भर्खरै त जाडो सकियो र सुरु हुँदैछ अलि अलि गर्मी । शिशीरलाई बिदा गर्दै वसन्तका बास सर्वत्र फैलँदैछ मग मग चमेली फूल सँगै । सुन्दर उज्यालो छ धर्ति, धमिला तुवालोका बुर्का हटाएर मुस्काइरहेकी छिन् उनी । जुनसुकै मौसममा बाटाभरि, वरिपरि सुन्दर सवारी साधन थुप्रै रङ्गका तिनले कहिल्यै मन लोभ्यायेन न त इष्र्या नै लाग्यो तर यतिखेर ती सब्बै गाडीहरु नै छपक्क छोप्ने गरि आरु र सिरीशका फूल फुलेका छन्, बाटै भरि त्यसले भने मन औधि लोभ्याउँछ साँच्चै म मेरो सगरमाथाको टाकुरा मुनिको गुराँस फुलेको आँगनमा पुग्छु, डुब्छु, रमाउँछु, घुम्छु , फनफनी घुम्छु , मेरी आमाले ठाउँ ठाउँमा टाली दिएकी फरक (स्कर्ट) लगाएर म उफ्रन्छु सायद मेरो खुशीमा डाँफे, मुनाल, मयुर पनि खुशी छन् र त उ त्यसरी प्वाँख फिंजाई फिंजाई नाचिं रहेछन् अनि सेता हिमाल मुस्कुराइरहेको देख्दछु म ।
सम्झना नै त हो जति गर्न सकिन्छ, जहाँ पनि गर्न सकिन्छ, जहिले पनि गर्न सकिन्छ हो सकिन्छ अनि सपना देख्न जत्ति पाइन्छ, देख्नु पर्छ । म त्यहि सपनाका बुकी बोकी पुगे सजाउन मेरो सगरमाथाको आँगनमा डाँफे, मुनालसँग, चौरीसँग खेल्न । टंग टंग गरि चौरीको घाँटीमा झुण्डिएको घण्टा बजि रहन्छ म मेरो सानो लौरोले हल्लाएर बजाई दिन्छु त्यहि घन्टी जुन चौरीको घाँटीमा झुण्डिएको छ तुन्द्रुङग । उ फ्वाँ . . गर्दै टाउको हल्लाउँछ म मज्जाले रमाउँछु, मज्जाले, उ पुन: चर्न थाल्छ चिसोले किकृक्क परेको पिप्रारबुचौरीमा । आहा कति स्वर्गीय आनन्द, कत्ति रमाइलो... झ् हो, यहीं हो मेरो स्वर्गीय आँगन, जुन सगरमाथाको काखमा छ ।
मेरी प्रिय बजै (माल्किनी) खुब माया गर्छे । उसको बेमौसमी अनि चिरिक्क परेको रीस नाकैको टुप्पामा झुण्डिएकोछ तर मन सफा । जेसुकै होस्, भनिदिन्छु तँ यतिखेर यस्ती छेस तेरो बैंसमा कस्ती थिइस् ? धेरै इन्टेलिजेन्ट उसको जवाफ, घमण्डपूर्ण झ् ठट्टै ठट्टामा तँ तँ र म म हुन्छ फेरी सरि भन्दै सामान्य । लाग्छ सम्बन्धको गाँठो मिठो, सुमधुर हुनको लागि रगतको नाता नै चाहिन्छ भन्ने हुँदो रहेनछ, मनको ट्युन मिलेसी सबै मिल्दो रैछ । सायद संसारमा सबै भन्दा ठूलो र माथिको नातारसम्बन्ध नै मानवियताको हो । प्रिय बजैलाई सहयोग र सहाराको खाँचो मलाई इमान्दारी पूर्वक भनँम पैसाको, माध्यम विनिमय, प्रेममयी । अचम्म गरि... कठोर सँग व्यतित भए बिगतका बर्ष । हर स्वास अरुको अधिनमा धितो राखी एक मुठ्ठी मुस्काउन कम्ता मुस्किल छैन ।
गर्मीमा पुरै झ्याल खोल्नु पर्छ । सानो कुर्सि चाहिन्छ झ्याल खोल्न, कति ठूला र लामा हुन् झ्याल । मेरो भोलि चम्काउने सपना बोकी पर्देशीएकी म ती सिसाहरु टिलिक्क चम्काउँदै गर्दा नजिकैको स्कुलमा रहर लाग्दा केटाकेटीहरु खेलेको मनै हर्ने दृश्यमा आँखा अडिन पुग्छ । कठै झ् त्यति सानोमा छोडेको मेरो छोरो अहिले त्यत्रै भयो होला, रहर लाग्दो । सायाद त्यो भन्दा नि ठूलो । तोतेबोली र उसको ताते ताते सँग धीत भरुञ्जेल काँ खेल्न पाएँ र ? फेरी उहीं सम्झनाले मन घोच्छ , घोचि रहन्छ बाध्यता र परिस्थितिले । थाहै नपाई दुखाइका डल्लाहरू आँखाका डिलबाट पल्टिन्छन् र छातीका छाङ्गा हुँदै मैले नपूजेको माटोमा खस्छन् कतै । गह्रुङगो मन, सम्झना, हो यहीं एक सम्झना त छ एक प्रिय साथि । जसलाई जहाँ सुकै, कहीं पनि, जसरी पनि सम्झन सकिन्छ र गरिन्छ पनि । बिना अनुमति, बिना कुनै बिघ्न बाधा, बिना बन्धन हो स्वतन्त्र अझ यसो भनुँ निलो आकाशमा उड्ने स्वतन्त्र चरा झैं स्वतन्त्र निसंकोच उड्छ मन र पुग्छ सम्झन सबै... । ताजा स्मृति, मस्तिष्क चङ्गा हो चङगा जस्तै हल्का । हो उडी रहन्छ जता–ततै, जहाँ सुकै स्वतन्त्र मन र सम्झना.....। मन गह्रुङगो भएसी तन यसै भारी हुन्छ, झ्याल चम्काउँदै गरेका हात लथ्रक्क खस्छन, मन गलेर शरीर थुचुक्क हुन्छ ।
कुनै एक कुनाबाट संसार सयर गर्छ, हसाउँछ रुवाउँछ अनि हावा भन्दा छिटो उड्छ मन अनि यहीं एक सम्झना त छ जससँग म सम्पूर्ण मेरा सुन्यता बाँड्छु । जसलाई मैले जसरी तकियाँ बनाइ लगाए नि हुन्छ । जत्तिनै मेरा मौनता पोखाए पनि उ चुपचाप बसिदिन्छ, निरुत्तर आफैं मौन । यी खस्रक्क परेको बेडमा प्रिय घर परिवारको सुकोमल सम्झना बिछ्याई अनन्त सागरमा डुब्छु... कतैबाट मेरो कानमा पर्छ हेल्प मी... हेल्प मी... मेरी बजै (मालिक्नी) ले हेल्प मि स्वर सँगै झसङ्ग हुन्छु र भित्तोमा झुण्डिएको घडी हेर्छु रातको दुई बजेको देखाउंछ काँटाले । सपनाको मिठो मन्थनबाट ब्युँझी , भर्खरै भताभुङग भत्किएको सम्झनाका सुन्दर थुङ्गो सम्हाल्दै जान्छु उनै बजैलाई हेल्प गर्न... ।
(कथाकार राई हाल वैदेशिक रोजगारको क्रममा इजरायलमा हुनुहुन्छ)
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार