जनकमान डंगोल
२०४५ सालमा नेपाली कांग्रेसका वरिष्ठ नेता स्व.गणेशमान सिंहको अगुवाइमा कम्युनिस्टहरुको घटकलाई संयुक्त बाममोर्चा बनाए पश्चात काँग्रेस तथा कम्युनिस्टहरु एक भएर तत्कालिन पंचायती व्यवस्था विरुद्ध आन्दोलन गरेका थिए । आन्दोलन त त्यो भन्दा पहिला पनि पटक पटक गरेका थिए तर सफल भएका थिएनन् । ने.काँ.का संस्थापक नेताहरु मध्येका मुख्य नेता स्व.बि.पी.कोइरालाले “कम्युनिस्टको संगत गर्नु हुँदैन र भर पनि पर्नु हुदैन” भन्ने मान्यतामा विश्वास राख्नु हुन्थ्यो, जुन कुरा अहिलेको परिप्रेक्ष्यमा आएर सत्य पनि साबित भएको छ ।
भारत तथा अन्य पश्चिमा राष्ट्रहरूको नेपाल सित कुनै दुश्मनी छैन तर राजनीति शास्त्रमा कोहि सत्रु पनि हुँदैन र कोहि मित्रु पनि हुँदैन भन्ने मान्यता छ । नेपालको उत्तरी छिमेकी दिन प्रतिदिन विकासको गतिमा लम्किंदै छ । चीनमा भएका विकास र त्यहाँको एकदलीय कम्युनिस्ट शासन पद्धति नेपालकोलागि ठुलो अभिशाप भएको छ भन्नुमा कुनै अत्युक्ति नहोला । हुन त मित्र राष्ट्र चीन सुरु देखि नै नेपालको राजतन्त्रलाई समर्थन गर्ने देश मध्येको एक नम्बरमा पर्दछ र त्यसो हुनुमा उसको देशको सामरिक
सवाल पनि जोडिएको छ । बिना कारण किन समर्थन गर्थे र !
छिमेकी चीनको दिन प्रतिदिन बढ्दै गएको शक्तिले गर्दा यतिखेर पश्चिमा राष्ट्र खासगरी अमेरिका तथा युरोपका केहि देशहरुको न दिनको भोक र न रातको निंद भएको छ । पश्चिमाहरू विस्तारवादी हुन् । उनीहरु आफूभन्दा ठुलो शक्तिशाली देश अरु भएको हेर्न चाहँदैनन् । एसिया महादेशको १ नम्बर शक्तिशाली देश अहिले चीन हो र संयुक्त राष्ट्र संघमा उसको पनि भिटो पावर लाग्छ ।
भारत पनि चीन पछिको दोश्रो शक्तिशाली देश देस हो भने नेपालको रोटी देखि बेटी सम्मको साइनो पनि उसित छ । भारत र चीनको बीचमा पटक–पटक युद्ध पनि भैसकेको छ । भारत पनि चीनको दिन प्रतिदिनको बढ्दो शक्तिबाट एक किसिमले आतंकित नै भएको छ । यहि कमजोरी थाहा पाएर नै पश्चिमा अझ खासगरी अमेरिकाले अहिले यतिखेर भारतलाई काखी च्यापेको छ ।
पश्चिमाहरूले चीनलाई चारै तिरबाट घेर्ने रणनीति बनाएका छन् । चीनको पूर्वमा रहेको जापानमा त उसको अखडा नै छ । हिरोसिमा नागासाकी परमाणु बम काण्डको फल । दक्षिण कोरियालाई औंलामा नचाउन सफल भएको छ । चीन प्रवेश गर्नलाई चाहिने सामरिक शक्तिको हिसावले मुख्य केन्द्र हो नेपाल । त्यहि गर्नलाई उसले वर्षौं वर्ष देखि साम, दाम, दण्ड र भेदको नीति अख्तियार गर्दैछ ।
