नाक काटेको र सिंगान पुछेको फरक हुन्छ

स्वयम्भुनाथ कार्की
  नारायणहिटी छोड्ने बेलामा पत्रकार सम्मेलन मार्पmत राजाले अत्यन्तै मार्मिक उद्गार व्यक्त गर्नु प¥यो । हालसालै मानविय संवेदनामा सुदुर पश्चिमका बाढी पहिरो पीडितहरुलाई सहानुभूतिको हात लिएर भेट्न गएका राजाले क्षोभ व्यक्त गर्नु प¥यो । पहिलो घटनाको बेला अहिले राजसंस्थालाई आफ्नो मात्र पेवा ठान्नेहरुको जमात मुख लुकाएर बसेको थियो भने प्रतिकुल परिस्थितिमा पनि आस्थावानहरु अश्रुपुर्ण नेत्र र मनमा पीडा बोकेर राजाको नारायणहिटीबाट बहिर्गमनको बेलामा राजा उपर आफ्नो विश्वास प्रकट गर्न जम्मा भएका थिए । दोश्रो घटनाको बेलामा राजसंस्थालाई पेवा मान्नेहरुको जमात हावी भै सकेको थियो तर यो संभावित क्षोभ टार्न केही प्रयत्न गर्नुको साटो पुत्ला जलाउन र भाषणमा आगो उकेल्न व्यस्त थियो । आफ्ना सहायक भन्ने ठानिएकाहरु आफुलाई आवश्यक परेको बेला आफ्नो साथमा नदेखे पछि राजाले “राजा आउ देश बचाउ” नारा लगाउनेहरुलाई त्यसो नभन्न र जनता आउ देश बचाउ भन्न अनुरोध गर्नु प¥यो । त्यस पछि काठमण्डौ फर्केका राजाको झलक एकै पटक जनताले दशैंमा मात्र देख्न पाए ।
जनतामा राजसंस्था प्रतिको आस्था छँदैछ, यो कुराको प्रमाण आफ्नो दलले गणतन्त्रको धार लिए पछि पनि दलको कारवाहीको परवाह नगरी राजाको सवारीमा स्वागतमा जुटेका त्यस्ता दलका कार्यकर्ताहरु हुन् । जसले अभैm कुनै न कुनै रुपको राजसंस्थाको नेपालमा आवश्यकता छ भन्छ
त्यसको आस्थामा शंका गर्ने ठाउ नहुनु पर्ने हो । जनता र राजाको बीचमा अभेध्य पर्खाल भएर रहेका केही आपूmलाई राजभक्त दावी गर्नेहरुको सानो जमातको कस्तो भुमिका रहेछ भन्ने कुरा त  “राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्र र धर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु ।” भन्ने राजाको पत्रकार सम्मेलन वक्तव्यको अंशले नै जनाउँछ ।
कठिन परिस्थितिमा राजाले उठाएको यो कदमको समर्थनमा जनता थिए र त दलहरुको आन्दोलनमा  औंलामा गन्न सकिनेहरुको सहभागिता थियो । जनता राजालाई साथ दिन चहान्थे तर राजालाई पेवा ठान्नेहरुको सानो जमातले जनतालाई राजासम्म र राजालाई जनतासम्म पुग्न दिएन । त्यसले यो परिस्थितिलाई मौका ठानेर स्वास्थ्र्य पुरा गर्न लाग्यो त्यसैको कारणले राजाको प्रयास असफल हुन पुग्यो । जब संविधानसभाको पहिलो निर्वाचन हुने भयो त्यस बेला यिनीहरु राप्रपा नेपालले चुनाव वहिष्कार गर्नु पर्छ भन्दै थिए । यिनीहरुले चुनावमा राप्रपा नेपाललाई हैन माओवादीलाई भोट दिनुस् भनेर भनेको चर्चा पनि आम भएको थियो । यदि चार जनाले विरोधमा मत नदिएका भए आज नेपालको गणतन्त्र सर्वसम्मत हुने थियो दुलामा पसेर लुकेकाहरु अहिले राजसंस्थाको समर्थनमा भएको दललाई राजमुकुटको नाम भजाएको आरोप लगाएर कारवाहीको धम्की दिने अवस्थाामा हुने थिएनन् ।
यस्ता तत्वहरु फेरी राजसंस्था प्रति आस्थावानहरुको आस्थाको दुरुपयोग गरेर आफ्नो प्रभाव देखाउन तल्लिन छन् । यदि आस्थावानहरु पहिले जस्तै यस्ताका बहकाउमा आए भने कुन अवस्था होला त्यो मनन् योग्य छ । हतियार र कारवाहीको चर्को कुराले  छिटै परिवर्तन चाहेको व्याकुल मनलाई क्षणिक आनन्द त देला तर त्यो कारवाही कसलाई गर्ने हो ? यसले जनताको मन जित्ला कि अझ कठोर बनाउला ? सोच्नु पर्ने विषय हो । पृथ्वीनारायण शाहले जनताको साथ लिएर नै, जनता रिझएर नै नेपालको जग बसाले । महेन्द्रले जनताको साथ पाएर नै नेपाललाई अन्तराष्ट्रिय मञ्चमा समेत स्थान दिलाउन सफल भए । भोलि जे जस्तो व्यवस्था होला त्यो ढिलो वा छिटो जनताको बलले नै हुनेछ ।
समर्थन गरेको जस्तो गरेर राजसंस्था आफुले स्थापना गराएको भ्रम दिएर राजालाई विगतमा जस्तो हमेशा अँध्यारोमा राख्ने प्रयत्न होईन भने अन्तरिम गणतन्त्रको यो करिब छ बर्षमा उनिहरुले कति समर्थक बनाउन वा समेट्न सफल भए त्यो लेखा दिनु पर्ने हुन्छ । तर वास्तविकता त के हो भने जनता आपैmले प्रयत्न गरेर बनाएको परिस्थितिलाई पनि बरु विभिन्न समुहमा विभाजन गर्ने र एक अर्कालाई लडाउने काम भएको छ । जो राजसंस्था समर्थक छन् उनीहरुले आपैm छातिमा हात राखेर भनुन् आजसम्म कति संगठनहरु आए र फोटो सहितको फारम भराएर लिएर गए । हुन सक्छ कसै कसैले यही अभियान भनेर देशमा वा विदेशमा रहेका आस्थावानहरुबाट चन्दा सहयोग पनि उठाएका होलान् ।
आज राजसंस्थाको विरोध गर्ने तागत गणतन्त्रका हर्ताकर्तामा कमजोर भएको छ तर राजसंस्थालाई आफ्नो मात्र सर्वाधिकार ठान्नेका कामका कारण राजसंस्था समर्थकहरु एकजुट हुन पाएका छैनन् । अर्को राजसंस्था समर्थक समुहको खोईरो खन्ने स्वघोषित राजावादी समुह वास्तवमा सिंगान पुच्छदै छैन नाकै काट्दै छ । यो नाक काट्ने काम गर्नेहरुको समर्थन गर्नेहरु आफ्नो लक्षलाई अझ टाढा पु¥याउँदैछन् । चुनाव होस वा नहोस जनताको साथ बढाउने काम हुनु पर्ने हो । कुनै पनि चुनौतीबाट भाग्ने हो भने त्यो हमेशा हार्छ चुनौतीको डटेर सामना गर्न डराउनेले के राजसंस्था पुर्नस्थापना गर्ला के देश जोगाउला । चमत्कारको आश गरेर बस्नुको साटो चुनौती स्विकार गरेर लड्नु पर्छ यो बाहेक अर्को बाटो छैन । नाक काटेको र सिंगान पुछेको चिन्नु आजको टड्कारो आवश्यकता हो । (प्रकाशित मिति ः २०७० कार्तिक ७ गते विहीवार)


SHARE THIS

Author:

Facebook Comment