मान्छेको सहि परिक्षा हुने समय नै आपत विपतको बेलामा हो । सामान्य अबस्थामा जतिसूकै अर्को स्वभावको देखिए पनि जव विपत्ति पर्छ र त्यो पनि अचानक उसको मौलिक स्वभावको झल्को त्यहाँ देखिन्छ नै । कसैमा यो निमेष भर देखिन्छ भने कसैमा यो धेरै समय रहन्छ । शिक्षा, तालिम अनुभव आदिले आङ्खनो मौलिक स्वभावका कमजोरी माथि विजय प्राप्त गर्ने अभ्यास गराउने गर्दछ । अंग्रेजीमा भनिने ‘रिङ्खलेक्स एक्सन’ मस्तिष्कको चेतनभागले नभइ अर्धचेतनभागले पैदा गर्ने गर्दछ । सेकेन्डको सयौभागमा पैदाहुने यहि प्रतिक्रियाले कहिले काँहि जीवनमृत्यूको फैसला गर्ने गर्दछ । अचानक आगोले पोल्दा शरिरको त्यो भाग तुरन्त त्यहाबाट हटाउनु, आँखा तिर केहि बस्तु आउदा परेला बन्दहुनु जस्ता क्रियाहरु यसका उदाहरण हुन । कतिपय अवस्थामा त यो किन भयो र कसरी भयो त्यो पनि ज्ञात हुँदैन । कुनै कुनै अवस्थामा मस्तिष्कको यो भागले काम गर्देन, त्यस अवस्थामा मान्छे हतप्रभ हुन्छ । त्यसपछि तुरन्तै चेतन मस्तिष्कले काम सम्हाल्छ र उपयुक्त फैसला लिन्छ । यस्तो अवस्था जडमस्तिष्क वा ‘मेन्टल ब्लक’ को अवस्था हो । चेतन मस्तिष्कले नियन्त्रण सम्हाल्न लाग्ने सेकेन्डको सैयो भागमा नै धेरै जसो दुर्घटना भैसकेका हुन्छन ।
यो मानवको आङ्खनो नियंत्रण नभएको कुरा हो , तर जव यस्ता निमेषभरमा भएका कामले केहि हानी गर्दछ त्यसबेला आङ्खनो मौलिक स्वभाव अनुसार आङ्खनो प्रतिरक्षा गर्न थाल्दछ । प्रति प्रतिरक्षा गर्नेक्रममा उसको असली परिक्षण हुन्छ । आरोप लगाउने, आरोपको सामना गर्ने आदि कामहरु यसैका विभिन्न स्थिति हुन । संकटले आङ्खनो अधिकतम असर देखाईसकेको हुन्छ , आपतविपतको अवस्था हुन्छ त्यसवेलामा सामान्य अवस्थामा हुनुपर्ने कार्यविधि अनुसार काम भए नभएको कसीमा आरोप लगाउने निसक्ने गर्दछन भने जिम्मेवार पनि सामान्य स्थितिकै सपेक्ष आङ्खनो कमजोरी मानेर त्यसको जिम्मेवार अर्कोलाई बनाउने प्रयत्न गर्न थाल्छ । महाभुकम्प पछिको वर्तमान परिस्थिति यहि नै हो । न यो सामान्य स्थिति हो न यसबाट निक्लने कार्यविधि परम्परागत वा सामान्य हुन्छ । ‘रिङ्खलेक्स एक्सन’को समयमा भएका गल्तीहरु मानव नियंत्रणमा नहुने भएकाले त्यसको दोष एक अर्कामाथी थोपर्नुको कुनै अर्थ नै छैन । न आफुबाट भएका यस्ता भुल छोप्ने प्रयत्न आवश्यक छ ।
