वीरगंज ।
सवारी करको नाममा हाकाहाकी रंगदारी कर असुली गरि रहेको भए पनि स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेको पिडितहरुले गुनासो व्यक्त गरेका छन् ।
पर्सा जिल्ला लिपनीविर्ता गाविसबाट लगाईएको सवारी कर असुलीको ठेक्काका ठेकेदारले मापदण्ड विपरित सवारी साधनबाट जबरजस्ती रकम असुली गरि रहेको सम्बन्धमा पटक–पटक पर्सा प्रहरीलाई जानकारी गराउदा पनि नियन्त्रण नभएको पिडितहरुले गुनासो गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी पोष्ट गण्डक र प्रहरी चौकी परवानीपुरको क्षेत्रमा पर्ने लिपनीविर्ता गाविसका ठेकेदारले लिपनीविर्ता गाविस स्थित गण्डक नहर सडक र परवानीपुर स्थित अम्बे सिमेन्ट अगाडि गुण्डाहरु लगाएर गाविसले तोकेको मापदण्ड अनुरुप ठुला सवारी साधनको रु. २० को साट्टो रु. १ सय असुली गरि रहेका छन् भने भारतीय सवारी साधनबाट भारु. १ सय देखि १ सय ५० सम्म असुल उपर गर्दै आएको प्रत्यक्ष रुपमै देखिने गरेको भए पनि प्रहरी मुखदर्शक बनेको पिडितहरुको आरोप छ ।
श्रोतका अनुसार लिपनीविर्ता गाविस अन्तर्गत रहेको उद्योगहरुमा
आउने तथा सो गाविसको बाटो प्रयोग गर्ने मालवाहक ट्रकहरु दैनिक झण्डै २ सय भन्दा बढी पुग्ने गरेको छ ।
ठेकेदारका गुण्डाहरुले भने ट्रक चालकहरुलाई तोकिएको भन्दा बढी रकम नउठाए थानाहरुमा दिनुपर्ने रकम कहाँबाट दिने भन्दै हाकाहाकी धम्क्याएर रकम असुली गर्ने गरेको प्रत्यक्ष दर्शीहरुको भनाई छ ।
एक भरपर्दो श्रोतका अनुसार ठेकेदार त्रिलोकी कुशवाहाले वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुखलाई मासिक रुपमा रु. २० हजार, प्रहरी चौकी परवानीपुर रु. १५ हजार र प्रहरी पोष्ट गण्डकलाई रु. १५ हजार मासिक रुपले दिने गरेको दावी गरेको छ ।
यस सम्बन्धमा लिपनीविर्ता गाविस सचिव सँग बुझ्दा उनले गाविसले मापदण्ड तोकेर पत्र ठेकेदारलाई दिए पनि जबरजस्ती रकम असुली गरेको सुन्नमा आएको भए पनि कारवाही गर्ने अधिकार आफ्नो नभई प्रहरीको रहेकोले केहि गर्न नसक्ने बताउनु हुन्छ ।
लिपनीविर्ता गाविसका ठेकेदार द्वारा जबरजस्ती रकम असुली गरि रहेको सम्बन्धमा सप्रमाण यस अघि पटक–पटक विभिन्न संचार माध्यममा समाचारहरु प्रकाशन भई सकेको भए पनि यसरी ठेकेदारका पाल्तु गुण्डाहरुले गर्ने गरेको जबरजस्ती रकम असुली सम्बन्धमा पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंह सँग पटक–पटक जिज्ञासा राख्दा उहाले हेर्छु भन्ने बाहेक नियन्त्रणको प्रयास नगरेको रंगदारी असुलीको निरन्तरताले छर्ल· छ ।
यसै बीच यस दैनिकलाई यहि जेष्ठ १४ गते सो गाविसका ठेकेदारका गुण्डाहरुले एक ट्रकलाई रु. १ सयको सवारी कर रसिद नम्बर २१५४४ समेत प्राप्त भएको छ ।
यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय सँग जिज्ञासा राख्दा उहाले प्रमाण फेला परे यथाशिघ्र कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।