यतिखेर संकटमा छन । विश्वका समग्र मनुष्य जातिलाई संभावित दूर्घटनाबाट सुरक्षित हुनका लागि सचेत र सतर्क बनाउने काम भइरहेको छ । त्यो सतर्कता भनेको हाम्रो आचार विचार र जीवनशैलीलाई सुधार गर्नु हो । सकारात्मक परिवर्तन र रुपान्तरण नै पवित्र क्रान्ति हो । क्रान्ति भनेको एक मनुष्यले अर्को मनुष्यमाथि प्रहार र विनास होइन । सबैलाई सही बाटो, एउटै शान्ति र विकासको मूल बाटोमा हिंडाउन सक्नु नै असल क्रान्ति हो । बर्तमानमा विश्वमा भइरहेको क्रान्ति एउटै प्रवृत्ति भएका मानिसहरु बीच एकले अर्कोको अस्तित्व समाप्त पार्न भएको क्रान्ति हो । क्रान्तिले क्रान्ति जन्माएको छ, कहिं कतै शान्ति छैन । सकारात्मक सोच, सिर्जनात्मक चिन्तन र सामूहिक विकासका अवधारणा र कार्यान्वयनबाट परिवर्तनका अभूतपूर्व उपलब्धिहरु हासिल गर्न सकिन्छ । कुनै भूगोलमा बसेको सामान्य मानिसको असाधारण विचारबाट देश र जनताको सर्वोत्तम हित हुन्छ । बर्तमान राजनीति व्यवस्थामा सामाजिक व्यवस्थामा अव्यवस्था छ । अनशासनहीन काम कारबाही अघि बढेका छन । जताततै कोलाहल छ तर विज्ञान र प्रविधिको गानि रोकिएको छैन । चरम विकास भएको छ । धनी धनी भइरहेको छ तर सबै धनी हुने अवसर खिइदै गएको छ । धनी र गरिब बीचको लडाइ जारी छ । आफ्नो स्वार्थ र हितका लागि राष्ट्र–राष्ट्र, व्यक्ति–व्यक्ति लड्दा सामूहिक स्वार्थ ध्वस्त भएको छ । विश्वनै ध्वस्तको संघारमा उभिएको छ । प्राकृतिक असन्तुलन, मानवकृत प्रदूषणले प्राकृतिक बिपत्ति, बिनाश र अधर्मलाई मलजल पुगिरहेको छ । खगोल भूगोल र बनस्पतिसँग सँगै प्राणी जातिको आरोग्यको कामना गर्ने र आरोग्यमय तुल्याउने प्रविधि मनुष्यताको उपल्लो श्रेष्ठतामा सुरक्षित छ । देव शक्ति छ मनुष्यमा ।
शास्वत सत्यलाई कसैले नकार्न सक्दैन – सन्तोषकुमार मिश्र

Nepalese Rupee Exchange Rate