कुनै पनि खेलमा एक खेलाडी घाइते वा अन्य केहि भएमा विकल्प पहिला नै तयार पारेर राखिएको हुन्छ । २०४६ साल पछी नेपालको राजनीतिमा पश्चिमाहरुले यहि नीति अवलम्बन गरेका छन् । अन्तरिम प्रधानमन्त्री स्व.कृष्ण प्रसाद भटराईले बि.पी.को मार्ग अंगाले जुन पश्चिमालाई सह्य थिएन । अनेक तिगडम गरेर भट्टराई पाखा लगाइए । कोइराला खानदानको राजनीतिमा स्व.गिरिजाको पनि देन भएता पनि २०४७ सालसम्म उनी त्यति प्रसिद्धमा थिएनन् । विकल्प राजधानीको नेताहरुको पनि हुन्थ्यो होला तर पश्चिमाको नजरमा गिरिजा जस्तो सहायक अरु कुनै हुन सक्दैनथ्यो । पटक पटक सत्ताको स्वाद चाखे स्व.गिरिजाले र अन्तिम अवस्थामा देशलाई नै कहिले पार नलाग्ने भूमरीमा फसाएर गए ।
पश्चिमा शक्तिले नेपालको सबै पार्टीमा खेल्ने मौका पाएको छ चाहे ती पुराना हुन् या चाहे ती नयाँ । एमाले जस्तो जनताको बिचमा अत्यन्त ख्याती कमाएको पार्टीलाई फुटाउनु देखि लिएर हाल कथित जनयुद्ध गरेर सत्ता र शक्तिमा आएको एमाओवादी पार्टीनै किन नहुन । माओवादी पार्टीबाट मातृका अलग्गिनु पर्ने कुनै कारण नै थिएन र पछि वैद्य खेमा पनी तर प्रचण्ड खेमा अहिले यतिखेर पश्चिमको अत्यन्त नजिक र प्रियमा पर्दछन् । त्यहि भित्र पनि विभिन्न गुट–उपगुट जन्माई दिएको छ । प्रचण्ड नभए बाबुराम, बाबुराम नभए नारायणकाजी नै सहि भन्नेमा छन् ।
२०६२।६३ को आन्दोलनमा काठमाण्डौको एक युवा जुन नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनको विद्यार्थी नेता “गगन थापा” बनेर उदाए । युवा त्यहि माथि विद्यार्थीको जोस । स्व. गिरिजाको अत्यन्त नजिक बन्दै काठमाण्डौको सडकमा उग्र नारा लगाई दिए । धर्म निरपेक्ष र लोकतन्त्र गणतन्त्र नेपाल कायम गर भन्दै कुर्लिए । नेपालको जनतालाई भाषण मिठो । ठोके ताली र यसरी नेपालको राजनीतिमा गगन थापा नामको पात्रको उदय भो ।
नेपाली कांग्रेसका पूर्व तथा मध्यकालको सबै नेताहरु अहिले पनि बि.पी.ले देखाएको बाटोमा हिंड्न चाहन्छन् । बि.पी.ले लिएको नीति भनेको “राष्ट्रियता, प्रजातन्त्र र समाजबाद” हो जुन भारत लगायत पश्चिमालाई बिल्कुल मान्य थिएन । मौकाको ताकमा थिए र उनीहरुको लागि फरिस्ता बनेर उदाय गगन थापा । सिधा र सहि अर्थमा भन्ने हो भने पश्चिमा तथा भारतले कम्युनिस्ट मन पराउँदैन र माओवादी पार्टी कम्युनिष्ट पार्टी हो । उपभोग गरे र अहिले उनीहरु वैकल्पिकको खोजीमा थिए यस्तोमा गगन थापा भेटिनु भनेको उनीहरुकोलागि सुनको अण्डा दिने कुखुरी नै हो ।
अब हुने मंसिर ४ गतेको निर्वाचनमा काठमाण्डौ क्षेत्र न ४ को पार्टीको पुरानो महिला नेता सुप्रभा घिमिरेलाई जिल्याउदै गगन थापाले चुनावी टिकट हात पर्न सफल भए । जसको कारणले गर्दा उक्त क्षेत्रमा पार्टीको पुरानो नेता सुप्रभा घिमिरे गगनको विरुद्धमा बागी उम्मेदवार बन्नु पर्यो ।
