–स्वयम्भुनाथ कार्की
दुई भिन्न भुगोल, परिवेश परिस्थितिका पात्रहरुको उल्लेख आलेखको शिर्षकमा हुनु आश्चर्यको विषय हुन सक्छ । कुनै प्रत्यक्ष सम्बन्ध नदेखिने यी दुुबै पात्रमा खोजी हेर्ने हो भने केवल एक मात्र समानता भेटिन्छ, त्यो हो यो उत्थान र पतन अहिले प्रौढ हुँदै गरेको पिंढीको किशोरावस्थाका घटना हुन् । समसामायिक विश्व घटनाको कुरा जान्न रेडियो सुन्ने र पत्रपत्रिका खगाल्ने त्यसवेलाको वुद्धिविलासको परिचायक थियो । मनोरञ्जनलाई सिनेमा, नाटक तथा उपन्यास अनि औपचारिक शिक्षा भन्दा थप ज्ञान हासिल गर्न रेडियो र वाचनालय चाहार्ने ती किशोरहरुको कुनै न कुनै स्मृतिकोषमा यी घटनाहरु अंकित नै छन् । खमेरुजको पतन पछि मुद्दाको चल्दाचल्दै मृत्यु भएका पोलपोटको चिहानबाट कंकाल निकालेर त्यसलाई फाँसी दिएको र अनपढ बिजुली मिस्त्री लेक वालेसाले पोल्याण्डमा पुरानो सत्ता फ्याकेर राष्ट्रपति कुन पुगेको दुवै अद्भूत घटनाहरु हुन् ।
यी मध्ये कुनै पनि घटनाको वर्णन यो आलेखको उद्देश्य हैन, तर युगान्तकारी परिवर्तन गरेको ध्वांसकमा नेपालमा वर्तमानमा छाडा भई रहेका परिवर्तनकारी भनिने दलहरुको व्यवहार कता कता खमेरुजको शासनकालको कम्बोडियाको गन्ध दिंदै लेक वालेशाले जरै देखि उखालेर फालेको पोल्याण्डको सत्ताको सादृष्य देखा पर्दै छ । शायद सोभियतसंघको स्तालिन कदमको सफलताले हौस्याएको पनि होला । तर बुझ्नु पर्ने कुरा के हो भने त्यो जवरजस्तीका पात्रले सजाय नपाए पनि पद्धतिले त सोभियत संघमा पनि ठूलै मूल्य चुकाउनै परेको हो । विखण्डनदेखि लिएर विश्वको एक ध्रुवको पाएको नेतृत्व त गुमाए कै हो । त्यसैले विगतलाई सरापेर वर्तमानमा गरेको मनोमानीले दण्ड पाएरै छोड्छ भन्ने सत्य तर्फ ध्यान दिलाउन पनि यी दुई पात्रको उल्लेख आवश्यक ठानिएको हो ।
द्वन्द्वकालमा मरिएको आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनले प्राण त्यगेको मात्र नभई वर्तमान नेपालको न्याय दिने अन्तिम निकायले सजाय तोकेकाको मुडेवल नगन्य उदाहरण हुन् । यी सबैलाई केवल शान्ति सम्झौता उल्टने भयले उन्मुक्ति दिईएको छ । तर, बेलायतमा घटेको अप्रत्याशित घटना जसमा कुमार लामालाई नेपालमा कारवाही नभएको कारण देखाएर त्यहाँ जेलयात्रा गरायो सबैलाई झस्काउन पर्याप्त भयो । विदेशमा हुन सक्ने यस्ता कारवाहीबाट बच्न उन्मुक्ति दिने किसिमको कारवाही नेपालमा हुन जरुरी भयो । कुनामा फ्यालेको “सत्य निरुपण तथा मेल मिलाप आयोग” आफ्नो अनुकुल बनाएर कारवाही भएको स्वाड्ड पार्न आवश्यक भयो । कुनै व्यक्तिलाई एकै अभियोगमा एक पटक भन्दा ज्यादा मुद्दा चल्न सक्दैन, त्यसैले मुद्दा चलाएर त्यहाँबाट उन्मुक्ति लिने कोशिसलाई फेरी नेपालको सर्वोच्च अदालतले रोकिदियो ।
