पाकिस्तान र नेपाली विद्यार्थी

पाठक विचार

विश्वको प्राय: हरेक मुलुकमा नेपालीहरू बसोबास गर्दै आइरहेका छन् । अध्ययन र रोजगारीका लागि विदेशी मुलुकमा जाने गरेका छन् । सार्क सदस्य राष्ट्र पाकिस्ता
नमा पनि यस्तै नेपालीहरु अध्ययनको लागि बस्ने गरेका छन । पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरु मध्ये एमबिबिएस, बिडिएस, एम.डी., एम.एस., इन्जिनियरिड्ड, बि फार्मेसी, मास कम्युनिकेसनलगायतका विषयहरूमा पाकिस्तान पढ्न जाने नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य छ ।
पाकिस्तान एक मुस्लिम राष्ट्र भएको हुनाले नेपालीहरुको चाड पर्व नेपाल जस्तो नहुने भय पनि यहाँ बस्ने नेपालीहरु दशैं, तिहार, सरस्वती पुजा धुमधामका साथ मनाउने गरेका छन ।
नेपाली विद्यार्थी सागठन पाकिस्तानले पनि यस्ता कृयाकालापमा नेपाली विद्यार्थीहरूलाई सक्ने सहयोग गर्ने गरेको छ । पाकिस्तानमा सबै नेपालीहरु एक अर्कासँग मिलेर बस्ने, एक–आपसमा सहयोग गर्ने गरका छन ।
यसैबीच नेपालले पाकिस्तानीहरुलाई पहिलो पटक नि:शुल्क पर्यटकीय भिसाको व्यवस्था गराएतापनि पाकिस्तानले सो पद्धति दुईतर्फी अवलम्बन नगरेको नेपालीको गुनासो छ ।
नेपाली दुतावासमा नेपाली विद्यार्थीको कुनै पनि प्रकारका रेकर्डहरु नरहेको विद्यार्थीहरु बताउँछन् । धेरै जसो नेपाली विद्यार्थीको अन्तिम परीक्षा बाँकी रहँदा नेपालस्थित पाकिस्तानी दुतावासले विद्यार्थी भिसा नदिने गरेको पाइएको छ । नेपाली विद्यार्थीलाई विद्यार्थी प्रवेशाज्ञाको साटो पर्यटकीय भिसा दिने र शुल्क पनि ३,०००।– जति लिने गरेको विद्यार्थी बताउँछन् । नि:शुल्क भिसालाई रकम तिनुपर्दा नेपाली विद्यार्थीलाई आर्थिक संकट परेको छ । नेपाली विद्यार्थीले एक पटकमा मात्र एक भिसा पाउँछन्, जसले गर्दा विद्यार्थीलाई ओहोदाहोर गर्न कठिन छ । यसमा मल्टिपल भिसाको व्यवस्था भएको खण्डमा विद्यार्थीहरुको आवतजावतमा सहज हुने थियो । त्यसको पाकिस्तानमा भिसा प्रणाली नि:शुल्क हुनुपर्छ ।
पाकिस्तानमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीको समस्या चाँडो भन्दा चाँडो समाधान हुनु पर्ने अहिलेको आवश्यकता हो ।
उच्च शिक्षा लिन यहाँ बस्ने नेपाली विद्यार्थीले नेपालमा सेवा गर्ने लक्ष्य रहेको बताउँछन् । नेपालबाट बाहिर बस्दा नेपालको निकै सम्झना आउने गरेको पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् ।


– डा.अरुण कुमार सिंह
अध्यक्ष
नेपाली विद्यार्थी संगठन
डाक्टर होस्टेल, हल रोड
किंग एडवार्ड मेडिकल विश्वविद्यालय
लाहोर पाकिस्तान


SHARE THIS

Author:

Facebook Comment