अध्यापन पेशाको साथसाथै लेखक, साहित्यकार तथा स्तम्भकार भनेर परिचय बनाएका सुदुर पूर्वका खगेन्द्र संग्रौलाले पनि काठमाण्डौ क्षेत्र न ४ चावहिलमै महल ठड्याएका छन् । अध्यापन र पत्रिकामा लेख्दैमा संग्रौला जस्तो चरम गरिबी भोगेका व्यक्तिले राजधानीमा घर जग्गा जोड्नु भनेको सगरमाथा माथिको विजय प्राप्त गर्नु जस्तै हो तर सगरमाथा चढ्नलाई प्रायोजक चाहिन्छ ।
मिति २०७० कार्तिक २ गते काँग्रेसी उम्मेदवार गगन थापा आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने चावहिलमा पर्ने वडा नम्वर सातको मिमिर्रे टोलमा पुग्दा बाम बुद्धिजिवी तथा लेखक र स्तम्भकार खगेन्द्र संग्राौलाले हादिर्कतापूर्वक स्वागत गर्दै थापालाई घरमा लगेर टीका लगाइ विजयको शुभकामनासमेत दिएका थिए भने घरमा थापालाई विजयको शुभकामना दिएका संग्रौला दम्पती त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत गएका थिए । खगेन्द्र संग्रौला काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुसँगै थापाको लागि मत माग्न घरदैलोमा समेत पुगेका हुन् । (मिति २०७० कार्तिक २ गते सेतो पाटि अनलाइन खबर पत्रिकामा छापिएको समाचारको केहि अंश) ।
गगनको पृष्ठभूमि कांग्रेस र खगेन्द्र संग्रौलाको बामपन्थी । बि.पी.को सिद्धान्तको ठ्याक्कै उल्टो । हुन त गगन थापा तिनै युवा नेता हुन् जसले आज भन्दा केहि महिना अगाडी सम्म आफ्नै पार्टी सभापतिको खोइरो खन्ने गर्थे । जसरि खगेन्द्र संग्रौैलाले समकालिनको खोइरो खन्छन् गगनले पनि त्यस्तै गरे ।
गगन थापा अहिलेको युवा पुस्ताको लोकप्रिय नेता हुन् । भाषण मिठो गर्छन् र भीड जम्मा गर्ने खुबी छ । हिजो उग्र र चर्का नारा लगएको बापतमा सबैको नजरमा बसिसकेका छन् । जसरी खेलमा एक्स्ट्रा अर्थात वैकल्पिक खेलाडी राखिन्छ त्यस्तै उनि पनि बैकल्पिकमा परेका व्यक्ति हुन् । नेपालको राजनीतिमा हिजो पञ्चको पालामा सुर्य बहादुर थापा, प्रजातन्त्रपछि कांग्रेसमा कृष्ण प्रसाद सिटौला, एमालेमा माधव नेपाल अहिलेको शक्तिशाली एमाओवादी पार्टीमा क.प्रचण्ड छन् । सधै एकै व्यक्ति एकै स्थानमा खट्न पनि सक्दैनन् । शक्तिशालीले उ पछी उ गर्दै बैकल्पिक तयार पार्दै गएका छन् । उदाउँदो तारा देखेर नै खगेन्द्र संग्रौला गगन पट्टी लहसिएका हुन् भन्नेमा कुनै शंका छैन । बिना दाम गर्दैनन् संग्रौला काम भन्ने त आहान नै बनिसकेको छ । “अस्तु” (प्रकाशित मिति ः २०७० कार्तिक ७ गते बिहीवार)