अल लायन्स क्लवद्वारा राहत सामग्री पठाउने क्रम जारी

वीरगंज वैशाख २३
वीरगंजका सम्पूर्ण लायन्स क्लवले भू–कम्प प्रभावित क्षेत्रतर्फ राहत सामग्री पठाउने क्रमलाई निरन्तरता दिएस“गै लायन्स क्लव निःस्वार्थ समाज सेवामा समर्पित भएको समाचारहरू प्रमाणित हुन थालेको छ ।
वैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दू बनाएर आएको महाभूकम्पबाट गोरखा, सिन्धुपालचोक, काठमाण्डौ लगायत मुलुकका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षति र घरवार विहिन भई प्रभावितहरूलाई तत्काल राहत पुगोस भन्ने उच्च सेवा भावबाट प्रेरित वीरगंजका लायन्स क्लव ईन्टरनेशल ३२५ बी २ सहित सबै लायन्स क्लवको संयुक्त सहभागिता तथा सहयोगमा प्रभावित क्षेत्रतर्फ राहत सामग्री पठाउने कार्यलाई निरन्तरता दिंदै आएको लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनुभयो ।
डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुले दिनु भएको जानकारी अनुसार पछिल्लो पटक अर्थात सोमवार करिब ६ लाख बराबरका सामग्रीहरू पठाइएको छ । जसमा त्रिपाल १०० पिस, कम्बल ३०० पिस, चामल ५० बोरा, च्यूरा ३० बोरा, मीठा २ कार्टुन, चाउचाउ ६० कार्टुन, नुन ६ बोरा, मिनिरल वाटर ३६५ कार्टुन, नया“ लुगा १५० पिस, भुजा १ बोरा लगायतका सामग्री रहेका छन् ।
त्यस्तै भारतको दिल्ली नजिकै रहेको नोयडाका विद्यार्थीहरूले लायन्स क्लव अफ वीरगंजसंग समन्वय गरी पठाएको पा“च सय बोरा राहत सामग्री मंगलवार नुवाकोट जिल्लाको बेलटार गाविस र कल्याणपुर गाविसतर्फ पठाइएको छ । नोयडाबाट आएको सो पा“च सय बोरा राहत सामग्रीहरूमा चामल, पिठो, नून, बिस्कुट, चिनी, आलु, खानेतेल, दाल, लालटिन, ग्लुकोज पाउडर, मदर डेरी मिल्क अर्थात दूध, लैक्टोजिन पाउडर, स्लीपर, रस्क, कुकिज बिस्कुट, छाता, चाउचाउ, साबुन, मैनबत्ती र सलाई लगायतका सामग्री रहेका छन् ।
राहत सामग्री संकलन र प्रभावित क्षेत्रतर्फ पठाउने कार्यमा वीरगंजस्थित लायन्स क्लवका वीरगंज आइडी इन्डोर्सी सन्जय खेतान, डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवाल, सिनियर डिस्ट्रिक्ट एडभाइजर रामविहारी पाण्डे, पिडिजी राजकुमार सिन्धी, लायन पशुपति बिक्रम शाह, लायन उषा शाह, रिजन चेयर पर्सन देव चौधरी, चिफ एरिया को आर्डिनेटर विजय गुप्ता, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु, गणेश लाठ तथा विभिन्न लायन्स एवं लियो क्लवका सदस्यहरू संदीप केडिया, धिरज दारुका, मनिष सिस्का, मनोज बावरी, मुकेश खेतान, संजय मारु, हरिन्द्र प्रसाद गुप्ता, चन्द्र शेखर पटेल, रामेश्वर प्रसाद गुप्ता, प्रजय हरलालाका, विनित जैयसवाल, गणेश बगारिया, भवरलाल पारिक, मिनाक्षी गुप्ता, ओमकार, केशव मारु, आलोक जैसवाल, आदित्य सर्राफ, अनिता कयाल, सपना कयाल, रेखा खण्डेलवाल, प्रेमचन्द्र गोयल, रेखा वैद्य, प्रेमचन्द्र गोयल लगायतका सदस्यहरूको सक्रिय सहभागितामा राहत सामग्री संकलन गरि प्रभावित क्षेत्रतर्फ पठाइएको समाचारमा जनाइएको छ । 
त्यस्तै भारतको दिल्लीबाट राहत लिई आएको टोलीमा मोहित नगर, श्रवण कौल, निर्भय पाल, निशु चानपुरिया, आकाश मलहोत्रा, प्रान्जु वर्णवाललगायतकाहरू रहेको लायन विनित जयसवालले जानकारी दिनुभयो ।
मुलुकमा भएको महाविपत्ती र प्रलयमा अरुले भोग्नु परेको दुःख, कष्ट र पीडालाई सम्पूर्ण लायन्स सदस्यहरूले आप्mनै पीडा महसुश गरी राहत र उद्धारकालागि दिनरात एक गरेर लागेका छन् । 
लायन्स क्लवले जस्तै अरुले पनि एकअर्काको विपत्तिमा सहयोगीको भूमिका निर्वाह गर्न अग्रसर हुने हो भने निकै हदसम्म पीडितहरुले राहत पाउने सबैको बुझाइ रहिआएको छ ।
यसअघि पनि लायन्स क्लवले पटक पटक गरेर करिब २४ लाख भन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकेको डिस्ट्रिक्ट सेक्रेटरी देवकी नन्दन अग्रवालले स्मरण गराउनुभयो ।


SHARE THIS

Author:

Facebook Comment