त्रिलोचन कोइराला/ दुबाई
शान्ति र शिक्षाको लागि सन्देश लिएर साङ्गीतिक यात्रा निस्कने लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य बिभिन्न देशको यात्रा सगै आगामी मे २१ तारिक दुबईमा साङ्गीतिक कार्यक्रमको लागि आउने भएको छ ।
भारत ,अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ,लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेपछि दुबाई आउन लागेको नेपालकै चचिर्च सांगीतिक ब्याण्ड दुबईमा बहुप्रतिक्षित ब्याण्ड हो । दुबईमा बिभिन्न समयमा नेपथ्य ब्याण्ड आउने चर्चा हुने गरे पनि अहिले दुई नेपाली युवा जस पाइजा र राजन अधिकारी प्रयासमा युएइमा ब्याण्ड आउने चाजोपाजो मिलेको हो ।
नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अल नासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा ९ सदस्यहरु टोलि आउने आयोजक राजन अधिकारीले बताए ।
लोकपपको क्षेत्रमा नया ट्रेण्ड सेट गर्दै नेपथ्यले २५ वर्ष अघिदेखि सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । विश्व चचिर्च सांगीतिक मञ्च वेम्बलीको मञ्चमा साङ्गीतिक प्रस्तुति दिने नेपथ्य नेपालको पहिलो ब्याण्ड हो । जुन मञ्चमा माइकल ज्याक्सन, बब डैलन, म्याडोना, ब्रिट्नी स्पेयर्स, साकिरा, ट्वेलर सिफ्ट, जस्टिन बेबर लगायतका एक से एक विश्व प्रसिद्ध नया पुराना गायकहरु प्रस्तुत भइसकेका छन ।
ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । सङ्गीतयात्राबाट उठेको रकम युद्ध प्रभावित क्षेत्रका विद्यालयको पूर्वाधार विकासमा सहयोग गरेको यो समूहले माओवादी ‘जनयुद्ध’ का बेला नेपालीले भोग्नुपरेको पीडालाई घटना एल्बममार्फत् साङ्गीतिक आकार दिएको छ । घटनाको ‘डकुमेन्ट्री’ समेत बनाएर नेपालीको युद्ध भोगाइलाई देशविदेशसम्म पुर्याएको थियो ।
प्रकाशन मितिः२०७१ चैत्र २६ गते बिहीवार