प्रधानमन्त्रीको “शुभकामना” कि बिन्ती पत्र ?

क्राइमचेक प्रतिनिधि/
वीरगंज/पाँच महनिादेखि मधेशमा आन्दोलन र सीमा नाका आवरोध भएपछि खुल्लेयाम रुपमा भारतलाई गाली गर्दै आएका प्रधानमन्त्री खड्ग प्रसाद अर्थात् केपी ओली केही दिन यता भारतप्रति लचिलो र नरम बन्न थालेका छन् ।

मंगलवार २६ जनवरीका दिन परेको मित्रराष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई प्रम ओलीले शुभकामना एवं बधाइ दिनु भयो । तर प्रम. ओलीको उक्त शुभकामना एवं बधाई सन्देश शुभकामना कम र बिन्ती पत्र बढी देखिन्थ्यो ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धि कामना गर्नुभयो । आफ्नो सो सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ – “संविधानसभाबाट हालै नयाँ लोकतान्त्रिक र समावेशी संविधान जारी भएर संविधानसभामार्फत संविधान लेख्ने नेपाली जनताको धेरै समयअघिदेखिको चाहनाले मूर्त रुप लिएको भन्दै सन्देश तपाईंसामु भन्न पाउँदा म हर्षित छु । केही दिन अघि मात्रै जनताको जायज मागलाई संविधान संशोधन मार्फत सम्बोधन गरिएको छ ।”

आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर नेपाली जनता संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सन्दर्भमा भारतबाट विगतमा झैँ सद्भाव र सहयोगलाई निरन्तरता दिइने विश्वास पनि प्रम ओलीले उहाँले प्रकट गर्नुभएको छ ।

दुवै मुलुकबीच विभिन्न तहमा हुँदै आएका भ्रमणले बहुआयामिक द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिनाका साथै नयाँ उचाइ समेत प्रदान गरेको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । नेपालमा गत वैशाखमा गएको भूकम्पका समयमा भारत सरकार र जनताका तर्फबाट उपलब्ध गराइएको उल्लेख्य सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्दै अबको पुनर्निर्माणमा उल्लेख्य सहयोग प्रदान गर्ने भारतीय प्रतिबद्धताको उच्च मूल्याड्ढन गरिने सन्देशमार्फत बताउनु भएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र उनका पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरू उग्र राष्ट्रवादको नाममा छिमेकी मित्र राष्ट्र भारतसँग कुटनीतिक सम्बन्ध बिग्रिने हिसाबले वक्तव्यवाजी गर्दै आपसी सम्बन्ध बिगार्न ठूलो भूमिका खेलेपनि हालका दिनमा विस्तारै लचिलो बन्दै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।



प्रकाशन मितिः२०७२ माघ १४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment