श्रीमान हत्याको आसंकामा श्रीमती पक्राउ

सिन्धुली-
आफ्नै श्रीमान्को हत्या गरेको आसंकामा जिल्ला प्रहरी कार्यालयले श्रीमती सहित तीन जनालाई पक्राउ गरेको छ। यहाँको महादेवस्थान–८ महेश्वताका ४५ बर्षीय चन्द्रप्रसाद हुमागाई गत शनिबार मृत अवस्थामा भेटिएपछि उनको हत्या आसंकामा उनकै श्रीमती पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


शारीरीक रुपमा अपाङग रहेका हुमागाई आफ्नै घरमा मृत भेटिएपछि परिवारजनले भने आत्माहत्या गरेको बताउँदै आएका थिए। प्रहरीले आत्माहत्या नभई हत्या भएको भन्दै उनकी २४ बर्षीय श्रीमती सहित अन्य दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए। श्रीमानले आत्माहत्या गरेको भन्दै मृतककी श्रीमतीले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय कपिलाकोटका अधिकारीलाई शंका लागेपछि जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर पनेरुको नेतृत्वमा गएको प्रहरी टोलिले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेको नामावली भने प्रहरीले खुलाउन मानेन ।

गत शनिबार करिब दश बजे हुमागाई घरभित्र झुन्डिएर आत्माहत्या गरेको भन्ने खबर आएको थियो, पनेरुले भने–'परीवारकै खबरको आधारमा घट्नास्थल पुग्दा हुमागाई झुन्डिएको कोठा बन्द र झुन्डिएको प्रकृतिलाई हेर्दा शंका थपिएको छ ।'
-नागरिक न्युज 

SHARE THIS

Author:

Facebook Comment