क्राइमचेक प्रतिनिधि।
वीरगंज।गएको एक वर्षयता नारायणी अंचलका जिल्लामा आपराधिक गतिविधिले व्यापकता पाएको घटनाहरू सार्वजनिक हुन थालेका छन् ।
नारायणी अंचल अन्तरर्गतका खासगरी पर्सा, बारा, रौतहतजिल्लाका शहरी एवं ग्रामिण भेगमा विभिन्न खाले अपराधिक कृयाकलाप बढ्दो छ । घरेलु हिंसा, महिला हिंसा, बोक्सीको आरोपमा महिलालाई यातना, दाइजो नलाएको आरोपमा जिउँदै जलाउने देखि लिएर घर निकालासम्म, त्यस्तै चोरी डकैती अपहरण, चन्दा आतंक, हत्या, हिंसा र बलात्कारका घटनाले केही दिन यता व्यापकता नै पाएको छ । त्यस्तै लागु औषध कारोबार, तस्करी, वनजंगल फँडानी, गिट्टी बालुवा निकासीलगायतका अवैध कारोबारले नारायणी अंचलमा व्यापकता पाएको छ ।
यी यस्ता अवैध र कानुनले अवैध अर्थात गर्न नहुने ठहर गरेका कृयाकलापहरू गराउन यस क्षेत्रमा देशका भित्री र बाहिरी अपराधीहरू सक्रिय छन् । कानुनले बन्देज अर्थात रोक लगाएको कुनै पनि काम अपराध हो तर प्रहरी प्रशासनले आँखामा पट्टी बाँधेर काम गरेको देखेर अपराधीहरू अंचलमा सक्रिय भएका हुन् ।
बिगत केहीसमय यता पूर्व–पश्चिम लोकमार्गसँग जोडिीएको बारा निजगढ बजार अपराधीको तारो बन्दै गएको छ ।
एकपछि अर्काे गर्दै आपराधीक गतिबिधी बढ्दै गएपछि निजगढ
बजार अपराधको केन्द्रको रुपमा विकसित भएको स्थानियबासिन्दाको भनाई छ । निजगढ गाविसमा विगत एकवर्षदेखि झण्डै आधादर्जनको हाराहारीमा अपहरण तथा एकदर्जनको हाराहारीमा बलत्कार तथा हत्याका घटनाहरु घटेका छन् ।
अपहरणका अधिकांश घटनामा प्रहरीले अपहरितको अवस्था पत्ता लगाउन नसक्ने वा अपहरित आफैं सकुशल उम्किन सफल भएपनि अपहरणकारीलाई पहिचान गर्ने र पक्राउ गरेर कारवाही गर्न सक्ने अवस्थामा प्रहरी पुग्न नसक्दा अपराधीहरुले उन्मुक्ती पाउँदै आएका छन् ।
पछिल्लो समयमा गत भदौं ३१ गते स्थानीय पशु स्वास्थ्य कार्यकर्ता भगवान बडाल अपहरणमा परेका छन् । उनी जीवितै छन् वा उनको अवस्था के छ भन्ने बारे अझैसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
अपहरणकारीले बडालका आफन्तसँग १० लाख रुपैया फिरौती लिएपनि उनी घर नफर्किएकाले विभिन्न शंका उपशंका उब्जिएको छ ।
गत वर्ष असोज २५ गते अपहरणमा परेका निजगढ गाविस ८ का इन्द्र प्रसाद चौलागाई र भिमलाल श्रेष्ठको अवस्थाबारे अझैसम्म प्रहरीले कुनै जानकारी दिन सकेको छैन । स्थानीय बकैया सामुदायिक वन उपभोक्ता समितिका वन हेरालु रहेका चौलागाई र उपभोक्ता श्रेष्ठ घास दाउरा गर्न जाँदा गाउको पूर्वतर्फको जंगलबाट अपहरणमा परेका थिए ।
बिरामी परेको भनिएको भैंसीलाई उपचार गर्न भन्दै स्थानीय एक महिलाले बोलाएर लगेपछि उतैबाट बडाल अपहरणमा परेका हुन् । दुई वर्षअघि रतनपुरी गाविसका सचिव आस महम्मद अंसारी र रौतहट फतुवाहर्साहाका कुखुरा व्यवसायी टेकनाथ पौडेल अपहरणकारीलाई १० लाख रुपैयाँ नगद बुझाएर मुक्त भएका थिए । अंसारी र पौडेल पनि निजगढको पश्चिमपट्टिको तामागढी जंगलबाट अपहरणमा परेका थिए । अन्सारीको अपहरणमा बाहेक अन्य घटनाका मुख्य अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
