नेपालको विकास निर्माण ढिलासुस्ती भ्रष्टाचारजस्तो महारोगले ग्रसित छ । नीति निर्माण तहमा नीतिगत भ्रष्टाचारले संस्थागत रुप लिएको छ । भ्रष्टाचारीहरूलाई राजनीतिक संरक्षण छ । भ्रष्टाचार नेपालमा शिष्टाचार भइसक्यो भनिन्छ । भ्रष्टाचार मुक्त नेपाल वर्तमान खाँचो हो । तर भ्रष्टाचारमुखी प्रशासनतन्त्र र शासन व्यवस्थाले सिंगो नेपाललाई प्रभावित गरेको छ । रा।जनीतिक दलहरूबीच देश र जनताको सर्वोपरी हितका लागि प्रतिस्पर्धा नभएर सत्तामा पुगेर भ्रष्टाचार गर्नकै लागि प्रतिस्पर्धा भइरहेका पाइन्छ । राजनीतिक दलका कुन त्यस्तो नेता छ जो भ्रष्टाचारमा मुछिएको नहोस् ।
भ्रष्टाचारीहरू दिन परदिन गिरफ्तार भएका छन् । जेल कोचिएका छन्, मुद्दा खेपिरहेका छन् तर पनि भ्रष्टाचार, कमिशनखोरी, घुसखोरी घट्नुको बदला बढ्दै गएको छ । सुरक्षा निकायका प्रमुख व्यक्ति आइजीपीहरू जो भ्रष्टाचारका अभियुक्त छन् उनीहरूलाई कुनै ग्लानी र तनाव छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकेको धरौटीमा तारेखमा रिहा भएका भ्रष्टाचारीहरूलाई कारावासकै कडा सजाय दिइनु पर्दछ । भ्रष्टाचारीका परिवारलाई सामाजिक तिरस्कार र बहिष्कार गर्नु पर्दछ । साथै भ्रष्टाचारीहरूको परिवारलाई राष्ट्रको हरेक सुविधाबाट निश्चित समयसम्म बञ्चित गराइनु पर्दछ । तब मात्र राष्ट्रिय अपराधको आकार लिएको भ्रष्टाचार नियन्त्रण हुन सक्दछ । भ्रष्टाचार एउटा प्रवृत्ति हो । यो प्रवृत्ति भएका मानिसलाई नदिको छाल गन्ने जिम्मा दियो भने पनि भ्रष्टाचार गर्न छोड्दैन भनिन्छ । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने परिपाटी बसोलमा भ्रष्टाचार निवारण अभियान प्रभावकारी हुन सक्दछ । भ्रष्टाचारीलाई कारवाही गर्ने निकायमा नै भ्रष्टाचार छ भन्ने कुरा पनि सार्वजनिक भएको छ । भ्रष्टाचारी प्रति कारवाहीमा मोलाहिजा हुने गरेको छ भनिन्छ, यस्तो कदापि हुनु हुँदैन । दण्ड, सजाय, न्याय, कानुन बमोजिम निष्पक्ष ढंगले हुनु पर्दछ । भ्रष्टाचारी, घुसखोरी, कमिशनखोरी देश र जनताका साझा सत्रु हुन्, पृथ्वीका बोझ हुन् ।
भ्रष्टाचारीहरूले कडा कारवाहीका अभावमा धन र मन दुबै बढाउँदै्र आएका थिए । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा ठूला पदमा रहेका मानिसलाई पक्राउ गर्ने जुन अभियान चल्यो जसप्रति इमान्दार देशभक्त सम्पूर्ण नेपालीको अदुअआलाई धन्यवाद, सहयोग र समर्थन छ । विशेष अदालतले भ्रष्टाचारीलाई कडा कारवाहीको फैसला गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । भ्रष्टाचारीहरू मुर्दावाद !
प्रकाशन मितिः २०७२ माघ १४ गते बिहीवार