प्रकृतिको भएको ?
के सोचेर तपाईले नेपालका नेताहरुलाइ धम्काउने, हेप्ने, घुर्काउने गरि रहनु भएको छ ?
के नेपालका सबै नेताहरु तपाइका पकेटका रुमाल (ह्यान्की) हुन ?
हाम्रा देशका नेताहरुले बुझेका छन् तपाईंहरूले तराईको भूभागमा आँखा गडाउने घेरै कारण छन् । यहाँ पानी, सिंचाइको लागि प्रशस्त छ भने भवन निर्माण गर्न रोडा, बालुवा छ । खेती योग्य जमीन छ । पेट्रोलको सम्भावना छ । तराईका खनिज पदार्थको सम्भावना धेरै देख्नु भयेको छ किन भने हाम्रा देशका नेताहरु भन्दा बढी गहन दृष्टि तपाईंहरूसंग छ र सिंचाइ सम्बन्धि ज्ञान हुनुका साथै प्राविधिकता, पैसा सबै छ । त्यसैले हाम्रो देशभित्र तपाईंहरूले भोग गर्न चाहनु हुन्छ । हो कि होईन ?
पहिलो मधेस आन्दोलनमा पनि रामवरणले भनेका थिए भारतले थाम्नै नसक्ने दवाव दिइरहेको छ । त्यस बखत तपाईंको ठाउँमा कांग्रेस थियो, काँग्रेस गयो । तपाईं आउनु भयो तर नीति त गएन । तपाईंहरू पनि पुराना नीतिहरू अबलम्बन गर्दै हुनु हुन्छ । हेपाहा चाल त गएन नि कहिलै कसो ? जति जोगी आए कानै चिरेको भने झै तपाईं पनि त्यस उखान्मा परेको देख्छु नि मोदी जी ?
ए उजले लोग, भितर से काले
भितर से चतुर, बाहर भोले भाले”
तपाईं पनि कहीं यस्तै त हुनुहुन्न ? प्रष्टै छ तपाईंहरूले अत्यावश्यक बस्तुहरूमा नाकाबन्दी गर्नु हुन्छ । तर तपाईको नाकेबन्दी घोषित होईन अघोषित रूपको हुनेछ । त्यसैले त भनेकी हूँ “भितर से चतुर बाहर भोले भाले” । हुन सक्छ हामीले घुँडा न टेकुन्जेल नाकाबन्दी जारी राख्नु होला । हाम्रो अन्तरर्राष्ट्रिय स्तरमा कुटनीतिक पहुँच कमजोर भएकाले जस्तो लागेर यसको फायदा उठाउन खोज्नु होला विश्वव्यापी रूपमा । सायद त्यही सोचेर नेताहरुलाई प्रशस्तै हेप्ने गर्नु हुन्छ । डिप्प्लोमेटिक म्यानुपुलेसन गरेर हाम्रै नेताको अर्घेलो देखाउनु हुन्छ र दुष्प्रचार गराऊनु हुन्छ । त्यसको डिफेन्स गर्न सक्ने सशक्त च्यानल हाम्रा नेतासङ छैन भनेर होला । तर याद गर्नुस हामी जनता सधै आफ्नो मातृभूमिको रक्षाको लागि जस्तो सुकै अवस्था आएपनि लडाइँको मैदानमा उत्रिन तयार छौ र यस्तै किसिमको प्रवृत्ति भएमा हामी विश्वको नक्शामा भारत छैन भनेर सोच्नेछौ । आफैले हरेक समस्याको समाधान गर्छौ । यस्तो लाग्न लागेको छकि तपाईंहरू नेपालीलाई दु:ख दिन नै जन्मनु भएको हो कि । कसो ?
याद गर्नुस्, तपाईंले हामीलाई धेरै दुख दिन लाग्नु भयो भने हामी यस मुद्दालाई अन्तराष्ट्रीयकरण गर्नेछौं । तपाईंलाई थाहा हुन पर्ने हो । संसारमा साना देश थुप्रै छन् जसले महाशक्तिसंग नझुकेर सम्प्रभुताको रक्षा गरेका छन् ।
तपाईंहरूसित कति झुक्ने ? कति हेपिने ? कति लत्रिने ?
