इजरेल बिरुद्ध नेपालमा धर्ना गर्न लागेका प्रिय बुद्धिजीवीहरुलाई एक पत्र– सुनिता राई (सुब्बा)


हिजो श्रावण ६ गते रातोपाती मा प्रकाशित  “इजरायली आक्रमणको विरोधमा नेपालमा धर्ना” शीर्षक समाचार पढे पछि केहि लेखुँ लाग्यो । र नेपालका बुद्धिजीवी, मानव अधिकारवादी तथा उक्त धर्ना कार्यक्रममा सम्मिलित केहि सच्चा पत्रकारज्यूहरुको मानविय धर्म देख्दा मन दङ्गदास भो । आफ्नोको लागि नासहि, अरुकै लागि भए नि कमसेकम ती दयालु महामानवहरुमा मानवियता ज्यूँदो रहेछ ।  ललितपुर पुल्चोक संयुक्त राष्ट्र संघ भवन लगायत क्रमबद्ध धर्ना कार्यक्रमको खाका देखेर त्यो देखेर उधुम उदेग लाग्यो । मानव अधिकारको वस्त्रमा नै अलिकति दाग लागेको भान भो ।
अवश्य पनि संसारमा चाहे जहाँ सुकै होस् मानव प्रति अमानविय कार्य हुँदा अर्को चेतानशील मानवले त्यस बिरुद्ध आवाज उठाउनु पर्छ तर यहाँ त अचम्मैको मानव अधिकारवादी देखिए ।  अलिकति प्रसंग स्वदेशकै  – हिजो बाह्र वर्षे माओवादी जनयुद्ध हुँदा अनगिन्ति निर्दोष व्यक्तिको ज्यान लिइने गरिएको थियो थियो त्यतिखेर यी मानव अधिकार आवाज काहाँ थियो ? त्यतिखेर कतिऔं अमानविय कार्यहरु भए, किन त्यहाँ यस्ता मानविय धर्ना भएनन्/गरिएन ?? त्यतिखेर बाउलाई बन्दुक तेस्र्याउँदा आमाको पेटिकोट मुनि त थिएनन् यी आवाज ? इराक, इरान र अफगानिस्तानमा कैयौ नेपालीका ज्यान गएका छन्, त्यस बिरुद्ध खोइ यस्ता आवाज ? हिजो जुलाई बाइस मा अफगानिस्तान मा एक नेपालीको ज्यान गयो त्यस बिरुद्ध  खोइ आवाज ? दुवइ, कतार, मलेसिया जस्ता देशमा नेपाली युवाहरूको श्रम शोषण मात्रै भएको छैन अनाहकमा कति सस्तो ज्यान गुमाउन पुगेका छन्, खोइ त्यस विरुद्ध यस्ता आवाज ? आफ्नो दाजु भाइको खून बग्दा नदुख्ने महानुभावहरु एकाएक गाजामा बगेको खुनले कसरी चिमोट्यो ?  भनाइको अनर्थ नलागोस्, जुन किसिमले यतिखेर गाजा र इजरेल बिच युद्ध भैरहेको छ, त्यसको प्रतिवाद जुन तरिकाले गर्न लागिएको हो नेपालमा वास्तवमा न्याय संगत छैन । दुख्ने ह्दय, मानवियता, दया हामीमा पनि छ तर प्रत्यक्ष अनुभव बटुलेका हामी यति भन्न सक्छौं इजरेल रक्तपातको बिपक्षमा छ ।
मानव अधिकार हननकै धर्ना गर्ने हो भने हमास बिरुद्ध गर्नु पर्छ । जसले यतिखेर सर्वसाधारण, बृद्ध–बृद्धा, बाल–बच्चा, महिलालाई ढाल बनाइ वार गरिरहेको छ, रगतको होलि खेलिरहेको छ ।  के यो मानव अधिकारको पक्षमा छ ? अहिलेसम्म प्यालेस्टिन र हमासले सोह्र सय भन्दा बढी  क्षेप्यास्त्र प्रहार गरिसकेको छ इजरेल माथि यदि त्यो निष्क्रिय नहुने हो भने सयौं मात्र होइन हजारौ मान्छे हताहत भैसक्ने थिए, के त्यो मानव अधिकारको पक्षमा हुन्थ्यो ?
पटक पटक गाजा र इजरेल बीच लडाई  :
यी दुइ देश बीच धार्मिक युद्ध नभैरहने भने होइन तर यस पटकको युद्धले तत्काल पूर्ण विराम लाग्ने संकेत देखाएको छैन । सन् १९३० ताका जब जर्मनीका तानाशाही हिटलरले छ मिलियन यहुदीहरुलाई अनेक तरिकाले तड्पाई तड्पाई मार्यो, त्यस पछि विभिन्न संघर्ष गरि यहुदीहरु इजरेल आइपुगे र यहि पवित्र भुमीलाई आफ्नो उद्गन स्थल मानी बस्ति बसाउन थाले, जहाँ पहिले अरबिक बस्ने गर्थे । यहुदीहरुले  इजरेलमा  यसरी बस्ती विस्तारित गर्दै गए र  सन्  १९४७ मा संयुक्त राष्ट्र संघले इजरेल यहुदीको र प्यालेष्टिन अरबिकको भनि छुट्याइदिये । इजरेल ले त्यसलाई स्वीकार्दै अघि बढ्यो र अहिले विकाशको उच्चतम शीखरमा पुगेको छ भने प्यालेष्टिनले त्यसलाई अस्विकार गर्यो र त्यस उप्रान्त इजरेलसँग निहुँ खोज्न छोडेन ।  सन् १९४८ लामो युद्ध संघर्ष पश्चात स्वतन्त्र भएको इजरेलले २०१४ सम्म आइपुग्दा अहिले ११ औं युद्ध दुर्दशाको सामना गर्दैछ । २०१४ मा आएर अविश्वसनीय तबरले सुरु भएको यी दुई देश बिचको युद्धले अहिले निकै ठूलो रुप लिएको अबस्था छ । युद्धको सुरुवात भने गाजा बाट नै भएको हो ।
युद्धको सुरुवात गाजाबाट भएको हो  :
यतिखेर गाजा र इजरेल बिच चर्किएको युद्ध इजरेलबाट सुरु भएको होइन गाजाबाट भएको हो । हमासद्वारा गत जुन १२ तारिक २०१४ बिहिबार अपराहन्न तीन इजÞरायाली विद्यार्थी विद्यालयबाट घर फर्कने क्रममा अपहरण गरिएका थिए र त्यसको ठिक १८ दिन पछि तीनै जना युवाहरुको हत्या गरि फालिदिएका थिए । अपहरण पछि हत्या गरिएका तीन युवाहरु गिलाद शार (१६ बर्ष) , नाफ्ताली फÞरेङकल (१६ बर्ष) र यऐल इर्फैक (१९ बर्ष) का थिए । कुनै डिमाण्ड वा सर्त नराखेका आतंकवादी समुहले ती तीन बिद्यार्थीहरुलाई किन, कुन स्वार्थका लागि  अपहरण  गरे र १८ दिन पछि जुन २९ मा मारे यो अहिले सम्म रहस्यकै विषय बनेको छ र युद्ध को सुरुवात ।  तीन जनाको दाह संस्कार पछि केहि सीमा वरपर सामान्य विरोध स्वरुप नारा, जुलुस आगजनी भए र ढुंगा हानाहान हुन थाल्यो । बिना कुनै कारण निर्दोष आफन्त मारिएपछि तात्तिएको युहुदीद्वारा सीमावर्ती क्षेत्रमा अरबिक एक बच्चाको हत्या गर्न पुगे त्यस पश्चात के खोज्छस काने भने झैँ गाजा यसै त कसरी निहुँ खोजुँ भैरहेको बेला यहीं निहुमा रकेट प्रहार गर्न थाल्यो । यो रकेट प्रहार गर्ने क्रम गाजाले निरन्तर गरिरह्यो इजÞरायल माथि त्यस पश्चात प्रतिरक्षात्मक जवाफमा इजÞरायलले पनि प्रहार गर्न बाध्य भयो महास माथि । यो चलिरहेको युद्ध इजÞरयालले चाहेको होइन । हमासले इजÞरायल माथि हरदम प्रहार गरेको क्षेप्यास्त्रको प्रतिरक्षार्थ यदि इजÞरायलले आविस्कार(क्ष्लखभलत) गरेको आइरन डोम (क्ष्चयल म्यmभ) नहुँदो हो त यतिखेर कैयौं घर, अस्पताल, विद्यालय, अन्तराष्ट्रिय विमान स्थाल र औद्योगिक टावरहरु ध्वस्त भैसकेका हुन्थे र हजारौं नागरिक मरि सक्ने थिए । हमासले आकाशबाट मात्र होइन जमिन मुनिबाट पनि आक्रम गर्न पचासौं भन्दा बढी अत्याआधुनिक सुरुङग खनी हात हतियार लुकाएको फेला परेको छ । केहि दिन अघि त्यहि सुरुङग द्वारा इजरेली सुरक्षाकमीको बर्दी लगाएर किबुच (सामुहिक बस्ति) इजरेल भित्र प्रवेस गरेका एक समुहलाई इजरेलले तुरुन्त पहिचान गरि पक्रन सफल भयो । र, इजÞरायल स्थित विभिन्न पेशामा कार्यरत अन्य देशका नागरिक यतिखेरसम्म स–कुशल छन् । गाजाद्वारा पठाइएका ती कैयौं रकेटलाइ निस्तेज पार्ने आइरन डोम नहुने भए इजरेल बाहिरका सबै मान्छे अस्ति नै आ– आफ्नो देश फर्की सकेका हुने थिए र थियौं तर बिदेशी कुनै पनि नागरिक यस युद्धको दसामा परि ज्यान गुमाएका छैनन् अहिले सम्म । देशका लागि लड्दै गरेका २८ जना सुरक्षाकर्मी र अन्य दुई गरि जम्मा ३० जनाले ज्यान गुमाइसकेका छन् इजरेल तर्फ भने गाजा तर्फ साढे ६ सय पुगिसकेको छ ।
गाजाद्वारा शान्ति प्रस्ताव अस्विकार :
यी दुई देश बीच चकिर्दै गएको युद्ध रोक्न विभिन्न राष्ट्र द्वारा चिन्ता व्यक्त गर्दै इजिप्ट र अन्तराष्ट्रिय रेड क्रस सोसाइटीको मध्यस्ततामा शान्ति प्रस्ताव भयो इजÞरायलद्वारा त्यसको तुरुन्त स्वीकारोक्तिको हात उठेको थियो भने प्यालेस्टिन र गाजाले अस्विकार गर्दै युद्धलाई झनै चर्कायो (असफल शान्ति वार्ता जुलाई १७ तारिक बिहिबार २०१४ मा भएको थियो) । थुप्रै राष्ट्र लगायत यतिखेर सयुक्त राष्ट्र संघका अध्यक्ष वानकी मुन लागिपरेका छन् यी दुई देश बीच शान्ति कायम गर्न । यतिखेर हमासको यस शान्ति प्रस्ताव अस्विकारले कतिऔं निर्दोषले ज्यान गुमाउदै छन् के यो मानवअधिकार हननको विपक्षमा छ ?
मानव अधिकारवादी भनिने नेपालका बुद्धिजीवीहरुले मानव अधिकार हनन भयो भनि इजरेल बिरुद्ध धर्ना गर्नु पूर्व यो जान्नु जरुरी छ गाजामा भौतिक आधारभूत सामग्री लागायत, खाद्य चिज, दुग्ध, पानी , बिजुली सबै कुरो इजरेलबाट नै गाजामा उपलब्ध हुन्छ । अन्तराष्ट्रिय मान्यतानुसार यतिका युद्ध हुँदासम्म इजरेलले ती सब कुराबाट गाजालाई बञ्चित गरेको छैन । र साथै संयुक्त राष्ट्र संघको सहायतामा गाजालाई उपलब्ध विकाश अनुदानका समान अहिले उल्टै इजरेललाइ नै प्रहार गर्दै छन् विवेकशील बुद्धिजिवीमा प्रश्न छ यो कस्तो खालको न्याय हो ? अब माननीय बुद्धिजीवीहरुलाई मूल्यांकन गर्न गाह्रो पर्ने छैन मानव अधिकार हनन बारे ।
अन्त्यमा  :
यदि नेपालमा मानव अधिकार हनन भयो भनि इजरेल बिरुद्ध धर्ना गर्ने हो हामी दुई देश (इजरायल नेपाल) बिचको सुमधुर दौत्य सम्बन्धमा पनि असर पर्ने छ  र इजरेल  स्थित रोजीरोटी कमाइरहेका करिब पाँच हजार नेपालीहरुमा यहुदीले गर्ने व्यबहार र हेर्ने दृष्टिमा अन्तर आउदैन भन्न सकिन्न । स्मरण रहोस इजरेलमा कार्यरत नेपालीहरुद्वारा आफ्नो व्यैयक्तिक आर्थिक स्तर मात्रै उकासेका छैनन् देशलाई टेवा पुर्याउनु कार्यका साथै नेपालमा दुखेका धेरै दुखि बाढी–पीडितहरुलाई पवित्र मनले सहयोग गरि सामाजिक कार्य गर्नमा पनि अग्र पंक्तिमा छन् ।
यो रक्तपातले हामी सबै दुखेका छौं । हाम्रो कामना छ यी दुई देश बीच यथासक्य चाँडो शान्ति स्थापना होस् । –सुनसरी, हाल इजरायल
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment