राप्रपा नेपालको कार्यकर्ताले पैसा फिर्ता गरे

क्राइमचेक प्रतिनिधि/
वीरगंज/राप्रपा नेपालको कार्यक्रममा खर्च गर्न भनि सापटी लिएको रकम एकजना कार्यकर्ताले करिब तीन वर्षपछि फिर्ता गरेका छन् ।

पूर्ण प्रसाद चौलागाईं नाम गरेका राप्रपा नेपालका कार्यकर्ताले एकजना महिलासँग पछि फिर्ता दिने गरी लिएको सापटी रकम फिर्ता माग्दा चौलागाईले फेसबुकबाट फोटोहरू लिई दुरुपयोग गर्ने लगायतका ब्लैकमेलिङ गर्दै आएका थिए । सो सम्बन्धमा पीडित महिलाले राप्रपा नेपालका उपाध्यक्ष राजिव पराजुली देखि शीर्षस्थ नेता र सभासदहरूलाई बारम्बार जानकारी गराउँदा पनि पार्टीले उनको पैसा फिर्ता नगराएपछि ती महिला स–प्रमाण महानगरीय अपराध अनुसान्धान महाशाखा काठमाण्डौका प्रमुख एस.एस.पी. सर्वेन्द्र खनाल कहाँ न्यायको लागि पुग्दा खनालले आवश्यक अनुसन्धान पश्चात ती कार्यकर्तालाई प्रहरीमा झिकाएर पीडित महिलाको रकम फिर्ता गराएका हुन् ।

पटक पटक गरि ६५ हजार रुपैयाँ लिएपनि ती महिलाले ३५ हजार रुपैयाँको प्रमाण मात्र जुटाएका कारण चौलागाईंले प्रहरीको रोहबरमा ३५ हजार रुपैयाँ फिर्ता गरेको पीडित महिलाले क्राइम चेकलाई बताउनु भयो ।
चौलागाईंले अनेकौं महिलासँग नजिकिएर रकम ठगि गर्दै हिंड्ने तथा रकम माग गर्दा ब्लैकमेलिङ गर्ने गरेको बताइन्छ । दुई वर्षसम्म पार्टीका विभिन्न नेता, सभासद र मन्त्रीलाई बारम्बार भनिरहँदा पनि फिर्ता नगराउनुले राप्रपा नेपाल पनि ठगहरूकै समर्थक पार्टी रहेको ठहर गर्दै ती महिला प्रहरी वरीष्ठ उपरीक्षक सर्वेन्द्र खनालकोमा पुग्दा दुई दिनमै पैसा पैसा फिर्ता पाएकी थिईन् । प्रहरी संगठनमा सर्वेन्द्र खनालजस्तै अन्य प्रहरी अधिकारीहरु पनि भइदिने हो भने चौलागाईं जस्ता ठगहरुबाट समाजलाई छुटकारा पाउने ती महिलाको दाबी छ ।
प्रकाशन मितिः २०७३ वैशाख ०२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment