वीरगंज, २५ गते वैशाख ।

लायन्स क्लव ३२५ बी २ लगायत वीरगंजका सम्पूर्ण लायन्स क्लवले संयुक्त रुपमा पठाएको राहत सामग्रीमध्ये १० हजार किलो चामल, चार हजार किलो आलु र एक हजार छ सय पिस त्रिपालसहित करिब १२ लाख मूल्य बराबरको एउटा ट्रक सहितको राहत सामग्री राजधानी काठमाण्डौतर्फ पठाइएको कानुले जनाए ।

लायन्स क्लवका डिस्ट्रिक्ट सेक्रेटरी देवकी नन्दन अग्रवाल, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, देव चौधरी, मनिस सिस्का, आलोक जैसवाल, गणेश बगरिया, चन्द्रशेखर पटेल, प्रजय हरलालका, आकाश सर्राफ, आदित्य सर्राफ लगायतका लायन तथा लियो सदस्यहरुको सक्रिय सहभागितामा राहत संकलन तथा प्रभावित क्षेत्रतर्फ पठाइएको समाचारमा जनाइएको छ ।
गत १२ गते आएको भू–कम्पको भोलिपल्टदेखि नै वीरगंजका सम्पूर्ण लायन्स तथा लियो सदस्यहरूले दिनरात एक गरेर प्रभावित क्षेत्रतर्फ राहत सामग्री पठाउने कार्यमा लागिपरेको डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवाले बताए । अग्रवालका अनुसार वीरगंजका लायन्स क्लवले पटक पटक गरी हालसम्म करिब ४६ लाख भन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ ।