आर.सि.एनबाट
वीरगंज। पर्सा स्कुल ग्रुपले प्रत्येक वर्ष झै यस बर्ष पनि बालबालिकाहरुको नेतृत्व बिकास एवं बौद्धिक बिकासको क्षामता बढाउनको लागि चित्रकला, हिज्जे र लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
सो चित्रकला प्रतियोगिता कार्यक्रममा प्रथम एन्जल बोर्डिङ्ग स्कुल मुर्लीका शम्भु केसरी, दोस्रो एन्जल बोर्डिङ्ग स्कुल मुर्लीका विनिता पन्त र तेस्रो मदर ल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुल छपकैयाका नवनित श्रीवस्ताव हुनु भएको छ ।
भने हिज्जे लेख्न प्रतियोगिताको प्रथम स्थानमा मदर ल्याण्ड बोडिङ्ग स्कुलका आनन्द उपाध्याय, दोस्र्र्र्रो स्थानमा ज्ञनोदय सेकेण्ड्री स्कुल मुर्लीका गायत्री क्शवहा, र तेसा्रे स्थान ज्ञानोदय सेकेण्ड्री स्कुलको सुजित कुमार महतो हासिल गरेका छन ।
त्यसै गरी राइटिङ्ग तर्फ प्रथम ज्ञानोदय सेकेण्ड्री स्कुलका प्रिसिकय
चौधरी, दोस्रो स्थान मदर ल्याण्ड इङ्गलिस बोर्डिङ्ग स्कुलका तवरेज आलम र तेस्रो स्थान ज्ञानोदय सेकेण्ड्री स्कुलका आशिष कुशवहा रहनु भएका थिए ।
उक्त प्रतियोगितामा बिजेता बिभिन्न बिधालयका बिधार्थीहरुलाई आज होटल सम्झानामा पुरस्कार बितरण कार्यक्रमकाृ आयोजना गरयो ।
सो पुरुस्कार बितरण कार्यक्रमको प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय पर्साका साहायक जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक रहनु भएको थियो ।
भने कार्यक्रमको अतिथीमा रिपोर्टस क्लब नेपाल मधेस क्षेत्रिय संयोजक कन्हैया गुप्ता, एन्जल बोर्डिङ्ग स्कुल तथा श्री भवनी अस्पताल वीरगंजका डाईरेक्टर राम श्रेष्ठ, एभिन्युज टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख एवं प्रतियोगिताका निर्णयक राजु श्रेष्ठ, निर्णयक पदम तमाङ्ग, प्रिन्सिपल अन्जन गुप्ता, प्रिन्सिपल प्रमोद रायमझी लगयातले उक्त प्रतियोगितामा बिजेता बिधाथीहरुलाई मेडल तथा शिल्ड प्रदान गर्नु भएको थियो । भने अन्य प्रतियोगितामा लिने बिधाथीहरुको उच्च मनोबल बढाउनको लागि कार्यक्रममा आ आफनो बिचार समेत ब्यक्त गरेका थिए । सो कार्यक्रमको सभापति मदर ल्याण्ड बोर्डिङ्ग स्कुलका संस्थापक एवं अध्यक्ष नन्दन यादवको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत भाषण प्रिन्सिपल राजेश लिम्बुले गर्नु भयो । भने कार्यक्रम संचालन प्रिन्सिपल कुमार क्षेत्रीले गर्नु भएको थियो ।