– स्वयम्भुनाथ कार्की
महाभुकम्प पछिका दिनहरुमा नेपाली जनता अन्य सबै मतमतान्तर छोडेर पहिले यो साझा विपत्तिको सामना गर्ने र यसले गरेको अनि गर्न सक्ने हानी क मगर्ने प्रयत्नमा लागेका छन । यो स्वभाविक पनि हो । वर्षादको मौसम आउनै लागेको यो बेला त्यसै पनि कामको चटारो ज्यादा हुन्छ । जति नै औद्योगिकरणको नारा दिईए पनि अहिलेसम्म कृषि उत्पादनले राष्ट्रिय आयमा प्रमुख स्थान पाएकै छ । त्यसैले यो “मुठ्ठी खाएर मुरी उब्जाउने” बेलामा गएको भुईचालोले अनिकाल निम्त्याउला भन्ने डर हुनु अनौठो मान्नु पर्ने कारण छैन ।
नेपाली जनतालाई चुनौती लरतरो छैन । चिरिएको खेतबारी, भत्केको चर्केको घर अनि आतंकित मन लिएर मुख्यबालीको खेतीमा जुट्नु पर्ने अवस्था छ । सामान्य अबस्थामा पनि बेफुर्सद हुने यी बर्खामासमा अन्य घटनाक्रमहरु ओझेल पर्ने गर्दथिए भने अहिले नेता, अगुवाहरुले के गर्दैछन् त्यो हेर्ने मुल्यांकन गर्ने अनि त्यसको समर्थन वा विरोध गर्ने फुर्सद हुने कुरै भएन । यदि कसैले यसलाई अवसर ठानेको छ भने त्यो मानव हैन अतिमानव हो । मौकामा चौका हानेको कुरा दिगो पटक्कै हुँदैन त्यसैले त्यता तिर चिन्ता गर्ने आवश्यकता नै छैन । उखानै छ “एक माघले जाडो जाँदैन” त्यसैले जसले जनताको यो विवशताको फाईदा उठाउन खोज्दैछन् चिन्ता तिनले गर्नु पर्ने हो ।
कुनै पनि मुलुकको सरकारको पहिलो कर्तव्य संकट परेको वेला जनताको त्यो संकटबाट मुक्त हुने प्रयत्नलाई बल पुर्याउनु हो । त्यता ध्यान गएको नदेखिनु सरकारको दलहरुको गैर जिम्मेवार काम हो भनेर मुल्यांकन भयो भने के अनुचित भयो ? अझ मौका यहि हो भनेर आफ्नो मनोमानी लाद्ने प्रयत्न जनताको आलो घाउमा नुनचुक छर्ने काम सरह हुनसक्छ भन्ने सोच नपलाउने हो भने त्यसको परिणामको जिम्मेबार को हुन्छ भनेर भनिरहनु नै पर्दैन ।
घरको नाममा बारीमा मल पुर्याउन बस्तुभाउ अस्थायीरुपले बाँध्न हालेको छाहरी जस्तै छाहरी बनाएर आफ्नो पिठ्यूँमा आफै धाप मार्नेहरुले अहिले ताजा नगरपालिका घोषणा भएका गाँउहरुको तीनचौथाई घरहरु देखेका छैनन् भन्नु अन्याय नै हुन्छ । अहिले प्रचार अत्याधिक प्रचार गरिएका यी घर(?)हरु भन्दा कयौ गुणा सुविधा र साधनयुक्त घरहरुमा जनसंख्याको ठुलो भाग पुर्खौदेखि बस्दै आएको छ । स्थानिय साधन, श्रोत तथा श्रमबाट तैयार घस्ता घरहरु ती छाहरी भन्दा सस्तो, टिकाउ अनि वस्न योग्य छन ।
कुरो यतिमा मात्र सिमित छैन, अहिले अत्यधिक सिफारिस गरिएका घरहरु भन्दा चिटिक्क परेका कतै “खाँच बत्ति” कतै “सेन्टर बेरा” जस्ता नाम भएका प्रविधिले बनेका पचासौ बर्ष टिक्ने र सुन्दर घरहरु केहि दशक पहिले टन्नै देख्न पाइन्थे अहिले पनि फाट्टफुटुट देखिन्छन । यस्ता घरहरुबाट ढलान गरेको घरमा पदोन्नती हुन चाहेको जनमामसलाई त्यो भन्दा महंगो तर कमसल घरको सुझव दिएर विज्ञहरुले कस्तो जिम्मेवारी पुरा गरेका हुन ? अझै पनि स्थानिय शीप सम्पूर्णरुपमा हराई सकेको छैन । यी सुझाव गरिएका घरहरु भन्दा सस्तो अनि स्तरिय घरहरु गाँउहरुमा प्रशस्त निर्माण हुँदैछन ।
यो विपत्तिको शिकार भएका जनता भिखारी हैनन, न उनीहरुले आफ्नो निमित्त कसैले दानमा सबैकुरा देओस अनि जीवनभर राहतको नाममा पेट भरिदेओस् भन्ने चाहेका छन् । यस्तामा अपवादको रुपमा अतिमानव नभएका भने होईनन् , त्यस्ता अतिमानवहरु दर्जनौं चोटी हात पसारेर मागेका माग्यै छन् । यस्ताले नेपाल विश्व सामुन्ने नेपालीलाई भिखारी हुन भन्ने भान पारिरहेका छन् । यी अपवाद बाहेक अन्य विपत्तिका शिकारहरु आफु उठ्न नसक्ने गरेर लागेको चोटमा केहि साहरा मात्र खोज्दैछन् अहिलेको त्यो साहरा प्राप्त भए आफ्नो खुट्टामा उभिएर अन्य विपत्तिग्रस्तलाई सहयोग गर्न उद्दत हुने छन् ।
विभिन्न माध्यमबाट फैलिएको हल्लाले जनतलाई सोच्न विवश गराएको छ कि के यी सबै डाडु पन्यू हातमा भएका राजनैतिककर्मी, बोली विक्ने सामाजिककर्मी, डिग्रीधारी विज्ञ सबै यस्ता गैर जिम्मेवार छन त ? जसको तागत पुग्यो त्यसले आफ्नो सनक लागु गरायो । विपत्ति ग्रस्तको निमित्त आएको सहयोग आफ्नो पुस्तौनी सम्पत्ति सरह प्रयोग गर्यो ।
यस्तो गैर जिम्मेवार र मानवता विहिन काम गर्नेहरु पक्कै धेरै छैनन् तर जति छन् ती सम्पूर्ण वर्गलाई नै बद्नाम गराउन प्रर्याप्त छन् । जो यस्तो घृणित खेलमा सामेल छैन तर विभिन्न कारणले यस्तासंग टाँसिएर बसेको छ त्यसले आफुलाई अलग गर्न सकेन भने भोली आफ्ना सन्तानलाई पनि मुख देखाउन नसक्ने हुनेछन् । त्यसैले गैर जिम्मेवार काम गरेर जनतालाई पीडा दिनु भन्दा बरु निष्किृय बस्नु राम्रो हो ।
–बिराटनगर–१
प्रकाशन मितिः२०७२ जेठ २८ गते बिहीवार