विद्यालयका प्राचार्य श्रेष्ठद्वारा जि.शि.अ.को भण्डाफोर

आर.सि.एनबाट
वीरगंज  विद्यालय जस्तो पवित्र संस्थामा शिक्षक आचार संहिता विपरीत महिला हिंसा तथा छात्रासँग दुर्वब्यवहार गर्ने शिक्षकमाथि स्थानिय प्रहरी प्रशासनमा कानुनी कार्यवाही गरी पिडितलाई न्याय दिलाउन खोज्दा उल्टै केही षडयन्त्रकारीहरुले जिल्ला शिक्षा अधिकारी मार्फत सरुवा गराएर अपराधिक गतिबिधिका शिक्षकलाई बचाउने षडयन्त्र गरिरहेको कुरा आज रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका प्राचार्य बलराम श्रेष्टले बताउनु भयो ।

सो विद्यालयमा सामाजिक शिक्षा विषय पढाउने शिक्षक वैद्यनाथ ठाकुरले केही दिन अगाडी कक्षा ७ मा  दोश्रो घंटी पढाउने क्रममा छात्रासँग कक्षा कोठामै दुर्वब्यवहार गरेको बिरोधमा उक्त कक्षाका विद्यार्थी र नीज छात्राका अभिभावकले संयुक्त रुपमा शिक्षक ठाकुरमाथि कार्यवाही गर्नको लागि लिखित उजुरी बिधालयको प्रशासन फाँटमा दर्ता गराए अनुसार
सक्कलै निवेदन संलग्न गरी मिती २०७०।११।४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यवाहीको लागि दर्ता गरेकै दिन देखि प्रहरीले तदारुकताका साथ कानुनी प्रक्रिया अगाडी बढाई सकेको कुरा साक्षात्कार कार्यक्रममा बिधालयका प्राचार्य श्रेष्टले बताएका छन् ।
कार्यक्रममा बिधालयका प्राचार्य श्रेष्टले उक्त घटना जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गरे लगतै पर्सा प्रहरीले पिडित छात्रासँग तिन पटक सम्म बयन लिनुको साथै बिधालयमा पर्सा महिला प्रहरी सेलका महिला प्रहरी टोलीले सो घटना बारे सोधपुछ समेत गरिसकेको कुरा सचारकर्मीहरुलाई जानकारी गराउनु भयो ।
 उक्त घटना सम्बन्धमा विद्यालयले कार्यवाहीको लागि पत्राचार गर्दा पनि जिल्ला शिक्षा कार्यालय पर्साले अनुगमन नै नगरी केही व्यक्तिहरुले गरेको निर्णयको आधारमा जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले मिति २०७०।११।२० गते जिल्ला शिक्षा कार्यालय पर्साको च.नं.१३५९ को अनुसार आफ्नो अधिकारको दुरुपयोग गरी कुनै व्यक्ति विशेष र संस्थाको दवावमा हाजिर हुन लगाएको बिधालयका प्राचार्य श्रेष्टले कार्यक्रममा बताए ।
 नेपाल सरकार र विद्यालय व्यवस्थापन समितीविच सम्झौता भई समुदायमा हस्तान्तरण भइ सकेको र विद्यालय व्यवस्थापन समितीले व्यवस्थापन र संचालनको अधिकार पाएको विद्यालयमा र हाल विद्यालय व्यवस्थापन समिती नभएको अवस्थामा जि.शि.अ.हरिप्रसाद वस्तीले शिक्षा ऐन नियमावली , व्यक्तिको मौलिक अधिकार तथा प्राकृतिक न्यायको सिद्धन्त विपरीत स्वच्छाचारी ढंगले प्रशासनीक कार्यवाही प्रक्रिया बढाएकोमा प्रा.श्रेष्ठले कार्यक्रममा दुख ब्यक्त गर्नु भयो  ।
साथै .वि.व्य.स.ले मिती २०७०।९।२९ मा एक पक्षीय रुपमा बैठक गरी निर्णय गरेर प्रअ पदबाट हटाउदा सम्मानित पुनरावेदन अदालत हेटौडाले मिती २०६९।१।१३ गते गरेको फैसला अनुसार पुन: प्रअ पदमा कार्यरत रहेको श्रेष्ठले कार्यक्रममा जानकारी गराउनु थियो ।
भने कार्यक्रमको सभापति रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment