सन्तोष मिश्र
एकातिर नामधारी पत्रकारहरूले पत्रकारिता पेशाको बदनाम गराइरहेका छन् भने अर्कोतिर विकृति, विसंगतिका विरुद्ध कलम चलाउने पत्रकारहरूलाई “मेरो बारेमा समाचार किन लेखिस्” भन्दै गलत काममा लागेका व्यक्तिहरूले कुट्ने, मार्ने धम्की दिने, गाली बेइज्जति गर्ने, मानसिक टर्चर गर्ने गरेका छन् । पत्रकारको परिचय पत्र बोकेर लागु पदार्थ ओसार पसार, बिक्री वितरण, नक्कली भारतीय नोटको कारोबार, राजनीतिक दलका सिफारिशमा मिडियामा प्रतिनिधि बनि अनैतिक कार्यमा लागेका, तस्करी लगायतका अवैध धन्दामा सक्रिय केही पत्रकारहरूको कारण सच्चा पत्रकारहरूलाई आफ्नो व्यवसायिक मर्यादा जोगआउन गाह्रो छ ।
पत्रकारिता पेशामा सक्रिय केही पत्रकारहरूले चरित्र हत्या, ब्लैकमेलिङ्ग, प्रोपोगण्डा, छापामारीलाई पत्रकारिता पेशाको आधार बनाएकाले पेशाप्रति मर्यादित हुन खोज्ने पत्रकारहरूलाई समेत समाजका मानिसले यो चाहिं इमान्दार हो भनेर विश्वास नगर्ने अवस्था सिर्जना भएको छ । पत्रकार भनेर परिचय दिंदा नाकमुख खुम्च्याएको पाइन्छ । पत्रकारिता पेशाप्रति समाजको श्रद्धा होइन, अश्रद्धा बढ्दै गइरहेको छ । गरीखाने पत्रकारभन्दा ठगी खाने पत्रकारको संख्या बढिरहेको छ । पर्सामा पत्रकारिता पेशा लगभग संकटमा छ । पत्रकारहरूको बीचमा एकता छैन । अन्तरविरोध चुलिंदै गएको छ । पेशालाई मर्यादित बनाउने, पेशागत हित गर्ने कुरा,
बहस वा छलफल छैन । पत्रकारिताबाट कसरी नाजायज रकम आर्जन गर्न सकिन्छ भन्ने ध्याउन्नमा हिंड्ने पत्रकार बढ्दैछन् । स्तरीय समाचार, रहष्यमय, रोचक समाचार, अनुसन्धानमूलक बहुपयोगी समाचार तर्फभन्दा समाचार लेखेवापत फाइदा वा बेफाइदा के छ भनेर हेरेर, तौलेर समाचार लुकाउने वा सम्प्रेषण गर्ने काम भएको पाइन्छ । वीरगंजमा अनैतिक कार्य बढी हुन्छ यो जग जाहेर छ । जहाँ विकृति, अनैतिक, शोषण, दमन, भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती, राष्ट्रघात, जनघात, तस्करी, चोरी, डकैती, अपहरण, लगायतका अपराधहरू बढी हुन्छन्, जहाँ आपराधिक गिरोहहरू संगठित हुन्छन् त्यसका विरुद्ध सशक्त कलम चलाउनुलाई पत्रकारले आफ्नो जिम्मेवारी र उत्तरदायित्व ठान्दछ । एउटा असल पत्रकारले जहिले पनि प्रेस आचार संहिताको परिपालना गर्दछ । गलत कुरा र गलत तत्वसँग सम्झौता नगरी निर्भिक भएर कलम चलाउँछ र समाजमा कुनै पनि प्रकारको विकृति, विसंगति, समस्या र अन्याय नहोस् भन्ने अपेक्षा राख्दछ । एउटा सामाजिक उत्तरदायित्व बुझेको पत्रकारले निर्भिक र निःस्वार्थ बनेर कलम चलाएको हुन्छ । सकारात्मक परिवर्तनको चाहना बोकेको पत्रकारले सार्थक उपलब्धी हेर्दछ ।
पत्रकारिता पेशामा लागेर समाज र देशलाई केही योगदान दिउँ भनेर हिंडेका पत्रकारहरू जब प्रताडीत हुन थाल्दछन् भने त्यहाँबाट पत्रकारिता विस्थापित हुन्छ । पत्रकारिताको दुरुपयोग गर्नेले फइदा उठाउन थाल्दछन् । पर्सा जिल्लामा एक अक्षर नलेख्ने र समाचार बनाउनै नआउने पनि पत्रकार छन् । पत्रकारिता पेशाबाटै जीवन निर्वाह गरिरहेका छन् । एकातर्फ पत्रकारिता पेशाको दुरुपयोग गरी जीवन बिताईरहेका छन् । अर्काथरी पत्रकार पेशामा सक्रिय हुँदाहुँदै समाजलाई उल्लेखनीय योगदान दिन नपाएकोमा असन्तुष्ट छन् । भविष्यलाई हेरेर पत्रकारिता पेशामा टिकीरहेका छन् । प्रहरी प्रशासन, वीरगंजस्थित भारतीय दूतावासमा जानकारी, सूचना दिने, प्राप्त समाचार पत्रिकामा नलेख्ने, व्यक्तिगत फाइदालाई हेरेर समाचार लेख्ने, समाचार लुकाउने पत्रकारहरूकै रुपमा छन् । एउटा पत्रकारलाई समाचार हुने विषय अर्कोलाई समाचार नहुने अवस्था पनि छ ।
