स्थापना दिवसको अवसरमा बिभिन्न ठाउमा कार्यक्रम

प्रदिप गौतम, १६ चैत्र : नेपाल पत्रकार महासङ्घको ५९ औ स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ पर्सा शाखाले आज प्रभातफेरी निकालेको छ ।
 स्थापना दिवस देशभर मनाउने कार्यक्रम अन्र्तगत पर्सा शाखाले बिहान प्रभातफेरी निकालेको हो । प्रभातफेरी वीरगञ्ज बजार परिक्रम गरि कोणसभामा परिणत भएको थियो । यसैगरी मकवानपुर शाखाले पनि आज प्रभातफेरी निकालेको छ ।
 यता बारा शाखाले भने स्थापना दिवसको अवसरमा कुनै कार्यक्रमको आयोजना गरेन् ।
नया सदस्यता सिफारिसको बिबादमा अल्झिएको बारा शाखाले कुनै पनि कार्यक्रम आयोजना नगर्ने भएको छ । बिबादका कारण बारा शाखाको अधिवेशन समेत सम्पन्न हुन सकेको छैन् । उता राजधानीमा पनि प्रभातफेरी निकालिएको छ । काठमाडौंको बबरमहलबाट नयाा बानेश्वरबसम्म प्रभातफेरि निकालेको छ ।
प्रभातफेरीपछि नया बनेश्वरमा आयोजित सभामा यसवर्ष  नयाा संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हितमा स्थापना दिवस मनाइरहेको अध्यक्ष शिव गाउलेले जानकारी दिनुभयो । यस बर्ष ‘संविधानसभा मार्फत एक बर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हितमा हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ ।

SHARE THIS

Author:

Facebook Comment