भूकम्पको क्षतिले गृहिणीलाई राहत

क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/भारतीय नाकाकन्दी र र तराइ मधेश बन्दका कारण अहिले इन्धनको ठूलो हाहाकार भएको छ । चारमहिना देखि नेपालमा भारतबाट आउने गरेको पेट्रोलियम पदार्थ र खान पकाउने ग्यासमा ७० प्रतिशत कटौती भएपछि राजधानी काठमाण्डौ लगायत देशैभरी खाना पकाउन दाउराको ठूलो आवश्यकता परेको छ ।

दाउरा रु. १५ देखि रु.२५ प्रतिकिलोमा बिक्री भइरहेको छ । गाउँघरमा बनमारा झार फाँडेर दाउरामा प्रयोग गरिन थालिएको छ । गत वैशाख १२, १३ र २९ गतेको महाभूकम्पले देशभरीका १४ जिल्लामा धेरै घरहरू भत्किए, भत्किएका काडहरू अहिले बाल्ने दाउराका रुपमा आपूर्ति भइरहेका छन् ।

भत्किएका घरका पुराना काठपात अहिले दाउराकालागि बिक्रीकालागि सहर बजारमा नआएका भए पेट्रोलियम इन्धन अभावले निकै सास्ती पाएका नेपालका गृहणीहरूले झन ठूलो सास्ती पाउनु पर्दथ्यो ।
भूकम्पले भत्काएको घरको काठपात अहिले बाल्ने दाउराका रुपमा प्रयोग हुँदा ठूलो राहत भएको छ ।

सरकारी जंगलका काठ दाउराकालागि नष्ट गरिएपनि त्यो कालोबजारीसम्म र काठ तस्करहरुसम्म मात्र पुगेको छ । दाउराको नाममा सत्ता पक्ष दलका कार्यकर्ताहरूद्वारा जंगल फँडानीले व्यापकता पाएको छ ।

प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार



SHARE THIS

Author:

Facebook Comment