एक पत्रिकाले लेखेको समाचार अर्को पत्रिकाले खण्डन गर्ने, चलन पनि छ । कसैको बारेमा समाचार लेखिएकोमा सम्बन्धित व्यक्तिले कुनै मतलब नराखेपनि पत्रकारहरू एक–आपसमा नै प्रकाशित समाचारलाई लिएर बाद विवाद गर्ने, बीच बचाव गर्ने, दलाली गर्ने अवस्था पनि छ । गलत काम गरे गराएवापत कमिशन असुल्ने पत्रकारहरू पनि छन् ।
गत साउन १७ गते यसै क्राइमचेक पत्रिकाले नारायणी अंचल प्रहरी कार्यालय वीरगंजमा कार्यरत वरीष्ठ प्रहरी उपरीक्षक एवं उनका मातहतमा रहेका प्रनानि विजय यादवलगायतका कर्मचारीको गलत कार्यशैलीको बारेमा समाचार प्रकाशित गरेर भण्डाफोर ग¥यो । आफ्नो बारेमा लेखिएको सत्य तथ्य समाचारको प्रभाव परेपछि प्रनानि विजय यादवले रीस खप्न नसकी आक्रोशित भएर सम्पादक सन्तोष मिश्र (म)लाई मोबाइलबाट तथानाम गाली गलौज गरी ठीक पार्ने धम्की दिए । सोको जानकारी गराउन र उजुरी दिन सोही दिन जिल्ला प्रहरी कार्यालयको हाताभित्र करिब दुई दर्जन पत्रकारहरूकासथ जाँदा निज सई अञ्चल प्रहरी कार्यालयका प्रमुख सर्वेन्द्रखनालसँगै आएर डि.एस.पी.कै अगाडी थप गाली गलौज र धम्की दिए । यसको जानकारी नेपाल पत्रकार महासंघलाई गराइयो । वर्गीय हित र पेशागत रक्षाकोलागि लड्ने नेपाल पत्रकार महासंघले खासै चासो लिएन । स्थानीय पत्र–पत्रिकाले सई यादवको त्यो हर्कतको समाचार पक्ष, विपक्षमा रहेर प्रकाशित गरे । एउटाले विरोध गरे, अर्कोले संरक्षण गर्ने अवस्था देखियो । जिल्ला प्रहरी कार्यालय पर्सामा हालै सरुवा भई आएका एस.पी. अर्थात जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले पनि सो अप्रिय घट्नाप्रति गम्भीरता देखाएनन् ।
प्रेस र प्रहरीबीच यसै कारणले सौहार्दपूर्ण सम्बन्ध हुन सक्दैन । सुरक्षाकर्मीले अनाहकमा समाचार लेखेको कुरालाई लिएर धम्क्याउँछ, आफ्नो पदीय दायित्वलाई उलंघन गर्दछ र उसलाई तत्काल सम्बन्धित निकायबाट संयमित हुन चेतावनी र आवश्यक कारवाही गरिंदैन भने त्यहाँ दण्डहीनता र उदण्डताको अवस्थाले कस्तो रुप लिन्छ होला ? सहजै अनुमान गर्न सकिन्छ । सई यादवले आफ्ना बारेमा भ्रामक, तथ्यहीन समाचार आएको महसुश गरेको भए तत्काल सम्पादकलाई समाचार खण्डनकालागि अनुरोध गर्थे । चित्त नबुझे पत्रिका र सम्पादक विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी हाल्थे । त्यहाँबाट पनि चित्त नबुझे लिखित बेइज्जति मुद्दा अदालतमा दायर गर्न सक्थे । कानुनी बाटोहरू त्यागेर आवेश र आक्रोशमा आएर पत्रकारलाई ठीक पार्छु भनेर धम्की दिनु पछाडी सत्य समाचार प्रकाशित भएको रहेछ भन्ने प्रमाणित हुन्छ ।
सत्य समाचार प्रकाशित भएपछि आफ्ना काला कर्तुत लुकाउन सम्पादकलाई टेलिफोन धम्की दिएर जुन हर्कत गरे यसले सम्पादक सत्य, सई यादव असत्य भएको ठहर गरेको छ । सई यादवलाई आवश्यक कारवाही गर्न प्रेस युनियनको अगुवाईमा पत्रकारहरू प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर दोषीमाथि कारवाही गर्न अनुरोध गरेपछि कारवाहीकोलागि अंचल प्रहरीमा जिल्ला प्रशासन कार्यालयबाट पत्र गएपनि कारवाही नगरि उल्टै संरक्षण गरेको देखिएपछि प्रहरी प्रधान कार्यालयबाट निज सई बिजय यादवमाथि विभागीय कारवाही गरियो । तर कारवही नगर्न प्रहरी प्रधान कार्यालय सम्म गरिएको पैरवीबाट के सन्देश गएको छ भने प्रहरीले नै अपराधलाई बढावा दिएको छ । यसरी प्रहरीबाटै अपराधलाई बढावा दिन थालेको देखेर “जो रक्षक सोही भक्षक” भनेर चित्त बुझाउनुबाहेक जनतासामु सामु अर्को कुनै विकल्प छैन । पत्रकारको सुरक्षा गर्ने काम स्थानीय प्रहरी प्रशासनको हो । पत्रकारबाट गल्ती भए उसलाई पनि संझाउन बुझाउन सकिन्छ । पत्रकारमाथिको हिंसा जघन्य अपराध हो । ("प्रहरीको धम्कीले दिएको सन्देश" शीर्षकमा मिति २०७० कार्तिक ७ गते बिहीवार प्रकाशित ) क्रमशः