अपहरणका घटना बढ्दै गएपछि नगरोन्मुख निजगढको विकासमा ग्रहण लागेको उद्योग वाणिज्य संघ निजगढका उपाध्यक्ष मुकुन्द लामिछानेले बताउनुभयो ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले ११ दिनभित्र बडाल, चौलागाई र श्रेष्ठ अपहरण घटनाको अनुसन्धानमा भएको प्रगति विवरण पेश गर्ने प्रतिवद्धता जनाएको कैयौं दिन बितिसकेको तर प्रहरीले घटनाका सम्बन्धमा के कस्तो प्रगति हासील गरेको छ त्यसको जानकारी समेत निजगढ बासीलाई नभएको र सुरक्षा ब्यबस्था खस्किदै गएपछि निजगढको भबिष्य खतारामा रहेको स्थानिय बासिन्दाहरुले बताएका छन् ।
बडाल अपहरणको घटनामा अनुसन्धानको नेतृत्व सम्हालेका नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजका बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले असोज १६ भित्र बडाल, चौलागाई र श्रेष्ठ अपहरणकोे सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता गरेपछि स्थानीयले बडाललाई अपहरण मुक्त गराउन भनि शुरु गरेको आन्दोलन रोकिएको थियो । अपहरणका श्रृखला बढेपछि त्रसित स्थानीय सुरक्षाको माग गर्दै बजार र पुर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेर सकडमा उत्रिएपछि वरिष्ठ उपरिक्षक खनालले इप्रका निजगढ पुगेर अपराधी पत्ता लगाउने आश्वासन दिएका थिए ।
उत्तरमा चुरे पहाड र तीन तिर जंगलले घेरिएकोले निजगढमा सुरक्षा चुनौति थपिएको भन्दै अंचल प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले आफ्नो अकर्मण्यताको परिचय दिएका थिए । उनले निजगढमा भनेका थिए “घना जंगलमा अपराधिलाई मान्छे लुकाएर राख्न र फिरौति बुझ्न पनि सजिलो भएको छ ।” खनालले अनुसन्धान तिब्र पारिएकाले अपराधी चाडै पक्राउ पर्ने दावी समेत गरे ।
निजगढ बजारमा भेटेनरी पसल गरेर बसेका पशु स्वास्थ र कृषि प्राविधिक बडाल बिरामी भैंसीलाई खोप दिन जाने क्रममा जंगलबाट अपहरणमा पर्नुभएको हो । घरमै बोलाउन आएपछि बडाल एक परिचित महिलासंगै मोटरसाइकलबाट रौतहटको कनकपुर गाविस–८ सिम्री जादै थिए । गस्तीको क्रममा सोही जंगलबाट गत साल असोज २५ गते अपहरणमा परेका बकैया सामुदायिक वन उपभोक्ता समुहका हेरालु चौलागाई र श्रेष्ठका आफन्त रकम बुझाउन तयार भएपछि अपहरणकारीले परिवारसंग सम्र्पक गर्न छोडेका छन । “मोवाइलमा फोन गरेर रकम मागेका थिए”, “दिन्छौ तर फेरि एक पटक बुबासंग कुरा गराउनुपर्छ भनेपछि फोन आउनै छाड्यो ।” चौलागाईकी छोरी रमिलाले भनिन । अपहरणकारीले चौलागाईको मोबाइलबाट धम्काएर आफन्तसंग १०।१० लाख रुपैया फिरौति माग्दै आएका थिए । सचिव अन्सारी र पौडेल भने निजगढको पश्चिमतर्फ पर्ने तामागढी जंगलबाट अपहरणमा परेका हुन् । लगातार फोन गरेर रकम मागिरहदा पनि प्रहरीले अपराधी पत्ता लगाएर मुक्त पार्न नसकेपछि आफन्तले रकम बुझाएर उनीहरुलाई घर फर्काएका थिए ।
यसअघि पनि पर्सा, बारा लगायतका क्षेत्रबाट विभिन्न अपहरण, फिरौतीका र हत्याका श्रृङ्खलाहरू जारी नै रहेको अवस्थामा नारायणी अंचलभरी नै आपराधिक गिरोह सक्रिय हुनुले प्रहरीको काम कारवाहीमाथि प्रश्नचिन्ह खडा गरेको छ ।
मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको मुखमा आएर समेत स्थानीय प्रशासनले शान्ति सुरक्षालाई सुदृढ पार्न नसकेकै कारण बारा निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवारको महमुद आलमको गोली हानी हत्या गरी अपराधीले सजिलै उन्मूक्ति पायो ।
यसरी नारायणी अंचलमा अपारधीहरूले विभिन्न खाले आपारधिक गतिविधि संचालन गरिरहँदा समेत प्रहरीले कुनै सफलता हासिल गर्न नसकेको देखेर यस क्षेत्रका जनताहरू “राम भरोसे” बाँच्न बाध्य भएका छन् । क्रमशः
प्रकाशित मिति २०७० कार्तिक ०७ गते बिहीवार