राप्रपा नेपालका सभासदद्वारा सोलारबत्ती जडान

– राकेश साह
वीरगंज,बैशाख २४
सभासद श्याम सुन्दर टिबडेवालको संसदीय कोषबाट पर्सा जिल्लामा सोलर बत्ती जडान गरिएको छ ।
 बढदो लोडसेडिङ्गलाई मध्यनजर गर्दै राप्रपा नेपाल पर्साका सभासद टिवडेवालको संसदीय कोषबाट पर्सा जिल्लाको ५ वटै क्षेत्रहरुको मुख्य ठाँउहरुमा सोलर स्ट्रेट एलईडी लाइट जडान गरेको छ ।

 ७ लाख ४० हजारको लागतमा सो सोलार जडान गर्न लागिएको मधेसी संगठन बिभाग प्रमुख प्रहलाद प्रसाद गुप्ताले  बताए । हाल पर्साको गाबिस बेलवा, देवारीया, सोलखपुर, मिलनचौक र वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  जडान सम्पन्न भएको र बाँकी ठाँउमा दुई तिन दिनमा सम्पन्न गरिने राप्रपा वीरगंज नगर अध्यक्ष अजय पौडेलले जानकारी दिए ।  सो अवसरमा  मधेसी संगठन बिभाग प्रमुख प्रहलाद प्रसाद गुप्ता, नगर अध्यक्ष अजय पौडेल, जिल्ला सदस्य छोटु साह , सोनु साह र प्राबिधिकहरुको उपस्थिती हरको थियो । 

SHARE THIS

Author:

Facebook Comment