जे हुनु भै सकेको छ, अचानकको घटनाले गर्नुपर्ने क्षति गरिसकेको छ । यस्तो वेलामा त्यसवेला कसले के गर्यो वा गरेन हेर्ने होईन । त्यो चिन्ता वा त्यसको विष्लेशण पछिलाई छोडेर विपत्तिले निम्त्याएको क्षति न्यूनिकरण गर्न तर्फ लाग्ने हो । घटनाको बेला भएको गल्ती, कमजोरी अदि त क्षम्य हुन्छन किनभने त्यसमा मानवको नियंत्रण थिएन तर त्यसको क्षति न्यूनिकरणमा भएको हुने लापरवाही देखेको नदेख्यै हुदैनन । यसवेला आङ्खनो कौशल, बुद्धि विवेक प्रयोग गर्न पाइने अवस्था हुन्छ । सेकेन्ड सेकेन्डमा आङ्खनो निर्णयमा भएको कमजोरी हटाउदै विपत्तिजनित क्षति संग लड्ने वेलामा ढिला गर्ने पनि दोषी हो र उसलाई त्यस्ता विवादमा अल्मल्याउने पनि दोषी नै हो । संकटमा परेकाको ज्यान वचाउन कार्यविधिको विर्देशिका पुस्तक पल्टाउनु पर्दैन , पर्दैन मात्र होईन हुँदैन । यसवेला गरेको कामको मुल्यांकन त्यो कसरी गरिएको थियो, नियमसंगत थियो वा थिएन आदि मापदण्डले होईन परिणाम कस्तो आयो भन्ने मापदण्डले हुने हो ।
यस विपत्तिलाई आङ्खनो कुनैपनि किसिमको फाइदा, चाहे त्यो राजनैतिक होस, प्रचार तथा सम्मानको भोक होस वा कमाइको मौकाको रुपमा लिएर वस्तु वा सेवाको भाउ बढाउने होस , सबै नै मानवताको विरुद्धको अपराध हो । सवै वरावरका अपराध हुन अझ भन्ने हो भने मानव भित्र रहेको दानवको विजय हो । संकटमा परेकाको उद्धार गर्ने काममा नियम कानूनको डण्डा देखाएर रोक्ने काम त नरसंहार सरह नै हो । धनदल जनबल, सत्ताबल अदि जस्तासूकै बल भए पनि त्यो कति क्षणभंगुर रहेछ भन्ने कुराको उदाहरण यो महाभुम्पले दिएको छ । यो विपत्तिले प्रभावित वा विल्कूलै नछोएका सबैले छातिमा हात राखेर सोच्नै पर्दछ जन दैव लाग्छ, जव प्रकृति कुपित हुन्छिन त्यसवेला मानव कति निरिह हुने रहेछ ।
यो विपत्तिमा गरिने मद्दतका कामहरु परोपकारका काम हैनन भनियो भने त्यो मान्न सजिलो हुँदैन । तर वास्तविकता त यहि नै हो यी काम परोपकार हैनन स्वउपकार हुन, भविष्यको निमित्त लगानी हुन । मानव मनमा दानवियता विरुद्ध मानवियताको बर्चश्व बढाउने काम हुन । यहि मानवियतामा नै मानव भविष्य निर्भर गर्दछ । त्यसैले मानव उपकारका काम हुन जसको फल सबै मानवले पाउने नै हो । तसर्थ यो परोपकार भन्दा पनि मानवतामा गरेको लगानी हो । भविष्य कसले देखेको छ र ? भोली संकट जसलाई पनि पर्न सक्छ त्यस अवस्थामा आज मद्दत गरेर जिम्दो राखेको मानवियताले भोली आफैलाई फइदा पुर्याउनेछ । त्यसले पर्सि अर्कोलाई गर्दै गर्दै निरन्तर चल्नेछ । क्षणिक स्वाथ्र्य हेरेर दानवियतालाई परश्रय दिइयो भने , यो अवस्थालाई आफु चम्कने अवसरकोरुपमा लिईयो भने निश्चय नै मानविय प्रवृति माथि दानविय प्रवृति भारी पर्नजाने छ । त्यसको मार आफैले वा आङ्खना भावी सन्ततिले भोग्नु पर्ने छ । त्यसैले यो परोपकार भन्दा ज्यादा भविष्यको निमित्त लगानी हो । आपद्विपदको कार्यशैली नियमित कार्यशैलीको तरवारले खण्डित हुनु हुदैन परिणाम राम्रो आउने सबै कार्य स्वत नियमसंगत हुन ।
विराटनगर १