गाउँलेकाे गजल


आफ्नै खुशी अङालोमा नबेरेको धेरै भयो 
एैना हेर्दा लाज लाग्छ नहेरेको धेरै भयो !!

उपमा के दिनुहुन्छ बाध्यता कि गरिबीको ?
च्यातिएको दौरा मैले नफेरेको धेरै भयो !!

बाँच्ने आशा अभिलाषा मारी सक्यो महंगीले 
मृत्यु माग्दा सरकारले नटेरेको धेरै भयो !!

भागें होला साहायद म कर्तव्यको बाटोबाट 
बाध्यताले मेरो घाँटी नसेरेको धेरै भयो !!

समयको परिवेसमा गाउँलेको जिन्दगानी 
चल्न छोड्दा नचाहेरै हतेरेको धेरै भयो !!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 

SHARE THIS

Author:

Facebook Comment