एक त संविधानसभामा आफ्नो पकड कमजोर भएर आफु प्रतिकुल संविधान बन्ने खतरा, विदेशमा द्वन्द्वकालका भनेर यहाँ छोडिएका घटनामा थुना पर्ने डर । सबै तिर अँध्यारो देखिए पछि नेपालबन्द जस्ता कार्यक्रम नगरेर उपाय नै भएन । सम्मोहन टुट्दै गएको परिवर्तनकारीहरु लामो संघर्षका कार्यक्रम गर्न सक्ने हैसियतमा छैनन् । पहिलो संविधानसभा ताका शक्तिशाली भएको मदले चुर कामहरुले जनतालाई फेरी भड्काउन जादा हुने हविगतसँग अवगत पनि छन् । यस्तोमा छोटै समयको बन्दमा पनि आतंकको परकाष्टा देखाउनु आन्दोलनकारीहरुको विवशता हो । भोली आफुले पनि त्यहि बाटो लिनु पर्ने डरले जनधनको सुरक्षा भन्दा सुरक्षित अवतरण गराउनु सत्ताधारीको विवशता हो । त्यसैले आफैले ट्याक्सी निकाल्न लगाएर भरसक चालक समेत जलाउन खोज्नु, व्यक्तिगत सम्पती तोडफोड गरेर डर पसाउनु एक मात्र बाटो देखेका भए आश्चर्य नमाने हुन्छ ।
हरेक थप मनोमानीले प्रतिपल पुराना अत्याचारमा थप गरेर त्यो अत्याचारको पोकोको आयतन बढाई रहेको हुन्छ । यसबाट पैदा हुने घृणा कम्बोडियालीको पोलपोटको कंकाललाई फाँसी दिने तहसम्म पनि पुग्न सक्छ । व्याप्त असन्तोषले नेपालमा पनि लेक वालेशा जन्माउन सक्छ । जनार्दन स्वरुप जनताले कृष्णले शिशुपालको अपराध गर्ने जस्तो आफ्नो अपराध गनेर बसेका छैनन् भन्ने कुरा सोच्नु अष्ट्रिचले बालुवामा टाउको लुकाएर मलाई कसैले देखेका छैनन् भने सरह हो । अझ यदि आएको समाचार सहि हो भने जनधनको सुरक्षा गर्न खोज्ने प्रहरीलाई “खवरदार भोली हामी सत्तामा आए पछि देख्लास्” भनेर दिएको धम्की र हिन्दी सिनेमामा खलनायकले “मेरो जमानत भई हाल्छ, त्यसपछि तँलाई ठिक पार्छु” भनेर दिने धम्की एकै श्रेणीका हुन भन्ने कुरा जनताले बुझेका छन् ।
खमेरुजकालका खोपडीको भण्डार, अनि पुरापुरा बस्ती नै साइवेरिया पठाउदा त आफ्नो अपराध लुकाउन सकेको थिएन भने धम्काएर, मान्छे मारेर निकट भविष्यमा आफुले भोग्नु पर्ने हविगतबाट पार पाईन्छ भन्ने सोच सही हैन । यो सबै अपराधको भोग परिवर्तनकारी भनिएका हरेकले नै भोग्नु पर्ने हुन्छ । उनीहरु बिचमा जनता झुक्याउने यो नाटक बाहेक अरु कुनै मतभिन्नता छैन भन्ने कुरा प्रष्ट छ । यसको प्रमाण पनि छरपष्ट छन् । यहाँसम्म कि एसएलसीको केन्द्राध्यक्षसम्म पनि भागबण्डा गर्न सबै एक हुन्छन् । जनतालाई जिउँदै जलाउन खोजेको आन्दोलनको नेतृत्वको सुरक्षाको निमित्त त्यहि जनताको करबाट पालित सुरक्षकर्मीहरुको फौज नै परिचालित छ । जनताको पैसाबाट (राजश्वलाई जनताको पैसा भनिन्छ) अपचको औषधी गर्न, बैठक खाजामा लाखांै खर्च गरेर परिणाम विहिन नाटक गर्न सबैको मिलेमतो छ । लेक वालेशाको उत्थान र पोलपोटको पतनबाट शिक्षा नलिने हो भने परिणाम भोग्न तैयार बसे हुन्छ ।
विराटनगर १
प्रकाशित मिति २०७१।१२२६