इजरायलबाट पठाइएको राहत सामाग्री पर्वतमा वितरण

वीरगंज, २४ वैशाख । पर्बत सेवा समाज इजरायलले देशमा परेको प्राकृतिक प्रकोप महाभूकम्प पीडितहरुलाई पर्बत सेवा समाज कोषबाट  भूकम्प पिडित पर्बत बासि लाई सहयोग गरेका छन् ।
यसरी इजरायलबाट पठाइएको सो राहत सामग्री पर्वत आइपुगेपछी जिल्लाका भू–कम्प प्रभावितहरुलाई वितरण गर्ने कार्य प्रारम्भ भएको इजरायलबाट दिपीका भुषालले जानकारी गराउनु भएको छ ।

Parbat-rahat (5)

पर्वत सेवा समाज इजरायलकी सचिव समेत रहनु भएकी भुषालले क्राइमचेकलाई दिनुभएको जानकारी अनुसार महाभूकम्प गएको बाह्र दिनपछि पर्वतको रानीपानीमा राहत सामाग्री पुगेको हो । भूकम्पबाट जिल्लामा सबै भन्दा बढी क्षति पुगेको गाविस रानीपानीमा प्रवासी नेपालीले खाद्यान्न सामाग्री लिएर पुगेका हुन् । रोजगारका लागि इजराइल पुगेका पर्वतवासीहरुको संस्था पर्वत सेवा समाज इजराइलले उक्त राहत सामाग्री वितरण गरेको हो ।
Parbat-rahat (1)
रानीपानी गाविसका ६८ घरधुरी पूर्णरुपमा क्षति भएका छन भने अन्य २०६ घरमा भूकम्पका कारण क्षति पुगेको छ । गाविसमा सबैभन्दा बढी दलित बस्तीमा क्षति पुगेको छ । दलित परिवारको घरबास गुमेपछि उनीहरुलाई भोकमरीको समस्या पर्दै आएको थियो । राहत स्वरुप सरकारी क्षेत्रबाट ९/१२ को सानो त्रिपाल बाहेक केहि पनि पुग्न नसकेको उक्त क्षेत्रमा बुधबार भूकम्पबाट पीडित गरिब परिवारका लागि ५१ बोरा चामल र ४ बोरा दाल वितरण गरिएको हो । प्रहरी चौकी रानीपानी र जिल्ला स्थित पत्रकारहरुको समन्वयमा इजराइलमा संकलित रकमबाट राहत सामाग्री वितरण गरिएको पत्रकार दुर्गाप्रसाद शर्माले बताए ।
Parbat-rahat (2)
‘प्रवासी नेपालीहरुको सहयोग हामीले रानीपानी पुराएका हौं’ राहत वितरण कार्यक्रममा बोल्दै शर्माले भने ‘सदरमुकामबाट टाँडा भएकाले रानीपानीमा यथेष्ट राहत पुग्न सकिरहेको छैन् ।’ घरबार विहिन भएका रानीपानीका दलित र विपन्न वर्गका समुदायलाई विहान बेलुका हातमुख जोर्न समस्या परीरहेको छ । ‘काम नगरी खान पुग्दैन, काममा जाउँ जहानलाई ओतमा राख्ने समस्या छ’ भुकम्पबाट आफनो पुरै घरवार गुमाएका खिमे बोटे भन्छन–‘हाम्रो नाउँमा लाखौं रकम जम्मा भयो भन्छन, हामीले सानो त्रिपाल बाहेक केहि पाएका छैनौं ।’
सानो आकारको त्रिपालमा ओत लाग्न समस्या परेको स्थानीयबासीको गुनासो छ । ‘पहिला ओत लाग्नको समस्या भयो अहिले हातमुख जोर्नको समस्या छ’ स्थानीय हरी न्यौपाने भन्छन-‘अधिकांश दलित घरधुरीमा ठुलो क्षति भएकोछ ।’ विपन्न घरधुरीमा क्षति भएपनि राज्यले भने हालसम्म त्रिपाल बाहेकको राहत बाँडन सकिरहेको छैन् ।
अस्थायी टहरा निर्माण गर्दै भूकम्प पीडित
Parbat-rahat (4)
भूकम्प गएको लामो समयसम्म पनि बाहिरी सहयोग नपाएका रानीबासी यतिबेला अस्थायी टहरा निर्माणमा जुटेका छन । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनहरुको प्रयोग गरी उनीहरु सामूहिक बसाईका लागि टहरा निर्माणमा जुटेका हुन । भुकम्पले घरवास गुमाएका रानीपानी गाविस वडा न २ र ४ का दुई दर्जन बढि दलित घरधुरीका सदस्यहरु यतिबेला अस्थायी टहरा बनाउन ब्यस्त देखिन्छन । एउटै टहरा भित्र २ देखि १० परिवारसम्म अटने गरी टहरा निर्माण भइरहेको स्थानीयबासीले जानकारी दिए ।
Parbat-rahat (3)


SHARE THIS

Author:

Facebook Comment