–प्रशान्त महासागर
स्वतन्त्रको अर्थ सुख हो । साधारणतया आफुखुशी बाँच्न पाउनुलाई शब्द सिद्धान्तले स्वतन्त्रको अर्थ लगाउँछ भने दु:खको कुरा दासत्वमा गनिन्छ जुन सहजै बुझ्न सकिने कुरा हो तर पनि मानिसहरु जो सचेत प्राणी त हुन् अफसोच विभिन्न प्रलोभनमा अल्झेर दु:खलाई, आफु जिउने साधन बनाउँछन् । बहानामा हारहरुलाई अगाडि सारेर पिउने गर्छन् । र बाहिरी सतहमा खोजको अभिनयलाई संघर्षको भनि भ्रामिक अर्थहरु प्रतिपादनसँगै विभाजित तत्व नै जीवन भनि रुमलिरहेको हुन्छ । हुन त त्यो दासत्व प्रथा नै हो । शब्द तोडमोडले अर्कै अर्थहरुलाई जन्माउन बलात्कारी प्रबृत्तिसम्म पनि आजका मानिसहरु लाग्न सक्छन् भने लागेको कुरालाई प्रमाणीकरण गर्न कुनै प्रविधि जस्मा डि.एन.ए.परिक्षणको आवश्यकता पर्ने छैन नै । यो भन्नुको अर्थ अहिलेका मानिसहरु कलिकै रुपका हुन् भन्नु नै हो । उसलाई आफ्नोसँगको कारोबारको चिन्ता छ । अरुसँगको, अरुको भावना र दु:खको कुनै चिन्ता छैन् । निरन्तर पेट भर्नु छ ।
यसले समाजलाई दासत्वमा होमिन्छ भने परिवर्तन र उन्नतिको कल्पना परिकल्पनाको सिमाना भन्दा कोसौं टाढा नै हुत्याउँछन् भने जीवनको धर्म र त्यसबाट प्राप्त हुने पुण्य पनि विपरितार्थ नै हुन्छन् । त्यसैले शब्दमा होईन व्यवहारमा स्वतन्त्र हुन सिकौं । अनि मात्र हक र अधिकार सही अर्थमा प्राप्त हुन्छन् । अन्यथा जानु छ पूर्व गाडि चढियो पश्चिमको भने झै यहाँ हामी हक र अधिकारको नारा बोक्दै आफुलाई आफैंले शाहदतमा अर्पित गर्नु सरह नै हो जसको स्थापना कुनै पनि हल्लाले हुने छैन नै । अत: स्वतन्त्र हुँदा चित्त शान्त हुने कार्यबाट होऔं भन्न म चाहन्छु । त्यसको लागि आफु परिजीवि हुने प्रविधि जुन हामीले सिक्यौं त्यसबाट मुक्त होऔं भन्नुको अर्थ आफ्नो कामको लागि अरुमा निर्भर हुनु नै हो ।
हुन त हामी हाम्रो समाजमा छुवाछुत तथा दासदासीत्वबाट मुक्त हुन खोजी रहेका छौं । अर्को प्रथागत हिसावमा नीचत्वका कुराहरु पनि अगाडि सारि बाँची रहेका छौं जुन बाँच्ने भिन्नता हो र समाजमा विद्यमान दासत्व पनि त्यही हो जसले हामीलाई जिर्ण तुल्याउँदै लगिंदा नि त्यसबाट माथि उठेर सोच्ने कुराहरु हामीले गनेका छैनौं । यसले पनि दास नै बनाएका हुन्छन् र त्यसको मुक्ति या प्रथा शायदै अन्त्यको लागि अग्रसर हुन्छ होला भन्नुको अर्थ त्यो विषले हामी कहिल्यै जय गर्ने छैन भन्नु नै हो । त्यसैले आफुसँग भएको खराबीबाट जबसम्म मुक्त हुन सक्दैनौं तबसम्म हामी स्वतन्त्र हुन सक्दैनौं ।
हामी सधैं जीवनमा परजीवि भएर बाँच्नु पर्ने हुन्छ । अरुको कमाई र रजाईलाई नै आफ्नो स्वाधिनताको बाटो बनाउनु पर्ने हुन्छ । त्यस्तोमा स्वत: आफ्नो विवेकता पनि दासत्वको रसमा चोपि खियाउनु पर्ने हुन्छ । त्यसैले सुख हुन स्वतन्त्र होऔं भन्नुको तात्पर्य आफ्नो काम आफैं गरौं भन्नु हो । सम्भवत यो कुरालाई धेरैले आफ्नो जीवनमा प्रयोगमा ल्याउन सकिदैन यसको अर्थ काम र कुरोलाई राम्ररी नबुझ्नु पनि हो भने आफ्नो काम गर्दा सोचमा आफु कमजोर हुनु नै हो । समाजमा खिस्सि गर्ने प्रथा आदीलाई आफुले स्वीकार्न नसक्नु पनि आफु कमजोर हुनु नै हो । अत: कस्ले के गर्छ र के भन्छ भन्ने तुच्छ कुरालाई त्यागी आफ्नो काम आफैं गरौं साथै सके जति सहयोगहरु पनि गरौं किनभने तालि दुई हातले नै बज्ने हो । र ताली किन चाहिन्छ भन्ने कुरालाई आत्माबाट बुझौं ।
प्रकाशन मितिः २०७३ वैशाख ०२ गते बिहीवार