याशिन राई
युगको आदिम कालदेखि नै स्त्री पुरुष बाँच्नको लागि संघर्ष गर्ने क्रममा उस्तै भव–भूमीका खेल्दै आएका थिए । पुरुष सँगसँगै स्त्रीले पनि शिकार खेल्दथे । प्रकृतिले नै स्त्री पुरुषलाई दिएको भिन्नता के हो भने स्त्रीले बच्चा जन्माउनु पर्छ अनि उनि बढी ममतामयी, स्नेही, सहनशील, विनम्रता र कोमल हुन्छिन् । जुन गुण पुरुषमा अलि कम हुन्छ । सायद यसैले स्त्रीलाई धर्ती जस्तै महान भनिएको हुनु पर्छ ।
यसरी शारीरिक रुपमा स्त्री पुरुष भन्दा केहि कमजोर भए पनि मानसिक रुपमा कुनै कम छैनन् । घरको पारिवारिक बनावटदेखि सामाजिक संरचना र राष्ट्र निर्माण गर्न उनीहरुको उदाहरणीय र प्रसंशनीय योगदान रहेको छ । इमान्दारितापूर्वक भन्नु पर्दा इतिहासका पानामा अहिले जीवित नामहरुको पछाडी कुनै न कुनै रुपमा स्त्रीहरुको हात र संलग्नता रहेको छ । चाहे ती विश्व बिजेता नै किन नहुउन । यसैले त भनाइ नै छ हरेक सफल पुरुषको पछाडी नारीको हात हुन्छ । यसको अर्थ नकारात्मक नलागोस् यहाँ नारी बिना पुरुष असफल हुन्छन् भन्न खोजिएको भने होइन ।
शताब्दीको यस चौखटमा आइपुग्दा महिलाहरुको सामान्यदेखि अकल्पनीय सम्मको उतार– चढाबहरु खेप्दै र बेहोर्दै आएका छन् । चाहे त्यो पश्चिमी मुलुकमा होस्, चाहे पूर्वीय राष्ट्रहरुमा होस् महिलामाथिको बेदना व्यक्त गर्न र सम्झिन लायकका छन् । नारी बिनाको परिवार, समाज र राष्ट्रकै परिकल्पना गर्न सक्दैनौं तर समयसँगै आएको परिवर्तन कतै खपी सक्नु छैन भने कुनै ठाउँमा पची सक्नु छैन । यसको आशय के हो भने परिवर्तनको नाममा कतिले बढी घ्यू पाए झैं भएका छन् भने कुनै ठाउँमा कल्पनै
गर्न नसकिने नारकीय जीवन जिउन नारीहरु अझैं बाध्य छन् । विशेष गरि पूर्वीय राष्ट्रका महिलाहरुले भोग्नु परेको तितो यथार्थ भने हामी यति सजिलै भुल्न सक्दैनौ ।
समयसँगै परिवर्तनको चेतनाले सकारात्मक परिवर्तन ल्यायो तर कतिले दुरुपयोग गरिरहेका छन् त कतिले उपयोग नै गर्न पाएका छैनन् । समय समयमा समाजमा यत्र तत्र महिला समानताका, अधिकारका आवाजहरु घन्किन्छन् । तर जतिनै यस्ता शंख घन्किए पनि गुफा बाहिर लागेको सूर्य झैं भएको छ । र यस्ता अधिकार र समानताका नाराहरु घन्की रहँदा अथवा कहिले काहीं सडक तातिंदा राम्रो होइन बल्की नमिठो लाग्छ । अधिकार सडक तताएर होइन, मंच तताएर होइन बल्की चेतना रुपी शिक्षाको ज्योति बालेर हुन्छ ।
हाम्रा केहि हजुरआमा र आमाहरुले पक्कै नारकीय जीवन बिताउनु परेको थियो त्यसको पछाडी अशिक्षा र गरीबी मुख्य कारण थिए । र हामीले भुल्न नहुने अन्धविश्वास रुढीवादी पनि हो । तर अहिले त्यो छैन । सायद केहि स्थानमा जीवित छन् धेरै ठाउँमा छैनन् । समान अधिकारकोलागि मानसिक रुपमा बलियो र सवल भै पुरुषसँग त्यो जुवामा नारिन सक्नु पर्छ साबित गर्नु सक्नु पर्छ । अनि हामी कसैबाट हेपाइ र चेपाई पाउने छैनौं तर कुर्सीमा बसेर अधिकार माग्दा पक्कै हास्यास्पद हुन्छ । हो पक्कै पनि सामाजिक रुढीवादीले महिलाहरुलाई चुला चौकामा सिमित राखेको थियो तर अब त्यो दैलो बन्द छैन । तसर्थ महिला अधिकारका स्ट्यानडर्ड डिमाण्ड विदेशी परफ्युम झैं समय समयमा सडकमै सुगन्धित हुँदा कतिले टिठ लाग्दो दृष्टिले हेरेको पाइन्छ ।
महिला अधिकार, महिलाहरुले कोसँग माग्दै छन् ? कहिले, कसले खोसेको थियो ? यकिनन युगिनकाल देखि स्त्रीले बच्चा जन्माए पछि घरमा रहिन् पुरुष जस्तो जता ततै उड्न, हाम्फाल्न सकिनन् होला तर त्यसलाई अधिकार खोसिएको भन्न मिल्दैन । अधिकार त स्त्री पुरुष दुइबैलाइ स्वतः प्राप्त छ । समयन्तराल्मा पुरुषले बाह्य र स्त्रीले घर परिवार सम्हाल्दै आउँदा कालान्तरमा नीति नियम बन्दै गए मान्छेले बनाउदै गए अनि चेतनाको बिकाश हुँदै जाँदा सामाजिक बनावट आफै कसिंदै गयो । स्त्री परिवारको खुशीमा तल्लिन भइन् पुरुषमा झन् उत्तरदायित्व थपिंदै गयो । यस्तै उतार चढावको गोरेटो उकाली ओराली गर्दै हामी यहाँसम्म आइपुग्दा अब स्त्रीले अधिकार माग्न सक्ने भए । यो नराम्रो होइन तर अधिकार पाउन आफ्नो बौद्धिक क्षमतालाई पनि उत्तिकै सबल र बलियो बनाउनु पर्ने हुन्छ । अधिकार सजाउनको लागि होइन प्रयोग गर्नुलाई हो ।
विशेष गरि हाम्रै समाजको कुरा गर्दा शिक्षाको ज्योति त्यो रुढीवादीको खोपी भित्र सम्म पुग्नु पर्छ अनि नारी आफै सबल हुन्छे । समाजमा समानताका नाराहरु अनि घन्किने छैनन् । यहाँ (समजामा) देश भन्दा बाहिरका बुद्धि बिक्री भएको देखिन्छ । अनि त नारी समानताका नाराहरु तारे होटेलका चिल्ला टेबलमा सम्पन्न हुन्छन् अनि खोक्रो खाकाहरु राम्र खातामा लेखिन्छन् अनि धुलो लागेको दर्जा लुकाइञ्छन् । आफ्नो बुत्ताको आंकलन गर्न नसक्नेले यसो गर्छ जुन हाम्रा समाजका उदाहरण हुन् ।
यहाँ दुःखका साथ भन्नु पर्छ पुरुषले नारीलाई होइन नारीले नै नारीलाई दबाएको छ, शोषित गरेको छ अनि नारी नारी बाटै पीडित छ । उदाहरण लिऊँ एक महिला सासु भएपछी आफु बुहारी भएको बिर्सिन्छ । छोरीको पीडामा दुख्ने उनी आफैले बुहारीलाई गरेको व्यवहार नजरअन्दाज गर्छ । छिमेकीले गरेको प्रगति देखेर हामी पनि कसरी प्रगति गर्ने भन्ने तिर सोच्दैनौ अब त्यसलाई कसरी गिराउने यस्तो नकारात्मक सोच उत्पन्न हुन्छ । यो पछिल्लो प्वाइन्ट सायद आम मा होला तर अलि बढी स्त्रीमा होला ।
घरायसी तानतुन चुला–चौकामा व्यस्त महिला पछिल्लो समयमा विदेशी सिरियल र टिभी च्यानलले निकै नकारात्मक प्रभाव पारेको छ । सडक देखि सदन सम्म उनीहरु पुरुष झैं सक्रिय देखिए पनि जति हुनु पर्ने त्यति हुन सकेको छैन र सम्झंदा दुःख लाग्ने पाटो अझै नारीलाई विभिन्न कारण शारीरिक र मानसिक यातना दिने क्रम रोकिएको छैन यसको विरुद्ध नारी मात्र होइन पुरै समाज उठ्नु पर्छ तर जहाँसम्म महिला अधिकारको कुरो छ यो भने थपक्क आराम चेयरमा बसेर पाइँदैन । जसले नबुझी अधिकार पाउँछ त्यसको दुरुपयोग हुन्छ भनेर बुझे हुन्छ । यसको अनर्थ नलागोस यहाँ नारीले पुरुष समान अधिकार पाउनु पर्छ त्यसको लागी ऊ हरेक पक्षबाट सक्षम हुनु पर्छ त्यो सक्षमता शिक्षाले दिन्छ । अहिले शिक्षामा पनि समानता आएको छ तर सामाजिक सोचमा भने त्यति परिवर्तन भै नसकेको अवस्था छ । त्यसको लागि नारी पुरुष दुइबै नै एक भै उभिनु पर्छ । तसर्थ लडाई पुरुष सँग होइन अधिकारसँग र त्यो अधिकारको लागि हामी आफै जागरुक हुनु आवश्यक छ । (प्रकाशित मितिः२०७० कार्तिक ७ गते विहीवार)