तपाईंले के बुझ्नु पर्दछ भने तपाईहरूको जस्तो समझौताबाट बनेको हाम्रो देश नेपाल होंइन । हाम्रो देश त लडेर बनेको देश हो । लडेर जोगाएको देश हो ।
मोदी जी, यत्रो कष्ट र परिस्थितिबीच संविधान आउँदा तपाईहरू चिढिनुले तपाईंहरूको विस्तारवादी नीति सशक्त ढंगबाट लान इन्दिरा गान्धीको अगुवाइमा बनेको “र” को बर्षौ देखिको अथक मिहेनतलाई हाम्रा ठूला दलहरूले नराम्रो झट्का दिए र सिक्किमीकरणको उद्देश्यमा तुषारापात गरिदिए ।
किन तपाईंहरू २००७ साल देखि हस्तक्षेपको राजनीतिमा होमिएर मित्र राष्ट्र रहेर पनि छेपारोले झैं रंग फेर्नु हुन्छ । समय अनुसार आफ्नो नीतिमा कहिले राजसंस्थालाई काखी च्याप्ने र स्वार्थ पुरा नहुने देखे पछि च्यापेकालाई लात हान्ने र दल समाउने पुरानो रोग हो तपाईंहरूको । ०३६ देखि ०४६ सम्म आईपुग्दा नि अनेक तिकडमहरू भए । ०४७ मा त सतहमा देखिन थाल्यो । तपाईंहरू भारतीय मूलकालाई नागरिकता दिलाउनु अनुकूल प्रावधान जुटाउन मैदानमै उत्रिनु भयो । कुनै एक पक्षलाई केही समय बलियो तुल्याएर स्वार्थ पूर्ति गराउने खेलमा लाग्नु हुन्छ । जलविद्युतका समझौता एकरंगी हिसाबबाट हत्याउन लागि पर्नु हुन्छ । राजा ज्ञानेन्द्र जब अलि तंग्रिए सार्कमा कुटिल ढंगबाट प्रस्तुत भए अनी तपाईंहरूले नेपालको राजनीति काबुमा ल्याउन राजसंस्था नै फाल्नु उद्देश्यसहित फेरि दलहरू बटुलेर राजालाई एक्लाएर फाल्न कुटिल चाल चाल्नु भयो ।
हेर्नुस् मोदी ज्यु, सदियौं देखि नेपाल भारतबाट पीडित छ । इष्ट इंण्डिया कम्पनीले तपाईंको भारत देश ख्वाप्पै निलिसक्दा पनि उनीहरूसंग चैलेन्ज गर्ने त्यो बेला तपाईहरूको सहयोगीको रूपमा एक मात्र नेपाल थियो । हिन्दु धर्म संस्कृति र सनातन धर्मलाई जगेर्ना गर्दै , जोगाउँदै भारतको धार्मिक स्थल र संस्थाहरूमा क्रिश्चियनहरूको ज्यादती विरूद्धमा आवाज उठाउने नेपाल नै हो थियो । नेपालसँगको डरले इष्टइंण्डिया कम्पनीको भारतमा लामो शासन गर्ने स्थायीत्वको खतरा देखेर इष्टइंण्डिया कम्पनीले नेपालमा आक्रमण गर्यो र वर्तमान नेपालको भाग मात्र बाँकी राखी पूर्वमा तिष्टासम्म र पश्चिममा किल्ला काँगडा सम्म उपनिवेश बनायो । इष्टइंण्डिया कम्पनीको पलायन पछि १९५० सन्धि अहिले गरिएको सन्धी समझौता सबै खारिज गरियो तर तपाईं जस्ता इंण्डियाका नेताहरूले हाम्रो पूर्व पश्चिमको भूभाग आजसम्म उपनिवेश बनाएर हडप गर्दै आउनु भएको छ । मोदी जी, के त्यो भूमि नेपालको होइन भनेर प्रमाणित गर्न सक्नु हुन्छ ?
मित्रराष्ट्र भन्दै आउनु भएको के नेपाललाई फिर्ता गर्नुको सट्टा अझै बांकी रहेको तराईको भूभागमा पनि किन आँखा गाडी रहनु भएको छ ? मोदीजी, असल मित्र हुनका लागि छ गुणहरू हुनपर्छ मानिसमा ।
...... ददाति, प्रतिगृहाति, भोज्यते, भून्जते चैव षट् विधि प्रीति लक्षणम्, नीतिको श्लोक छ । त्यसैले सच्चा मित्र बन्नका लागि र नेपालीको सम्मान गर्न सिक्नुहोस । कब्जा गरेको नेपालको भूमि फिर्ता गर्नुहोस । नेपाललाई स्वतन्त्र सार्वभौम भूमि भएको सम्झनु होस । नेपाल र भारत सदियौं सम्म असल मित्र रहेन र राम्रो सम्बन्ध रहनेछन ।
तपाईं सँधै त्यो कुर्सीमा रहे पनि नहरें पनि नेपाल र भारतको सम्बन्ध जन्म जन्म सम्म रहने छ । असल व्यवहार गरे सम्मनित रहनु हुनेछ ।
– निशा अर्याल, इजरायल
प्रकाशित मिति:२०७२ असोज १४ गते बिहीवार